पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ । तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । सकेसम्म अर्गानिक काँक्रोको सेवन गर्नु लाभदायक हुनेछ ।
काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।
-काँक्रोले जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।
-काँक्रोले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।
-काँक्रोले शरीररको तौल घटाउन भरपूर मद्दत गर्दछ ।
-शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन काँक्रोले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
-काँक्रोले टाउको दुख्ने, अल्क्षीपन हटाउने एवम् तनावहरुबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।
-शरीरमा पानीको र मिनरल (खनिज)को मात्रालाई कायम राख्न काँक्रोले मद्दत गर्दछ ।
-काँक्रोले शरीरमा क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ । काँक्रोले शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ।
-काँक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ ।
-यो मधुमेहका बिरामीका लागि राम्रो उपचार हो । यसले मधुमेहका बिरामीका लागि अहम भूमिका खेल्दछ ।
-काँक्रोले रक्तचाप नियन्त्रण गर्ने काम समेत गर्दछ ।
READ MORE NEWS
शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल
दशैँ नजिकिएसँगै बागलुङ कालिका मन्दिरमा पनि भक्तजन जाने क्रम बढेको छ । लकडाउनको समयभर प्रतिबन्ध लगाएकाले गत चैत, वैशाख, जेठ र असारमा मानिस गएनन् । ऐतिहासिक चैतदशैँ मेला पनि भएन ।साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टीकाको छुट्टै व्यवस्था गरिएको तर धार्मिकस्थल खुल्छन् भने पनि भक्तजनमा उत्साह थपिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउने निर्देशन गरेपछि यहाँका मठमन्दिरहरुमा चहलपहल बढेको हो । ‘शनिबारदेखि कालिका मन्दिर खुल्छ रे !, अब पूजा गर्न जानुपर्ला’ पर्वतको पाङ्की यमुना शर्माले भनिन्, “अहिलेसम्म गएको थिइनँ ।”सार्वजनिक क्षेत्र खुला भए पनि मन्दिर नखुल्दा धार्मिक गतिविधि नभएको उनले बताइन् ।भक्तजनको चहलपहल तुलनात्मक बढेकाले कसरी खुलाउने भन्ने छलफल थालेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । सङ्क्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, तर अन्यत्र सबै खुला भएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला । प्रहरी र प्रशासनमा पनि यो विषयमा कुरा भएको उनले बताए ।घटस्थापनादेखि कालिका मन्दिरमा सयौँ भक्तजन आउने गर्थे । यो वर्ष तुलनात्मक रुपमा घटे पनि आस्था राख्नेका लागि रोक्न भने नसकिने उनले बताए । सरकारले पनि धार्मिकस्थलमा सुरक्षाका मापदण्डसहित खुलाउने भनेकाले कालिकामा पनि सुरक्षा अपनाइने उनले बताए । कालिका मन्दिर मात्र नभई पञ्चकोट, शालिग्राम सङ्ग्राहलयमा पनि पर्यटक बढेका छन् । अधिकांश स्थानीय भए पनि घुम्ने र आस्थाको केन्द्रमा पुगेर पूजा गर्न खोजेको भेटिएको हो लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका छन् । सम्पदामा मानिसको चहलपहल बढेपछि यहाँका रेष्टुरन्ट पनि सञ्चालनमा आउन थालेका छन् । ६ महिना बन्द होटल तथा रेष्टुरेन्टमा सरसफाइ शुरु भएको छ ।लकडाउन खुला भएकाले व्यवसाय बढ्न थालेको होटल सङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए ।