काठमाडौं। वैज्ञानिकहरुले बारुलाको विषबाट शक्तिशाली एन्टिबायोटिक तयार गरेका छन् । द विकमा प्रकाशित रिपोर्टअनुसार अमेरिकी वैज्ञानिकहरुले बारुलाको विषबाट यस्ता माइक्रोबियल मलिक्युल विकास गरेका छन् जसले अन्य औषधिले काम नगर्ने ब्याक्टेरियालाई समेत मार्न सक्छन् । मलिक्युल विकास गर्ने अमेरिकाको पेन्सलभेनिया विश्वविद्यालयका अनुसार यसबाट तयार हुने औषधिले क्षयरोग (टीबी) र सेप्सिसका खतरनाक ब्याक्टेरियाको उपचार गरिनेछ ।नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित शोधपत्रका अनुसार वैज्ञानिकहरुले एसियाली, कोरियाली र वेस्पुला बारुलाहरुको विषबाट प्रोटिनको एक अंश निकालेर त्यसमा परिवर्तन गरेका थिए । यो परिवर्तनका कारण औषधिका मलिक्युल्समा ती ब्याक्टेरियालाई मार्न सक्ने क्षमता बढेको छ जुन ब्याक्टेरियामा औषधिहरु प्रभावहीन भइरहेका थिए ।

मुसामा गरिएको परीक्षणमा जुन ब्याक्टेरियामाथि अन्य औषधिको असर भइरहेको थिएन ती ब्याक्टेरियामा यो औषधिको असर भएको पाइएको छ । वैज्ञानिकहरुका अनुसार अहिलेको समयमा यस्तो नयाँ एन्टिबायोटिक्सको आवश्यकता छ जो ड्रड रेसिस्टेन्ट (औषधि प्रतिरोधी) ब्याक्टेरियालाई मार्न सक्षम होस् किनकि यस्ता संक्रमणका केसहरु बढिरहेका छन् । वैज्ञानिकहरुले विषबाट निस्किएका मलिक्युलले कैयौं किसिमको एन्टिबायोटिक्सको काम गर्ने विश्वास लिएका छन् ।अनुसन्धानका क्रममा बारुलाको विषबाट मास्टोपरन एल पेप्टाइडलाई अलग गरिएको थियो । यो मानिसको लागि निकै विषालु हुन्छ । यसले मानिसको शरीरमा रक्तचाप उच्च बनाउँछ र हालत गम्भीर बनाइदिन्छ । यसको यो कसरलाई कम गरेर यसमा परिमार्जन गरियो । यसलाई ब्याक्टिेरियामा विषको रुपमा काम गर्नेगरी परिमार्जन गरिएको थियो । मानिसमा यो कति सुरक्षित छ भन्ने विषयमा क्लिनिकल ट्रायल हुन बाँकी छ ।वैज्ञानिकहरुले यसरी बनेको औषधिको प्रयोग मुसामा हुने इ–कोली र स्टेफाइलोकोकस आरेयस ब्याक्टेरियामा गरे । नयाँ औषधिको परीक्षणको क्रममा ८० प्रतिशत मुसा जीवित रहे । तर, जुन मुसाहरुलाई यो औषधिको अधिक मात्र दिइयो तिनीहरुमा साइड इफेक्ट देखियो । अनुसन्धानमा दावी गरिएको छ कि यो औषधि जेन्टामाइसिन र इमिपेनेमको विकल्प प्रमाणित हुन सक्छ किनकि ड्रग रेसिस्टेन्ट ब्याक्टेरियाको केसहरु बढिरहेका छन्

READ MORE NEWS

लहठी बालामा मिथिला जादु

सुजीतकुमार झा

‘मैले दुई जोडा मिथिला चित्रकला लहठी आजै किनें,’ जनकपुरधाम–५ की रञ्जिता मण्डलले सुनाइन् । उनीसँगै छिमेकी रतिया देवीले पनि लहठी र वाला किनिन् । अरुभन्दा फरकमात्रै होइन, आकर्षक देखिने उनको अनुभव छ ।

हो, लहठी र बालामा मिथिला चित्रकलाको चर्चा अहिले जनकपुरधामका गल्लीगल्लीमा चलिरहेको छ । झट्ट हेर्दा चिटिक्क देखिने । भीडमा अलग आकर्षण । बजारमा जे चलेको छ, सबै त्यसकै पछि लागिरहेको हुन्छ । अहिले बजार पुग्ने धेरैजसोलाई लहठी र बालामा मिथिला चित्रकलाले यसरी लोभ्याएको छ । महिलाको आकर्षण नै बनेको छ, मिथिला चित्रकला ।

लहठी र बालामा मिथिला चित्रकला बनाउने जनकपुरधाम– २१ कुर्थाकी दीपा कर्ण लहठीमा मिथिला चित्रकला बनाउन थालेपछि कारोबार ह्वात्तै बढेको बताउ“छिन् । १७ वर्षदेखि उनी मिथिला चित्रकलामा आबद्ध छिन् । उनकी आमा तथा हजुरआमा कलाकार नै थिए । हजुरआमालाई भारत बिहार सरकारले केही वर्षअघि सम्मानसमेत ग-यो ।

पेपर, कपडा, क्यानभास, कुट, माटाका भाँडो, कुर्ती, दूपट्टा, गमछी, भेस्ट, बेडसिट, क्यूचन कोभर, जोलरी, पागमा पनि मिथिला चित्रकला बनाउने गर्छिन्, दीपा । लहठी र वालाले छुट्टै पहिचान दिइरहेको उनको अनुभव छ ।त्यसो त, जनकपुरधाममा मिथिला चित्रकलाका कयौं कलाकार छन् । विदेशमा मिथिला चित्रकलाको माग अत्यधिक रहेको उनीहरू बताउँछन् । आफूहरूले मिथिला चित्रकला पठाउन चाहेको दीपाका पति हिमांशु कर्णले सुनाए । ‘लहठी र बालाको लोकप्रियताले हाम्रो आत्मबल बढेको छ,’ उत्साहित उनले सुनाए ।

मिथिला लोक–चित्रकलामा विद्यमान आदिम तत्व सरल वक्र दुईचार ठाडा तेर्सा समान्तर रेखाबाट त्रिकोण, वृत्त, चक्र भएका प्रारम्भिक अतिरिक्त ऐतिहासिक तथा वैदिककालिन औपनिषदि तथा उत्तर मध्यकालिन तत्व पाइन्छन् ।

सांस्कृतिविद् अशोक दत्त मिथिला चित्रको फाइदा कलाकार लिन नसकिरहेको बताउँछन् । सरकारले बजार व्यवस्थापनमा सहयोग गरिदिनुपर्ने उनको माग छ । नेपल उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिवशंकर साह हिरा हस्तकला व्यवसाय बढाउन सरकारी नीति अभाव रहेको औंल्याउँछन् ।जनकपुरधाममा लहठी बालाले प्रसिद्धि पाए पनि बाहिर पठाउन नसकेको दीपाले सुनाइन् । ‘योभन्दा अझ राम्रो गरेर देखाउन सक्छौं,’ भन्छिन् ।दीपाको घरपरिवार मिथिला चित्रकलाबाटै चलिरहेको छ । दम्पतिका अतिरिक्त सासुससुरा, दुई छोरी र एक छोराको स्याहारसुसार यही कलाबाट धानिरहेको उनीहरू बताउँछन् ।

दैलेख सदरमुकामका होटल, रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला पशासन कार्यालय दैलेखले होटल चिया नास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न निर्देशन दिएको हो ।पछिल्लो समयमा जिल्ला सदरमुकाममा कोरोना भाईरसका विरामी बढदै गएपछि सुचना जारी गर्दै पसल,रेक्ष्टुरेन्ट र चियानास्ता,पसल समेत बन्द गर्न सुचना मार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । उनले भने, ‘दैलेख बजार क्षेत्रमा कोराना भाईरस पोजेटिभ देखिनेको संख्यामा दिनहुँ बढन थालेपछि सुचना मार्फत होटल पसल,चियानास्ता र रेण्टुरेन्ट बन्द गर्न निर्देशन दिएका हौं ।’जिल्लाका ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार १७१ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार १०९ जनाले कोरोनाले जितेर घर फर्किएका छन । कोरोना पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ७० जना आईसोलेसनमा बसीरहेका छन् ।सुचनामा कोरोना भाईरस कोभिड १९ का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठुलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल चियानास्ता पसल रेष्टुरेन्टहरु तत्कालको लागि बन्द गरिएको उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम,नियन्त्रण र उपचारको लागि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र जिल्लागत संरचनाको बैठकको निर्णय अनुसार कोरोना संक्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरुसँग प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल व्यवसाय र सेवाहरु पुर्ण रुपमा बन्द गर्नुेपर्नेछ । फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सर्तकता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्य रुपमा व्यवस्था मिलाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।ठाटीकाँध गापाका अध्यक्ष कोरोना पोजेटिभत्यसैगरि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । केही दिन अघि गाउँपालिकाबाट जिल्ला सदरमुकाम आएका शाहीलाई सामान्य रुघाखोकी देखिएपछि पिसीआर चेकजाँच गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए ।कोरोना पुष्टि लगतै शुक्रबार बेलुका गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई आईसोलेशनमा लगिएको र अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए । यसअघि गाउँपालिकाका अध्यक्ष जिल्ला सदरमुकामको एक होटलमा बस्दै आएका थिए ।

Your Views
Related News