काठमाडौं । घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको आवाहन पनि गरिन्छ ।यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो ।घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ ।अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचार अथवा षोडशोपचारले पूजाआजा गरिन्छ ।बड़ादशैंको पहिलो दिन बिहीवार घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।घटस्थापनाको बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ छरिन्छ ।

यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर भगवती दुर्गाको प्रिय वस्तु भएकोले जौ छरी भगवती दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारंभमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ ।थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ ।नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । तइसैल्े धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ ।आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ ।

READ MORE NEWS

मन्त्रिपरिषद्मा जुन नाम हेरे पनि महिला !

unn.prixa.net

काठमाण्डौ – स्थिर सरकारको अस्थिर मन्त्रिपरिषद् ! मन्त्रीहरु एघारौँ पटकसम्म फेरबदल भैसकेका छन् । तर, पार्टीको चित्त बुझाउने आमुल हेरफेर हुन त बाँकी नै छ । मन्त्रीको पद हो, पालैपालो खानै पर्यो । त्यसैले, कहिले यसको पालो, कहिले उसको पालो ! कोही पालो पर्खने, कोही पालो मिच्ने, कोही अरुलाई पालै दिन नखोज्ने ! तर पनि प्रधानमन्त्री के.पी. शर्मा ओली पोलिटब्युरो, अध्यक्ष, सचिवालय सबका सबलाई तीनछक्क पार्दै मन्त्रीहरु फेर्न र थप्न सफल हुनुभएको छ । यसरी अनुहार फेरिँदा महिलाहरु धेरै फेरिएनन् या थपिएनन् भनेर धेरैले सरकारको आलोचना गरेका छन् । तर मन्त्रिपरिषद्को लामो सूची माथिदेखि तलसम्म हेर्ने हो भने जता पनि नाम चाहिँ महिलाका जस्तै लाग्छन् । अनुहार कस्तो छ भन्ने कुरा छाडौँ, नाम हेरौँ। आखिर अनुहार र काममा के छ र ? जे छ नाममै छ । महिला भनेर चित्त बुझाउन सकिने केही नामको चर्चा गरौं । मन्त्रिपरिषद्को लामो सूची माथिदेखि तलसम्म हेर्ने हो भने जता पनि नाम चाहिँ महिलाका जस्तै लाग्छन् । अनुहार कस्तो छ भन्ने कुरा छाडौँ, नाम हेरौँ। आखिर अनुहार र काममा के छ र ? जे छ नाममै छ । सबैभन्दा माथिको नाम हेरौं, केपी । कसैले केपी मात्रै भन्यो भने पनि केटीजस्तो सुनिन्छ । केटी भनेको महिला । केपी भन्दा केटी सुनियो भने योभन्दा बढी समावेशी र उदार प्रतिनिधित्व अरु के हुन सक्छ ? नामलाई छोडेर थर हेरौं।वली मात्रै भन्दा चर्चित गायिका तथा समाचारवाचिका कोमल वलीको सम्झना आउँछ । वली भन्दा कोमल वलीको सम्झना आयो भने पनि यसलाई मन्त्रिपरिषद्मा महिला समावेशिताको गज्जबको नमूना मान्न सकिन्छ । अझ केपीको छोटकरी रुपलाई कविता पाठक या कन्या पहाडी भनेर व्याख्या गर्न सकियो भने महिला सहभागिता खोज्नेलाई अझ बढो सन्तोष मिल्छ ।

अब मन्त्रिपरिषद् सूचीको दोस्रो नाम हेरौं । काम र ठाउँ हेरफेर भए पनि दोस्रो नम्बरको नाम हेरफेर भएको छैन । पद घटुवा, बढुवा जेसुकै होस् पावर र पैसा घटेको छैन । नम्बर पनि उही, नाम पनि उही -ईश्वर । ईश्वर पुरुष मात्र होइनन्, महिला पनि हुन्छन् । देवी पनि ईश्वर, देवता पनि ईश्वर । त्यसैले आफूलाई पायक पर्ने हिसाबले ईश्वरलाई देवता या देवी मान्न सकिन्छ । ईश्वरलाई देवीको रुपमा लिइयो भने मन्त्रिपरिषद्मा अर्को शक्तिशाली महिलालाई देख्न पाइन्छ ।अब बालुवाटारमा एकाएक चर्चा भएर अर्थ मन्त्रालयको बागडोर सम्हाल्न पुगेका अर्का नयाँ मन्त्रीको नाम सम्झौँ -विष्णु । विष्णु भनेका पनि ईश्वर । ईश्वरका अनेक रुप । विष्णुका पनि बहुरुप । विष्णु केटाको मात्रै होइन, केटीको पनि नाम हुन्छ । अनुहार नहेरेर नामको मात्रै कुरा गर्ने हो भने ईश्वरपछिका विष्णुलाई पनि महिलाको प्रतिनिधित्वको रुपमा मान्न सकिन्छ ।नाम हेर्दा महिलाजस्तो लाग्ने अर्काे सूची हो शक्ति । नामअनुसारको कर्म । सँगै मन्त्री भएका अरु लाखापाखा लागिसके पनि शक्ति र भक्तिका कारण उही ठाउँमा टिकिरहन सफल नाम -शक्ति । शक्ति पुरुषको मात्रै होइन, महिलाको पनि नाम हुन्छ । त्यसैले शक्ति नाम देखेर मन्त्रिपरिषद्मा महिलाको शक्तिशाली उपस्थिति छ भनेर रमाउन सकिन्छ ।अब महिला नै मन्त्रालय सम्हाल्न पुगेका यसअघिका र अहिलेका मन्त्रीको नाम हेरौं । पहिलेका मन्त्रीको नाम पार्वत । पहिले पार्वतलाई सबैले पार्वती नै ठाने । नाम पार्वत, मन्त्रालय महिला भनेपछि मान्छे पुरुष हो भन्ने कसैलाई लागेन । मन्त्री नियुक्त गर्नेहरुलाई पनि लागेन होला । त्यसैले महिलाकै नामसँग मिल्ने नाम खोजेर महिला मन्त्रालयमा राखियो । अनुहार जस्तो होस्, नाममा महिला छ । त्यसैले महिला नै हुनुपर्ने ठाउँमा जो आए पनि मान्छेहरुले नाम हेरेर चित्त बुझाए ।अहिले त्यही ठाउँमा अदलीबदली भएर आएका नयाँ नाम त झन् सरासर महिलाकै हो भन्न धेरै सोच्नै पर्दैन । नयाँ मन्त्रीको नाम उच्चारण गर्दा लिंग भेद कल्पना पनि गर्न मिल्दैन । पछिल्तिर जोडिएको नाथलाई छोडी अघिल्तिरको मात्र नाम हेरौं – लिला । प्रभुको लिला, प्रधानमन्त्रीको लिला । नाम नै लिला । लिलालाई कसरी महिला हो नभन्ने । सुन्नेबित्तिकै महिला लाग्ने नाममा अनुहार पुरुष देखेर कोहोहोलो गर्नेहरु बरु अबुझ हुन् । मन्त्रिपरिषद्मा महिला भएनन् भनेर विरोध गर्नेहरुले बुझून् -नाम देख्दामै महिला जस्तो लागेर महिला राष्ट्रपतिले नियुक्त र शपथ गर्नुभएको हो । प्रधानमन्त्री र राष्ट्रपतिलाई थाहा छ मन्त्री फेर्ने काम सजिलो छैन । तर नागरिकको मुहार फेर्ने काम मन्त्री फर्ने भन्दा निकै कठिन छ । कठिन काम पछिकालाई थाँती राखेरै पनि यो देशको प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली पटकपटक मन्त्रीहरुको अनुहार फेर्न सफल हुनुभएको छ । आफु त परियो नेपाली नागरिक । सरकारको पारा देखेर वाक्क दिक्क भैरहेको आफ्नै अनुहार नयाँ मन्त्रीका अनुहारको चमक बादलभित्रै पनि उज्यालिन थालेको छ ।

 


Your Views
Related News