काठमाडौं । चीनले आफ्नो जियाक्शिन शहरमा आपत्कालीन स्थितीमा सिनोभ्याक कोरोना भ्याक्सीन बेच्न दिएको छ । भ्याक्सीनको मूल्य पनि निर्धारण गरेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि ६० डलरमा भ्याक्सीन बेचेको हो ।रोग नियन्त्रण तथा रोकथामले सोसल मिडिया वीच्याटमा एक बयान दिँदै कोरोनाभ्याक नामक भ्याक्सीन २०० यूआनमा किन्न सकिने बताएको हो । तर यो भ्याक्सीनको तेश्रो चरणको ट्रायल चलिरहेको छ ।कम्पनीले आपत्कालीन स्थितीका लागि मात्र यसको प्रयोग गर्न बताएको हो ।

READ MORE NEWS

नवरात्रको पहिलो दिन घरघरमा दशैँको जमरा राखिदै, हनुमान ढोकामा राखियो जमरा

खरीबोट

काठमाडौँ । नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा दशैँको जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दशैं शनिबारदेखि सुरु भएको छ । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ ।बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि वसन्तपुरस्थित दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ । आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ। बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

नेपालमाथ धार्मिक आक्रमण भयो : कोमल वली

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल वलीले पश्चिमाहरुद्धारा धार्मिक आक्रमण तिब्र पारिएको बताएकी छन् । पैसा दिएर क्रिश्चियन धर्ममा लैजाने कार्यलाई पश्चिामा एजेन्टहरुले तिब्र पारेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिइन् । नवगदुर्गा भगवती मन्दिरको तुलसीपुर–८ अश्वारामा शिलान्यास गर्दै सदस्य वलीले आश र त्रासमा पारेर जबरजस्ती धर्म परिवर्तन गराने काम भएको भन्दै चिन्ता व्यक्त गरिन् ।‘नेपालको संविधानका लागि बौद्ध, मुस्लिम, क्रिश्चियन, हिन्दु सबै धर्म समान छन्,’ राष्ट्रिय सभा सदस्य वलीले भनिन्– ‘तर जबरजस्ती धर्म परिवर्तन गराउँन पाईदैन । जबरजस्ती धर्मपरिवर्तन गराउनेलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ । तपाईहरु पनि सजग हुनुहोला ।’ हरेक विकास निर्माणका काम मानव कल्यानका लागि हुने भएकाले विकासको मुद्दालाई साझा अभियानका रुपमा अघि बढाउनु पर्ने उनको सुझाव छ ।‘मन्दिर बनेपनि, सडक, विद्यालय, कुलानाला बनेपनि त्यौ सबै मानव कल्यानका लागि हो,’ सदस्य वलीले भनिन्– ‘त्यो भनेको काँग्रेस, कम्युनिष्ट, राप्रपा सबैको हितका लागि भएकाले विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्छ ।’ दाङको समग्र विकासका लागि केहि न केही गर्ने तिब्र इच्छा रहेको बताउँदै सदस्य वलीले जिल्लाबाट प्रतिनिधित्व गरेर गएका मान्यहरुसंग समन्वय गरिरहेको बताइन् ।नवदुर्गा मन्दिर निर्माण उपभोक्ता समितिका सदस्य रेशमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शिवहरी भण्डारी, अमृतपुर सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुरमा बस्नेत, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विक, अश्वारा ब्वाइज क्लबका अध्यक्ष प्रविन सिंहलगायतले बोलेका थिए । समाजसेवी मदन बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बासुदेव भुसालले गरेका थिए । सो अवसरमा पण्डित भिमकान्त आचार्यले मन्दिर निर्माणका लागि २५ हजार र राष्ट्रिय सभासदस्य कोमल वलीले व्यक्तिगत रुपमा १५ हजार आर्थिक सहयोग गरेका थिए ।


Your Views
Related News