न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।धेरैजसो मत गनिसकिएको छ । हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उनले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ ।विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ ।यो चुनाव एक महिना अघि नै हुनुपर्ने थियो तर कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो ।मतदान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो जुन बेलुका ७ बजेसम्म खुल्ला गरिएको थियो ।न्यूजिल्याण्डमा आम निर्वाचनका साथै जनतालाई दुई जनमतसंग्रहमा पनि मतदान गराइएको थियो ।

आर्डनले के बहुमत हासिल गर्लिन त ?

चुनाव आयोगका अनुसार लेबर पार्टीले ९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत र ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८–८ प्रतिशत भोट पाएका छन् ।नेशनल पार्टीकी नेता जुडिथ कलिङ्ग्सले जसिन्डा आर्डर्नलाई बधाईसमेत दिइसकेकी छिन् ।जीतपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै आर्डर्नले भनिन्, ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबैभन्दा ठूलो समर्थन दिएको छ । हामीले तपाईंको समर्थनलाई हल्का रुपमा लिने छैनौं । म बचन दिन चाहन्छु कि हाम्रो पार्टीले हरेक नागरिकका लागि काम गर्नेछ ।’आर्डर्नको पार्टीले ६४ सिट पाउन सक्छ । न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको संसदीय प्रणाली (एमएमपी) पछि कुनै पनि पार्टीले बहुमत हासिल गरेको छैन ।चुनाव अघि विश्लेषकले आर्डर्नको पार्टीले यति ठूलो जीत हासिल गर्ने कुरामा शंका व्यक्त गरेका थिए ।युनिभर्सिटी अफ अकल्याण्डकी प्राध्यापक जेनिफर कर्टिनले यसअघि पनि पार्टी नेताले बहुमत पाउने आशा गरिएको थियो तर उनीहरु विफल भएका थिए ।उनले भनेका थिए, ‘न्यूजिल्याण्डका मतदाता रणनीतिक मतदान गर्छन् र आफ्नो भोट पार्टीबीच बाँड्छन् । करिब ३० प्रतिशत मतदाता साना पार्टीलाई भोट दिन्छन् । यस्तोमा लेबर पार्टीले ५० प्रतिशत भोट हासिल गर्न मुश्किल हुनेछ ।’आर्डर्नले आफ्नो चुनाव अभियानमा पर्यावरण सम्बन्धि नीति ल्याउने, पिछडिएका स्कूलका लागि थप आर्थिक सहयोग प्रदान गर्ने र धेरै आय भएका मानिसहरुमाथि अतिरिक्त कर लगाउने बचन दिएकी थिइन् ।

READ MORE NEWS

थाइल्यान्डमा चर्कियो प्रदर्शन

बैंकक — प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डमा गरिएको प्रदर्शन चर्किंदै गएको छ ।  लगातार चौथो दिन शनिबार पनि राजधानी बैंककमा सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबारका प्रदर्शन शान्तिपूर्ण रहेका जनाइएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा शनिबार गरिएको प्रदर्शन ।

यसअघिका प्रदर्शनका क्रममा प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यासको प्रयोग गरेपछि झडपहरू भएका थिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको थियो । तर त्यसको बेवास्ता गर्दै लोकतन्त्र पक्षधरहरू सडकमा उत्रेका हुन् ।शनिबारको प्रदर्शनका क्रममा लोकतन्त्र पक्षधरहरूलाई एकै स्थानमा भेला हुन रोक्ने उद्देश्यले कतिपय सडक तथा रेल सञ्जाल बन्द गरिएको थियो । तर उनीहरू योजनाबद्ध रूपमा विभिन्न रेल स्टेसनमा भेला भएर विरोध जनाएका थिए ।विरोधका सहभागीले आफूहरूले बाहिरी दुनियाँलाई बैंककको अवस्थाबारे जानकारी दिन चाहेको बताएका समाचार संस्था एपीले उल्लेख गरको छ । ‘हामीले तत्काल खासै केही गर्न सक्दैनौं । हामीले गर्न सक्ने भनेको विश्वलाई यहाँको अवस्था देखाउने मात्र हो,’ प्रदर्शनमा सहभागी २६ वर्षीया भनेरोनिकाले भनिन् ।यसअघि थाई नरेश महा भाजिरालंकर्ण जर्मनीबाट फर्किने क्रममा आन्दोलनरत समूहले राजाविरुद्ध नाराबाजीसमेत गरेका थिए । विद्यार्थी समूहहरूले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजीनामाको माग गर्दै प्रदर्शन चर्काएका हुन् ।पूर्वसेना प्रमुख चान–ओचा गत वर्ष भएको विवादास्पद चुनावमार्फत प्रधानमन्त्री बनेका हुन् । त्यसअघि सन् २०१४ मा उनले एक रक्तपातविहीन ‘कू’ मार्फत शासनसत्ता सम्हालेका थिए ।थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजाविरुद्ध नाराबाजी गरेपछि शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ । लोकतन्त्रका लागि भन्दै युवाहरूले गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीको दाबी छ ।प्रदर्शनकारीले नागरिक अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पछिल्लो समय राजा भाजिरालंकर्णको भूमिकाका कारण अधिकांश थाई जनताहरू रुष्ट देखिन्छन् । बैंककस्थित सैन्य इकाईको निर्देशन आफ्नो हातमा लिनुका साथै अन्य शक्ति केन्द्रित गरेपछि भाजिरालंकर्णप्रति सर्वसाधारणहरू असन्तुष्ट बनेका हुन् ।सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्णको अधिकांश समय जर्मनीमा बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलिएपछि त उनी झन् अधिकांश समय विदेशमै बसेको जनाइएको छ ।

नारामा सीमित महिला सहभागिता


Your Views
Related News