विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएको औषधि सरकारले नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ।डब्लुएचओले ‘रेम्डेसिभिर’ नामक औषधि कोरोनाको उपचारमा प्रभावकारि नदेखिएको बताइरहँदा सरकारले भने त्यही औषधि आयात, बिक्रि र प्रयोग गर्न अनुमति दिएको हो।डब्लुएचओले शुक्रबार बिहान रेम्डेसिभिर नामको औषधि कोरोनाको उपचारमा प्रभावकारी नदेखिएको सार्वजनिक गरेको थियो। सरकारले भने शुक्रबार दिउँसो सार्वजनिक सूचना जारी गर्दै यो औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले यो औषधि आयात र बिक्रीको लागि यति र सिनर्जी कम्पनीलाई अनुमति दिइएको जानकारी दिएका छन्।

EkcMS9YUUAAapMY

रेम्डेसिभिरको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको डब्लुएचओले ठहर गरेको छ।फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले रेम्डेसिभिरको नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ।परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो।ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो।
READ MORE NEWS

हुम्लानजिक बनाइएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरयता हाम्रै भूभागमा : चीन

चीनले आफूले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरउता आफ्नै भूमिमा पर्ने दाबी गरेको छ।चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन्।चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेको बताएका छन्।यस विषयमा नेपाली पक्षले प्रश्न उठाएपछि चीनले पुनः फिल्ड सर्भे गरेको ती चिनियाँ अधिकारीको भनाइ छ।नेपाल सरकारले पनि ती भवन चीनतर्फ निर्माण भएको जनाइसकेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसँग माग गरिरहेको छ।कांग्रेसका स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेपछि जारी गरेको विवरणमा चीनले बनाएका भवन नेपालतर्फ नै रहेकाे दाबी गरेको छ। भवन सीमाबाट २ किलोमिटर नेपाली भूभागतर्फ रहेको टोलीको ठहर छ।तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो।ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ।साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ।नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो।ती भवन निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो।

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपोज गरेका थिए तर करीनाले सैफलाई अस्वीकार गरिदिइन् । फेरि करीना बिदा मनाउन गएको समयमा सैफले विवाहको लागि प्रस्ताव राखे । पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रोपटक पेरिसको नोटरड्याम चर्चमा गएर सैफले प्रस्ताव राखे र करीनाले स्वीकार गरिन् ।

आजदेखि खाली सिलिण्डरको मूल्य लागू


काठमाडौं, कार्तिक १ । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागु भएको छ।यसअघि संघले ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो।आजबाट लागू हुने गरी दुर्गम बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागु गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्य भन्दा कम मूल्यमा बिक्री गरिएतापनि ग्यासका डिलर अनुसार मूल्य फरक/फरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ।संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ। रसिद नलिएका सिलिण्डरको दायित्व उद्योगले नलिने समेत जनाइएको छ।  संघले तोकेको नयाँ मूल्य अुनसार एक सय रुपैयाँ बिक्रेताका लागि छुट्टाइएको छ। संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ।

शत्रुको खोजी

रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’

विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध कथा हो, ‘शत्रु’ । त्यसमा ‘गाउँका सबभन्दा भद्र’ र प्रतिष्ठित मानिस कृष्ण रायमाथि एक रात कसैले लठ्ठी प्रहार गर्छ । संयोगवश लठ्ठीको प्रहार उनीमाथि पर्दैन, तर भित्तामा लागेर लठ्ठी भाँचिन्छ । आक्रमणकारी उनले देख्न नपाउँदै भागिसक्छ जीवनमा कसैलाई आफ्नो शत्रु नबनाएको सन्तोषमा बाँचिरहेका कृष्ण रायको मनमा त्यसपछि अचानक थुप्रै शत्रु प्रकट हुन पुग्छन् । भोलिपल्ट प्रहरी उनीकहाँ पुग्दा सम्भावित आक्रमणकारीका रूपमा उनले धेरैको नाम लिन्छन् । प्रस्तुत छ, त्यसपछिको कथा ।प्रहरी इन्स्पेक्टर प्रबल कार्कीले पाइन्टको गोजीबाट सेतो पन्जा निकालेर दुवै हातमा लगायो र भाँचिएको लठ्ठीका दुवै टुक्रा सरक्क उठाएर पोलिथिनको थैलोमा हाल्यो । सब इन्स्पेक्टर रोशन रौनियारलाई थैलो थमाएर चूपचाप बाहिर निस्क्यो र झ्याल वरपर निरीक्षण गर्न थाल्यो ।‘आक्रमणकारी झ्यालबाटै भागेको त होला नि ?’ कार्कीको प्रश्न थियो ।कृष्ण रायले भने, ‘भनिहालें नि, राति बत्ती निभाएर सुत्न लागेको थिएँ । अकस्मात् आक्रमण भयो । म उठुन्जेलमा आक्रमणकारी भागिसकेको थियो ।’‘कसैलाई हारगुहार गर्नुभएन ?’‘निकै बेरसम्म दिमागले कामै गरेन । त्यसपछि निदाएँछु ।’‘चिन्ता नलिनोस्, हामी अपराधी पत्ता लगाउँछौं,’ कार्कीले भन्यो, ‘बरु हजूर एकचोटि प्रहरी चौकी सवारी भएर जाहेरी दर्ता गराइदिनुपर्ला ।’प्रहरी चौकीमा ‘तपाईंलाई कसैमाथि शंका छ ?’ भनेर सोध्दा कृष्ण रायले अघि घरमा भनेझैं गम्भीर भएर उत्तर दिए, ‘रामे, बलभद्र, केदार युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ।’

उनलाई चिया ख्वाएर बिदा गरेपछि रौनियारले भन्यो, ‘बूढालाई मान्नैपर्छ । त्यत्रो आक्रमण भएपछि पनि कसरी ढुक्कसँग निदाउन सक्या होला ? म भए त रातभरि आँखा झिमिक्क पार्न सक्तिनथें ।’कार्कीले ‘अँ’ मात्र भन्यो । उसका आँखा लठ्ठीका टुक्रामा केन्द्रित थिए । एकै छिनमा ऊ डटपेन टोक्न थाल्यो । दिमागमा केही नयाँ कुरा खेल्न थाल्यो कि डटपेन टोक्ने उसको पुरानो बानी थियो । एक छिनपछि लामो सास फेरेर उसले भन्यो, ‘यो लठ्ठी फिंगरप्रिन्ट एक्सपर्टकहाँ पठाइदे । बूढाले चिया खाएको गिलास पनि सँगै पठाइदिनू । भरे एकपल्ट फेरि घटनास्थलमा जानुपर्छ ।’साँझ पाँचबजेतिर उनीहरू कृष्ण रायकहाँ पुग्दा उनी सधैंझैं गाउँ घुम्न निस्किसकेका थिए । घरमा सुधो नोकर रामे र भान्से बाहुनी मात्र थिए । दुवैले रातिको घटनाबारे भोलिपल्ट प्रहरी आएपछि मात्र थाहा पाएको बताए । बूढाको धर्मपुत्र पुष्पराज भने घरमा थिएन ।कृष्ण रायका सन्तान थिएनन् । पत्नी दुई वर्षअघि दिवंगत भइसकेकी । सन्तानको अभाव पूर्ति गर्न उनले टाढाको भतिजो पुष्पराजलाई धर्मपुत्र बनाएर पालेका थिए । ऊ अलिक पुलपुलिएको र फजूलखर्ची रहेछ । नयाँ साइकल किनिदिएनन् भनेर एक हप्ताअघि कृष्ण रायसँग झगडा गरेको रहेछ । त्यसपछि बूढासँग बोलेको थिएन रे । कृष्ण रायकी दिदी नजीकैको शहरमा बस्थिन् । लठ्ठी काण्ड भएको दिन ‘फुपूलाई आँप लगिदिन्छु’ भनेर पुरानो साइकलमा आधा बोरा आँप हालेर दिउसै शहर गएको, फर्केको रहेनछ ।घरपछाडि खोरमा एउटा कुकुर थियो । त्यो चूपचाप बसिरहेको देखेर कार्कीले सोध्यो, ‘यो भुक्तैन ?’‘दिउसो भुक्तैन हजूर,’ रामेले जानकारी दियो, ‘राति खोरबाट निकाल्छौं । त्यसपछि भुक्छ । रातभरि घर वरिपरि कसैलाई पाइला हाल्न पनि दिंदैन ।’ ‘तर हिजो राति त यो पनि भुकेन,’ भान्से बाहुनीले भनिन् । चौकीमा फर्केपछि रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’‘ठीक भनिस्,’ कार्कीले भन्यो, ‘बूढाले जसजसका विरुद्ध किटानी जाहेरी दिएका छन्, अब तिनका बारेमा पत्ता लगाउनुपर्छ ।’

दोस्रो दिन, दिनभरि दौडधूप गरेर दुई भाइले धेरै कुरा पत्ता लगाए । तदनुसार :

बलभद्र कृष्ण रायको हिसाबकिताब हेर्ने मान्छे रहेछन् । हिसाबकिताबमा गोलमाल गरेको थाहा पाएर बूढाले दुई हप्ताअघि नराम्ररी गाली गरेपछि जागीर छोडेका रहेछन् । हिजो राति उनको छोराको बिहे रहेछ । त्यो पनि कृष्ण रायले नाम लिएका, पल्लो गाउँका रामचन्द्र पराजुलीकी छोरीसँग । गोविन्द पण्डित र कन्हैया मास्टर पनि जन्ती गएका रहेछन् । चारै जना रातभरि बिहामै रहेछन् ।केदार युवक महीना दिनअघि कृष्ण रायकहाँ काम माग्न आएको, तर बूढाले काममा नराखेको मानिस रहेछ । ऊ बस दुर्घटनामा परेर तीन दिनअघि अस्पताल भर्ना भएको रहेछ । दुवै खुट्टा भाँचिएका रहेछन् । कृष्ण रायले बेइमानीको आरोपमा कामबाट निकालेको बुधे नोकर अर्को गाउँमा चोरी गर्दागर्दै समातिएर जेल परेको रहेछ । लीला चाहिँ कृष्ण रायको भाइ पर्ने रहेछ, काकाको छोरो । ऊ पाँचजना गाउँलेसँगै तीर्थ गएको रहेछ ।कार्की र रौनियारले ठहर गरे, यिनीहरूमध्ये कसैले पनि कृष्ण रायमाथि लठ्ठी प्रहार गरेका होइनन् । यसपछि शंका स्वाभाविक रूपले पुष्पराजमा केन्द्रित भयो ।ऊ त्यसै दिन साँझ गाउँ फर्क्यो र तत्काल चौकीमा हाजिर गराइयो । उसले भन्यो, ‘शहरको साथीले नयाँ सिनेमा आएको छ भनेपछि ऊसँगै सिनेमा हेर्न इन्डिया गएको थिएँ ।’ साइकलको निहुँमा बूढासँग झगडा गरेको त उसले स्वीकार्‍यो, तर भन्यो, ‘आफ्नै बाबुमाथि म कसरी आक्रमण गर्न सक्छु ?’अर्को दिन इन्स्पेक्टर कार्की शहर गयो । भारतीय सीमा नजीकैको शहर जिल्ला सदरमुकाम पनि थियो । उसले जिल्ला प्रहरी कार्यालयबाट लठ्ठीका टुक्रा सहित फिंगरप्रिन्टको रिपोर्ट संकलन गर्‍यो । रिपोर्ट पढेपछि उसका आँखा चम्कन थाले । ऊ डटपेन टोक्तै कृष्ण रायकी दिदीकहाँ पुग्यो ।कार्कीलाई चिया दिन लाग्दा उसले झुन्ड्याएको पोलिथिनको थैलोमा लठ्ठीका टुक्रा देखेर उनी चिच्याइन्, ‘लौन नि, यो लठ्ठी कसरी भाँचियो ?’‘तपाईं यो लठ्ठी चिन्नुहुन्छ र ?’ कार्की छक्क पर्‍यो ।‘किन नचिन्नु बाबु, छ महीनाअघि मैले देहरादूनबाट दश रुपैयाँ हालेर कृष्ण भाइलाई ल्याइदिएको लठ्ठी त हो नि यो । यस्तो बुट्टा भएको लठ्ठी यताहुँदि कसैसँग छैन । लठ्ठीको मूठमुन्तिर मैले भाइको नाम पनि खोप्न लगाएकी थिएँ । नपत्याए हेर त !नभन्दै, लठ्ठीको समात्ने ठाउँमुन्तिर मसीना अक्षरमा ‘कृष्ण’ लेखिएको रहेछ । कार्की फेरि डटपेन टोक्न थाल्यो ।ऊ गाउँ फर्केपछि रौनियारले भन्यो, ‘त्यो पुष्पेलाई तुरुन्तै गिरफ्तार गरौं । लठ्ठी हान्ने उही हो । त्यसको कारण पनि छ, उद्देश्य पनि छ र उसको व्यवहार शंकास्पद पनि छ ।’कार्कीले ‘अँ…’ भन्यो र कृष्ण राय तथा पुष्पराज दुवैलाई बोलाउन पठायो । उनीहरू आएपछि ‘अरू कसैलाई भित्र पस्न नदिनू’ भन्ने आदेश दिएर रौनियारलाई आफ्नो अफिसको ढोका ढप्क्याउन लगायो । र, गम्भीर स्वरमा घोषणा गर्‍यो, ‘यो बदमाशी कसको हो, मैले पत्ता लगाइसकें ।’

कृष्ण राय ट्वाल्ल परेर उसलाई हेर्न थाले । पुष्पराजका आँखामा कताकता डरजस्तो देखियो र रौनियारका आँखामा प्रसन्नता । ऊ पुष्पराजलाई पक्रन उसको कुर्सीनेर उभियो । कार्कीले कृष्ण रायका आँखामा आँखा जुधाएर भन्यो, ‘हजूरले यो के नाटक गर्नुभएको ? आफैंले लठ्ठी भाँचेर आफूमाथि आक्रमण भयो भन्ने, अनि बिनसित्ती हामीलाई दुःख दिने ?’अब पुष्पराजको आँखाको डर कृष्ण रायका आँखामा सर्‍यो । रौनियार भने अलमल्ल परेको थियो ।कार्की भन्दैगयो, ‘कच्चा इँटाको भित्तामा लागेर यति दरो लठ्ठी भाँचिएको भन्दा मलाई शुरूमै अनपत्यार लागेको थियो । हुन त घटनाक्रम र परिस्थितिले पुष्पराजमाथि शंका गर्ने पर्याप्त ठाउँ दिएको हो । तर मेरो दिमागले अर्कै शंका गरिरहेको थियो । फिंगरप्रिन्टको रिपोर्टले मेरो शंका पुष्टि गर्‍यो । लठ्ठीमा कृष्ण रायजी बाहेक अरू कसैको औंलाको छाप छैन । चियाको गिलासमा भएको र लठ्ठीमा भएको औंलाको छाप एउटै व्यक्तिको भनेर विशेषज्ञले प्रमाणित गरिसकेका छन् । त्यसमाथि दिदीले समेत यो लठ्ठी मेरो भाइकै हो भनेर प्रमाण नै देखाइदिएपछि त यो सब हजूरकै नाटक हो भन्ने कुरामा कुनै सन्देह बाँकी रहेन ।’रौनियारका आँखा आश्चर्यले फैलिएका थिए । ऊ सोच्तैथियो, ‘यो कस्तो हाकिम होला, जहिले पनि मैले कल्पनै नगरेको तरीकाले अपराधी पत्ता लगाउँछ ।’कृष्ण राय घोसेमुन्टो लगाएर चूपचाप भुइँतिर हेरिरहेका थिए । कार्कीले कडा स्वर गर्‍यो, ‘यो कानूनलाई झुक्याउने षडयन्त्र हो । यसबापत हजूरले सजाय भोग्नुपर्ने हुन्छ ।’कृष्ण राय आत्तिएका थिए । आँखाभरि आँसु पारेर हात जोडे, ‘मबाट गल्ती भो बाबु । दिनदशा लागेर बुद्धि बिग्रेछ । अब आइन्दा यस्तो गल्ती हुनेछैन । एकपल्टलाई मेरो इज्जत जोगाइदिनोस् । बिन्ती छ ।’वातावरण निकै गम्भीर भयो । पुष्पराजले पनि बूढालाई माफी दिन अनुरोध गर्‍यो ।‘यो अपराधभन्दा पनि मानसिक समस्या हो,’ कार्कीको स्वर नरम भयो, ‘हजूर यो गाउँको सबैभन्दा भद्र र प्रतिष्ठित मानिस । त्यही भएर एकपल्टलाई छाडिदिन्छु । आइन्दा बुद्धि नबिगार्नुहोला । जानोस्, जाहेरी फिर्ता लिनोस् ।’कृष्ण राय हात जोडिरहेकै थिए, कार्की मुस्कुरायो, ‘हजूरले किन यसो गर्नुभो भनेर त सोध्दिनँ । तर एउटा कुरा भन्नोस् न, त्यति दरो लठ्ठी कसरी भाँच्नुभो ?’‘मेरो बलले त भाँचिदैनथ्यो बाबु ∕ अर्कै अक्किल लगाउनुपर्‍यो,’ बूढाले ङिच्च गरे ।विशुद्धीकरण : ‘शत्रु’ कथा पहिलोपल्ट १९९५ सालमा छापिएको हो । त्यसवेला नेपालमा सर्वसाधारणले चिया खाने चलन आइसकेको थिएन । प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टर जस्ता पद थिएनन् । ‘फिंगरप्रिन्ट एक्सपर्ट’ हुँदैनथे । डटपेन, पोलिथिनको थैलो, प्रहरीको गोजीमा सेता पन्जा आदि इत्यादि पनि थिएनन् । त्यसैले, विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसलाई ८२ वर्षपछि, २०७७ सालमा लेखिएको उत्तर कथा भनेरै बुझ्नु मनासिब हुनेछ ।


Your Views
Related News