काठमाडाैं । विश्व हिन्दू महासंघले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ। सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो।महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन्।

बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेकाे छ ।महासंघ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।नेपालीको महान् चाड बडादशैँ आजदेखि शुरु भएको छ । आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ । त्यहीँ दुर्गाभवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ।

READ MORE NEWS

दसैंमा टीका टाढैबाट लगाउनू : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र

  दसैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सबै नागरिकलाई आग्रह गरेको छ।कोरोना संक्रमणको जोखिम रहेकाले नजिकै बस्दा भाइरस सर्न सक्ने सम्भावना हुन्छ।यसैकारण सकेसम्म दूरी कायम गरेर टीका थाप्न वा लगाइदिन केन्द्रले अनुृरोध गरेको हो।केन्द्रका अधिकृत दिलीपकुमार महर्जनका अनुसार टीका लगाइदिने मान्यजनलाई रुघाखोकी लागेको छ भने त टाढैबाट आशीर्वाद लिन केन्द्रले अनुरोध गरेको छ।साथै टीका लगाउने व्यक्ति संक्रमित छ भने टीका लगाइदिने ज्येष्ठ नागरिकलाई झन् बढी जोखिम हुन्छ।यसर्थ दसैंमा टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको छ।
यस्तै सरकारले यसअघि नै यस वर्षको दसैंमा धेरै ओहोरदोहोर नगर्न र आफू बसेकै ठाउँमा रहेर मनाउन अनुरोध गरिसकेको छ।
READ MORE NEWS

‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा

डिसी । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । पुरानो चस्मामा अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा समेटिएको छ ।उनीहरुका बुबा–आमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, माया देवी कडरिया तथा निरु खत्री छन् ।चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनी मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथा/आलेख विनय प्रसाद ढकालको छ भने निर्देशन विश्व शर्माको छ ।अक्टोबर १६, २०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ । लघु चलचित्र १६ मिनेट ५१ सेकेन्डको छ ।

दुई वर्षमा २४ अर्बको विज्ञापन ! केवल टीभी सञ्चालक भन्छन् : केही च्यानलको ठाउँमा खाली स्क्रिन आउन सक्छ

काठमाण्डाै – लामो समयदेखि बहस र माग भइरहेको क्लिन फिड यो पटक भने लागू हुने संभावना बढेको छ । यसको लागि गएको वर्ष नै विज्ञापन ऐन कार्यान्वयनमा आएको थियो ।नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा विज्ञापन बजाउन नपाइने नियम ऐनमा स्पष्ट उल्लेख छ । तर नेपालमा विदेशी च्यानलको प्रसारणको अनुमति पाएका संस्थालाई तयारीको लागि भनेर ऐनमै एक वर्षको समय दिइएको थियो । त्यो समय आउँदो कात्तिक ७ गते सकिँदैछ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गतेपछि कुनै पनि हालतमा विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने र प्रसारण गरेको पाइए च्यानल नै बन्द गर्ने चेतावनी  दिएको छ । मन्त्रालयको यो चेतावनीलाई नेपाल विज्ञापन संघले स्वागत गरेको छ । तर केवल टेलिभिजन महासंघसहित नेपालमा विदेशी च्यानलको प्रसारण अनुमति पाएका संस्थाले भने थप समय माग गरिरहेका छन्  ।

के हो क्लिन फिड ?

विदेशी च्यानलमा विज्ञापन मात्रै नभइ सामग्री प्रसारण हुनु नै क्लिन फिड हो । उदाहरणको लागि अहिले डिस्कभरी च्यानलले विभिन्न सामग्री दिँदा बीच-बीचमा विदेशी विज्ञापन बजाइरहेको हुन्छ, ती विज्ञापन नेपालीले पनि हेर्नुपरेको छ । तर ती विज्ञापन बजाएबापत नेपाली विज्ञापन उद्योग र सरकारले कुनै पनि आम्दानी पाएको छैन । क्लिन फिड लागू भएमा विदेशी विज्ञापन बज्दैन, बरु केहीबेर स्क्रिन खाली देखिन सक्छ । त्यस्तै स्पोर्टस च्यानलको हकमा पनि क्लिन फिड लागू भएमा खेलको बीचमा विदेशी विज्ञापनको साटो मैदानमा भएका गतिविधि देख्न पाइनेछ। विदेशी च्यानलमा विज्ञापन आउने बेलामा स्क्रिन खाली राख्नुको साटो नेपाली विज्ञापन राख्न पाउनुपर्ने केबल टीभी सञ्चालनको माग छ । तर संसदको विकास समितिले भने त्यसको लागि अनुमति दिन नसकिने प्रष्ट पारेको छ । नेपालमा अहिले झण्डै दुई सय च्यानल क्लिन फिडबिनै प्रसारण भइरहेका छन् ।

दुई वर्षमा विज्ञापन बजार २४ अर्बको, नेपाली संस्कृतिको प्रवर्द्धन : विज्ञापन संघ

नेपाल विज्ञापन संघले सरकारको निर्णय राष्ट्रियताको पक्षमा भएको र यसले गर्दा नेपाललाई आर्थिक रुपमा  मात्रै फाइदा नभइ सांस्कृतिक पक्षको प्रवर्द्धनमा पनि राम्रो हुने बताएको छ । विदेशी च्यानललाई विज्ञापनरहित बनाउने अभियान १७ वर्ष अघिदेखिको भएको र अहिले आएर सफल हुन लागेको संघका अध्यक्ष रविन्द्रकुमार रिजालले बताउनुभयो ।‘एक वर्षअघि नै ऐन कार्यान्वयनमा आएको हो, नेपाली मिडियाले क्लिन फिड लागू गरेको एक वर्ष भइसक्यो, यो एक वर्षमा नयाँ विज्ञापन डबिङ हुन नपाउँदा १ अर्ब रुपैयाँ मिडियाले गुमाए । हामीले १५ करोड रुपैयाँ गुमायौँ । एक वर्षयता विदेशी विज्ञापन डब भएनन्, पहिले डब भएका भने बजिरहेका छन्’ रिजालले भन्नुभयो  । तर एक अर्ब रुपैयाँ गुमे पनि अहिले आएर सरकारले विदेशी च्यालन विज्ञापनरहित बनाउने अडानमा रहँदा यसले नेपाली विज्ञापन बजारलाई दीर्घकालिन रुपमा फाइदा पुग्ने उहाँको भनाइ छ । ‘नेपालमा निकै धेरै कारोबार हुने विदेशी उत्पादनहरुको नेपालमा विज्ञापन नगर्ने तर भारतीय या अन्य च्यानलबाट विज्ञापन गर्ने चलन अब हट्नेछ, यदि कुनै विदेशी ब्राण्डले नेपालीलाई आफ्नो विज्ञापन देखाउन चाह्यो भने अब विदेशी च्यानल होइन नेपालकै च्यानलको प्रयोग गर्नुपर्नेछ’ रिजालको भनाइ छ । अब नेपालका कलाकार, प्राविधिक, मिडिया लगायतलाई काम र आम्दानी दुवै बढ्ने उहाँको भनाइ छ ।

‘विदेशी च्यानलमा विज्ञापन हट्यो भने नेपालको कला संस्कृति पनि प्रवर्द्धन हुन्छ, अहिले विदेशी कलाकार, उनीहरुको संस्कृति र उनीहरुकै भूमिमा छायाङ्कन गरेका विज्ञापन हेर्नुपरेको छ, तर अब नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुन्छ, नेपाली कला संस्कृतिसँग जोडेर बहुराष्ट्रिय कम्पनीले विज्ञापन बनाउनेछन्’ विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले भन्नुभयो ।  अहिले वार्षिक १२ अर्ब रुपैयाँको नेपाली विज्ञापनको बजार क्लिन फिड लागू भएमा २ वर्षमा विज्ञापन बजार २४ अर्ब रुपैयाँको पुग्ने विज्ञापन संघको भनाइ छ । ‘विदेशीको नाममा पत्र आउने, विभिन्न कारण देखाएर रोक्नुपर्छ भनेका छन्, यो गलत छ । जालझेल गर्न खोजिएको छ । तर अब यो चल्छ जस्तो लाग्दैन’ संघका अध्यक्ष रिजालले भन्नुभयो ।

समय थप भएन भने खाली स्क्रिन देख्न पाइन्छ : केवल टीभी महासंघ

नेपाल केबल टीभी महासंघले सरकारले क्लिन फिड लागू गर्ने समय थप नगरेमा केही समय केही विदेशी च्यानलको प्रसारण रोकिने बताएको छ । विदेशी च्यानल आउने ठाउँमा खाली स्क्रिन मात्रै आउने केवल टीभी महासंघको भनाइ छ । सरकारले ऐन नै कार्यान्वयन गरिसकेकाले निर्णय मान्दैनौँ भन्न नमिल्ने तर कार्यान्वयनको लागि समय थप गरिदिनुपर्ने महासंघको भनाइ छ । निःशुल्क च्यानलहरुमा क्लिन फिड लागू गर्न समस्या नभए पनि सशुल्क च्यानलमा क्लिन फिड लागू गर्न समस्या भएको महासंघका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ । क्लिन फिड कार्यान्वयनको लागि नेपालमा सशुल्क रुपमा प्रसारण भइरहेका च्यानल आफैले उपकरण उपलब्ध गराउने तर अहिलेसम्म  त्यस्ता उपकरण जडान भइनसकेको उहाँले बताउनुभयो ।‘क्लिन फिड लागू गर्न विशेष खालको उपकरण चाहिन्छ, कुनै कुनै उपकरण नेपाल आइपुगे पनि धेरै उपकरण सिंगापुरमै थन्किएका छन्, ती उपकरण आयातको स्वीकृतिका फाइल सञ्चार मन्त्रालयमा घुमिरहेका हुन्छन्’ पराजुलीले भन्नुभयो । आफूहरुले मात्रै नभइ क्लिन फिड लागू गर्नको लागि केही समय थपको लागि इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूजलगायतले पनि समय माग गरेको उहाँले बताउनुभयो ।  ‘अहिलेसम्म क्लिन फिड कार्यान्वयनको लागि कुनै पनि च्यानलले नेपालमा उपकरण ल्याएर जडान गरेका छैनन्,  कात्तिक ७ गतेसम्म सायद कुनै पनि च्यानलले उपकरण जडान गर्न सक्दैनन् होला’ उहाँले भन्नुभयो ।


Your Views
Related News