‘दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।

अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ।दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ।उनीहरूलाई थप सहयोगको खाँचो छ – अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ।

जीवन बदल्ने अनुभव

अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू “निरन्तरको कोभिड” बाट ग्रस्त भएका छन्।अनि यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्:

  • फोक्सो र मुटुमा भएका स्थायी क्षति
  • सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
  • भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
  • निरन्तर कोभिड-१९ का लक्षणहरूका समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड-१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन।

अध्ययनले भनेको छ “निरन्तर कोभिड-१९ को निदान” सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ।

थकित महिला

“कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।”रिपोर्टका लेखक डा. इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन्।तर अध्ययनमा त्यस्तो मात्र पाइएन।”हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन्,” उनले भनिन्

‘खाना पकाउने र सफा गर्ने काममा मेरा छोराहरू अग्रसर भएका छन्’

जो हाउस र उनकी पार्टनर एश
जो हाउस र उनकी पार्टनर एश दुवैले दीर्घ लक्षण बेहोरिरहेका छन्

यूकेको ब्रिस्टल यूनिभर्सिटीकी लेक्चरर जो हाउस सङ्क्रमित भएको छ महिनापश्चात् पनि काममा फर्केकी छैनन्।सुरुमा नराम्रो खोकी र सास फेर्न अप्ठ्यारो भएको थियो जुन अहिले चरम थकान र टाउको दुखाइ अनि मुटुको समस्या र मांसपेशीको पीडासम्म पुगेको छ।

“अघिल्लो दिन बिउँझने बित्तिकै रिँगटा लाग्यो र बेहोस भएँ। अस्पतालमा पुग्नु पर्‍यो,” उनले भनिन्।मुटुको चाल तीव्र हुने र स्वाँस्वाँ हुने समस्यामा थोरै सुधार भएको छ तर अन्य लक्षणहरूका कारण उनको र उनको परिवारमा ठूलो प्रभाव परिरहेको छ।उनका पार्टनर एशले पनि निरन्तरका लक्षणको समस्या बेहोरिरहेका छन्। त्यसैले उनका किशोर छोराहरूले पकाउने र सरसफाइ गर्ने घरायसी कामको जिम्मा लिएका छन्।”अधिकांश मानिसहरूलाई साधारण लक्षण भनिन्छ। तर यथार्थमा ती साधारण होइनन्। हामीलाई सहयोगको खाँचो छ,” उनले भनिन्।

कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

जो लाई सुरुमा न्यूमोनिया भएको थियो। खासमा उनलाई कोरोनाभाइरसको परीक्षण कहिल्यै पनि गरिएन र अस्पतालमा भर्ना पनि गरिएन।”हामी दुवै बिरामी भएपछि हामीले इच्छापत्र पनि बनायौँ। डरलाग्दो थियो।”अध्ययनको रिपोर्टले दीर्घ कोभिडका निम्ति निश्चित् अस्पतालका साथै समुदायमा सहयोगको आह्वान गरेको छ।साथै दीर्घ कोभिडले खासगरी अश्वेत वा एशियाली मूलका मानिस अनि पहिल्यैदेखि मानसिक वा सिकाइसम्बन्धी समस्या बेहोरिरहेका मानिसहरू थप प्रभावित हुनसक्ने उसले जनाएको छ।”हाम्रो उद्देश्य भनेको यो अध्ययनलाई स्वास्थ्यकर्मीहरूले उपयोग गरेर बिरामीहरूको अनुभव बुझ्न मद्दत पुगोस् भन्ने हो ताकि उनीहरूलाई आवश्यक पर्ने उपचार, सेवा र सहयोगमा पहुँच मिलोस्,” डा. म्याक्सवेलले भनिन्।

READ MORE NEWS

कोरोना भाइरस नेपाल: कोभिड-१९ का बिरामी बोक्न निजी विमान कम्पनीलाई ‘भ्याईनभ्याई’

हवाई उद्धार

‘जीवन सुरक्षाका निम्ति छिटोछरितो माध्यमबाट विमान (हवाई जहाज/हेलिकोप्टर/एयर एम्बुलेन्स) मार्फत् एयर लिफ्टिङ गर्नुपर्नु’ खाँचो देखेर मापदण्ड तयार गरिएको बताइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचीकृत गरेका निजी विमान सञ्चालक कम्पनीले जनस्वास्थ्यका मापदण्ड अपनाएर बिरामी ओसारपसार गर्न पाउने व्यवस्था छ।मापदण्डमा नेपाली सेनाका विमान प्राथमिकता दिई ‘स्वास्थ्य मन्त्रालय र सेनाको समन्वयमा जति सक्दो छिटो बिरामीलाई एयर लिफ्टिङ गर्ने व्यवस्था मिलाउने’ भनिएको छ।तर सरकारले प्राथमिकता दिए पनि सेनाभन्दा निजी विमान कम्पनी अगाडि देखिएका छन्।

सेनाभन्दा सिम्रिक अगाडि

नेपालमा करिब एक दर्जन हेलिकोप्टर सेवा सञ्चालक छन् र तिनमा सिम्रिक एयरले बिरामी बोक्न सबैभन्दा अगाडि देखिएको छ।सिम्रिक एयर हेलिकोप्टरका प्रमुख कार्यकारी बजार अधिकृत योगेश सापकोटाका अनुसार मङ्गलवार मन्त्रालयबाट अनुमति पाएकै दिनदेखि सिम्रिकको हेलिकोप्टरले बिरामी बोक्न थालिसकेको छ।उनले भने, “हामी पहिल्यैदेखि तयारी अवस्थामा सरकारको स्वीकृतिको पर्खाइमा थियौँ, अनुमति पाउने बित्तिकै सुरु गर्‍यौँ।”पहिलो बिरामी बुटवलबाट काठमाण्डू पुर्‍याएको सिम्रिकले लहान, भरतपुर र बिराटनगरबाट पनि बिरामी बोकिसकेको छ।राष्ट्रिय विपद्‌मा प्रयोग हुने नेपाली सेनाका विमानहरूले अझैँ बिरामी बोकेका छैनन्।सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेल भन्छन्, “स्वास्थ्य मन्त्रालयको मापदण्डका प्रभावबारे अध्ययन गरिरहेका छौँ, त्यसबारे निचोडमा पुग्न सम्बन्धित निकायसँग समन्वयको चरणमा छौँ।”

स्वास्थ्यकर्मी

पहिल्यैदेखि निजीको चासो

सिम्रिक एयरले पाँचमध्ये दुईवटा हेलिकोप्टर बिरामी ओसार्न परिचालन गर्ने जनाएको छ।सापकोटा भन्छन्, “माग एकदमै उच्च छ। अब केही दिनमै दोस्रो हेलिकोप्टर पनि प्रयोगमा ल्याउँछौँ।”यसअघि प्रदेश २ बाट स्वासप्रश्वासका बिरामी हेलिकोप्टर भाडामा लिएर काठमाण्डू पुगेका समाचारहरू आएका थिए।तर सामान्य अवस्थाको जस्तो उडान गरेर सङ्क्रित बोक्न नपाइने व्यवस्था थियो। त्यसको निम्ति पीसीआर परीक्षण नेगटिभ हुनुपर्ने पनि भनिएको थियो।लकडाउन र सङ्क्रमणले थलिएको निजी हवाई सेवा सञ्चालक कम्पनीले त्यस्तो माग बढेपछि बिरामी बोक्न मापदण्ड तयार गरिदिन सरकारमाथि दबाव दिइरहेका थिए।त्यसमध्येको एक सिम्रिक एयरले पहिल्यैदेखि तयारी गरेको तत्कालै बिरामी ओसार्न सकेको हो।सिम्रिकका सापकोटा भन्छन्, “कुनै पनि बेला देशलाई आवश्यकता हुनसक्छ भनेर उपकरणहरू राखेर एक-डेढ महिनादेखि अभ्यासमा थियौँ, सरकारलाई पनि भनिरहेका थियौँ, अनुमति पाएकै दिनदेखि सुरु गर्‍यौँ।”

मापदण्ड

भाडा भने महङ्गो

मापदण्ड अनुसार विमान कम्पनीले नै एकजना चिकित्सकसहित कम्तीमा दुईजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ।अक्सिजन, जीवन सुरक्षाका औषधि, पीपीई र डिसइन्फेक्टर लगायतको व्यवस्था विमानमा हुनुपर्छ। र, दोस्रो उडान गर्नुअघि विमान निसङ्क्रमण गर्नुपर्छ।सिम्रिकले आइशोलेसन च्याम्बर पनि चीनबाट आयात गरेर हेलिकोप्टरमा राखेर उडान गर्ने गर्छ। स्वास्थ्य सुरक्षाका दृष्टिकोणले ती सबै व्यवस्था गर्नुपर्ने भएकाले सेनाले उच्च निकायसँग परामर्शको खाँचो देखेको बुझिन्छ।मापदण्डमा भाडा बिरामी पक्षको हुने उल्लेख छ तर ‘निश्चित तोकिएको प्रचलित शुल्कभन्दा बढी भाडा लिन नपाइने’ भनिएको छ।तर सिम्रिकका हेलिकोप्टरका सापकोटाले सामान्यतया करिब दुई लाख ५० हजार रुपियाँ भाडा बढी लिइरहेको जानकारी दिए।विभिन्न स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था तथा बिमा लगायतले गर्दा भाडा महङ्गो पर्न गएको उनको भनाइ छ।जे भएपनि त्यो सरकारको घोषित नीतिविपरीत रहेको बताउने प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीका भनाइमा मन्त्रालयको मापदण्ड व्यवहारिक नहुँदा अनुगमनप्रति चासो नराखिएको हुनसक्छ।

काठमाण्डूमा सङ्क्रमण बढ्दा के हुन्छ?

सापकोटाले अधिकांश बिरामी काठमाण्डूका अस्पतालमा भर्ना हुन आउन चाहन्छन्।तर सङ्क्रमण बढ्दै गए काठमाण्डूकै बिरामीको निम्ति अस्पतालको क्षमता नपुग्ने चेतावनी सरकारले दिइसकेको छ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धेरै र राम्रा स्वास्थ्य पूर्वाधार भएका स्थानका अस्पतालमा उपचारको सेवा उपलब्ध गराउन हवाई उडानसम्बन्धी मापदण्ड बनाइएको बताए।काठमाण्डूलाई मात्र लक्षित गरेर त्यसो नगरिएको उल्लेख गर्दै उनी भन्छन्, “त्यो त हिमाली वा पहाडी जिल्लाहरूबाट अन्य सहरी क्षेत्रका अस्पताल जान चाहने बिरामीका निम्ति पनि हो।”उपचार भइरहेको अस्पतालका चिकित्सकले बिरामीको अवस्था हेरेर बाहिर लग्न सिफारिस गर्नुपर्ने मापदण्डमा उल्लेख छ।


Your Views
Related News