काठमाडौं, कार्तिक २ । सर्वोच्च अदालतमा शुक्रबार बहस गरिरहेका अधिवक्ता दीपनारायण साहलाई रोक्ने क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको मुखबाट फुत्कियो, ‘भयो, भयो कोरोना नसार्नुस्।’ बहसका क्रममा अधिवक्ता साह कुनै कागज पेस गर्न खोज्दै थिए भने न्यायाधीश सिन्हा त्यो कागज लिनबाट तर्कंदै गरेको देखिन्थ्यो। दसैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन धेरै थान मुद्दा पेसी चढेकाले न्यायाधीश र कानुन व्यवसायीलाई सुनुवाइ सकाउन हम्मेहम्मे परिरहेको थियो।कोरोना भाइरस ९कोभिड–१९० को डर भए पनि पक्षलाई न्याय खोज्दै अदालत धाउनुपर्ने, कानुन व्यवसायीलाई बहसमा उपस्थित हुनुपर्ने र न्यायाधीशलाई फैसला सुनाउनुपर्ने बाध्यता छ।जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।सर्वोच्च अदालतका केही न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीमा कोरोना संक्रमण भइसकेको छ। पचास वर्ष उमेर नकाटेका चार कानुन व्यवसायी दीपक बिष्ट, श्रीराज कोइराला, रामबहादुर निरौला र हरेकृष्ण कायस्थको कोरोना संक्रमणबाट ज्यान गएको छ। क्यान्सर, मुटुलगायत पुराना कडा रोग भएका व्यक्तिमा कोरोना संक्रमण हुँ्दा असहज अवस्था आउँछ भन्ने उदाहरण पनि उनीहरु बनिसकेका छन्।

‘संक्रमण न्यायाधाीश, कर्मचारी, कानुन व्यवसायीमा कसरी स¥यो होला भनेर वैज्ञानिक कारण त खोजिएको छैन तर विश्लेण गर्ने हो भने विभिन्न कारण हुन सक्छन्,’ नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको आशंका छ। ‘मिसिलबाट भाइरस सर्न सक्ने एउटा अवस्था होला। त्योभन्दा बढी कारण अरु हुन सक्छन्। ती कारण सम्पर्ककै कारण हुन्।’ खानपान र भीडभाडले पनि अदालतका सबै तहमा कोरोना संक्रमणले फँडा फिजाइसकेको छ।जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।मिसिल, कागजात, दसी वा प्रमाणबाटै कोरोना सर्ने त होइन भन्ने डर न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीलाई नभएको होइन तर त्यसको विकल्प तत्कालै अघि सारिएको पनि छैन। ‘मिसिलबाटै कोरोना सरेको हो भन्ने हो भने पनि लकडाउन अवधिभर नै सक्रिय न्यायाधीश, कर्मचारी र फ्रन्टलाइनमा काम गर्ने कानुन व्यवसायीमा संक्रमण देखिएको छैन,’ श्रेष्ठ थप्छन् ‘सायद सहयोगी, पिएसओ वा सम्पर्कको अन्य कारणबाट भाइरस सरेको हुनसक्छ।’सर्वोच्च अदालतका केही न्यायाधीश, अधिकृत कर्मचारी र कानुन व्यवसायीमा भाइरस संक्रमण बढ्दा न्यायक्षेत्र गम्भीर ढंगले प्रभावित भइसकेको छ। दसैंअघिका दुई साता सर्वोच्च अदालतले थुनुवा, रिट, मुद्दा र निवेदनको अन्तिम सुनुवाइ स्थगित गरिसकेको छ भने अब कहिले सहज सुनुवाइ होला सजिलै अनुमान गर्न सकिने अवस्था छैन। संवैधानिक इजलास स्थगित हुँुदा राजनीतिक मुद्दामा पनि असर परेको छ।अन्तरिम आदेश माग भएका निवेदनमा समेत एकल इजलासले झिकाएका मुद्दाको सुनुवाइ र थुनुवाका मुद्दाको सुनुवाइ रोकिँदा न्याय नै प्रभावित भएको छ।

READ MORE NEWS

महिलाका लागि एनसेलको गो सिम


काठमाडौं, (नेस)

एनसेल आजियाटाले महिलाका लागि ‘अघि बढांै’ भन्ने थिममा ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेलापछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरमा निःशुल्क कल सेवालगायत थुप्रै सुविधा भएको यो सिम महिलाकालागि मात्र ल्याइएको हो ।यो सिम ग्राहकले कार्तिक १ गतेदेखि एनसेल सेन्टर वा एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट ९९ रुपियाँमा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० मेन ब्यालेन्स, सात दिनको समय सीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्दछन् ।गो सिममार्फत दामीम्युजीकतथा हङ्गामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्तगर्दछन् ।  प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँुच सुनिश्चित गर्दै यसको लाभप्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिमअन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्तबोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउनतथाएसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।साथै यो सिमलिने ग्राहककालागिअपलकालिन सञ्चार सेवाकालागिविषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपियाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित १० रुपियाँमेन ब्यालेन्सबाट काटिने छ ।

सक्रिय राजनीतिज्ञको विरोधाभास

प्रत्येक चुनावी नारा फगत नारा मात्रै हुने गर्छन्, कुनै अँध्यारो घरमा दियो बल्यो कि बलेन, त्यो बेग्लै कुरा हो

रामविलास पासवान बिहारको त्यस्तो पृष्ठभूमिबाट आएका नेता हुन्, जहाँ सामन्तवाद आफ्नो क्रूर रूपमा विद्यमान छ । सम्भवतः स्वतन्त्रतापछि जात व्यवस्थाको माखेसाङ्लोमा मानिस सबैभन्दा धेरै अल्झिएका छन् । मुक्तिका प्रयास नभएका होइनन्, तर ती सफल भएनन् । यसको सबैभन्दा ठूलो कारण अधिकांश नेतामा गान्धीको अतिरिक्त छाप पर्नु हो, जसमा दलित नेता पनि थिए । हरिजन शब्दको प्रयोग खुलेर हुने गथ्र्यो । त्यसको एउटा महत्वपूर्ण कारक बाबु जगजीवन राम पनि थिए । जगजीवनको अम्बेडकरसँग प्रतिस्पर्धा थियो भने गान्धीसँग निकटता थियो । प्रारम्भिक दिनहरूमा पासवान पनि हरिजन शब्दको प्रयोग गर्ने गर्थे, तर पछि अम्बेडकरवादी साथीहरूसँग नजिक भएपछि उनले दलित शब्दको प्रयोग गर्न थाले । एवं रीतले उनी अम्बेडकरको नजिक र गान्धीदेखि पर हुँदै गए । यो नै उनको राजनीतिक परिपक्वता थियो । ढिला भए पनि उनी अम्बेकरबाट प्रभावित भए । दलित राजनीतिमा यो उनका लागि एकातर्फ प्रेरक कुरा थियो भने अर्कोतर्फ यसले उनलाई दलित नेताका रूपमा उभ्याउन ठूलो भूमिका खेलेको थियो । दलित राजनीतिमा बिपी मौर्य, काशीरामदेखि जगजीवन रामसम्म अस्ताउन लागेका नेता थिए भने पासवान उदाउँदै गरेका थिए । त्यसका साथै दलित समुदायका मानिस परिवर्तन चाहन्थे । उनी पुरानोसँग आजित भइसकेका थिए र अम्बेडकरवादी नयाँ नेतृत्वलाई आन्दोलन सुम्पन चाहन्थे । पासवानको जन्म सन् १९४६ मा बिहारको दलित परिवारमा भएको थियो ।

उनले स्नातकोत्तरसँगै एलएलबी पनि गरेका थिए । उच्च शिक्षासँगै दागविहीन छविका साथ उनले आफ्नो जीवनलाई राजनीतिमा होम्ने निर्णय लिए । पासवानको राजनीतिक उतारचढावको कुरा गर्ने हो भने उनले संयुक्त सोसलिस्ट पार्टीबाट राजनीतिमा पहिलो पाइला चाले । सन् १९६९ मा बिहार विधानसभामा यसै पार्टीको झन्डाअन्तर्गत निर्वाचित भएर आए । त्यसपछि उनले पछाडि फर्किएर हेर्नुपरेन । त्यसको धेरै पछि मात्र त्यो ठाउँबाट जित्ने व्यक्तिमा जनता दल युनाइटेडका रामसुन्दर दास थिए । उनी पूर्वमुख्यमन्त्री थिए । रामसुन्दर दास पनि दलित थिए । पासवानको राजनीतिको सुरुवाती दिनको कुरा गर्ने हो भने त्यो समय उनका लागि मात्र होइन कि उत्तर भारतको दलित आन्दोलनका लागि पनि सुनौलो युग थियो । तिनताका ब्राह्मणवादको जग हल्लिन लागेको थियो । डा. अम्बेडकरलाई मानिसले पढ्न र बुझ्न थालेका थिए । राजनीतिमा अम्बेडकर र लोहियाका सपना पूरा गरिनुपर्छ भन्ने अभियान पनि सुरु भइसकेको थियो । तिनताका ब्राह्मणवादको जग हल्लिन लागेको थियो । डा. अम्बेडकरलाई मानिसले पढ्न र बुझ्न थालेका थिए । राजनीतिमा अम्बेडकर र लोहियाका सपना पूरा गरिनुपर्छ भन्ने अभियान पनि सुरु भइसकेको थियो ।प्रारम्भिक दिनमा रामविलाससँग प्रायजसो मेरो भेट सुरेन्द्र मोहनको निवास बिपी हाउसमा अथवा उनको घरमा हुने गथ्र्यो । त्यतिवेला उनको बसोवास साउथ एभेन्युमा थियो । सन् १९७७ मा पासवान जनता पार्टीका तर्फबाट हाजिपुर निर्वाचन क्षेत्रबाट पहिलोपटक निर्वाचित भएर आएका थिए । यो निर्वाचनमा उनले निकै धेरै मत ल्याएका थिए, जुन वल्र्ड रेकर्डमा दर्ज हुन पुग्यो । राजनीतिमा उनको यो शक्तिशाली प्रवेश थियो । त्यस्तो प्रवेश, जसबाट राजनीतिक पण्डित पनि एकचोटि आताल्लिए । अर्कोतर्फ दलित समुदायले आफूहरूको मुक्तिदाता फेला पारेको ठाने । उनले ‘न्याय चक्र’ नामको मासिक पत्रिका पनि सुरु गरे, जसको सम्पादक गुरवचन थिए । पछि दुई वर्षजति मैले पनि त्यसमा सम्पादकको रूपमा भूमिका निर्वाह गरेँ । त्यसैले प्रायजसो जनपथस्थित उनको निवासमा आउने–जाने भइराख्थ्यो । ‘न्याय चक्र’ मूल रूपमा आन्दोलनको पत्रिका थियो।

सन् १९८९ मा पहिलोपटक उनी केन्द्रीय मन्त्री बने । समाज कल्याणका साथसाथै उनी श्रममन्त्री पनि बने । त्यतिवेला बिपी सिंह प्रधानमन्त्री थिए। डा. अम्बेडकर जन्मशताब्दी समारोह समितिको गठन हुँदै थियो र दलित नेताहरूमा रामविलास पासवान शीर्षमा थिए । उनलाई मैले एउटा कार्यकर्ताका रूपमा, नेताका रूपमा र मन्त्रीका रूपमा पनि नियालेको छु । त्यतिवेला उनी तीनवटा भूमिका निर्वाह गरिरहेका थिए । तर, मन्त्री पद उनीमाथि हावी हुँदै गइरहेको थियो । पुराना साथीभाइ छुट्दै गइरहेका थिए र नयाँ जोडिँदै थिए । यस्तो झन्डै सबैसँग हुन्छ । पासवान त्यसमा अपवाद थिएनन् । निकै धेरै मान्छे उनलाई भेट्न आउने गर्थे, जसमा साधारणदेखि खास दुवै हुन्थे ।मलाई सम्झना छ, त्यति नै वेला लोकसभाको निर्वाचन जितेर फुलनदेवी पासवानलाई भेट्न आएकी थिइन् । पासवानको एउटा निकै सटिक चुनावी नारा थियो– ‘जुन घरमा अँध्यारो छ, म त्यसै घरमा दियो जलाउन निस्केको हुँ ।’ त्यसो त प्रत्येक चुनावी नारा फगत नारा मात्रै हुने गर्छन् । कुनै अँध्यारो घरमा दियो बल्यो कि बलेन, कुनै बेरोजगारले रोजगारी पायो कि पाएन, यो बेग्लै कुरा हो । तर, स्पष्ट कुरा के हो भने कुनै व्यक्ति लगातार सत्ताको भर्‍याङ चढिरह्यो भने ऊ जनताबाट टाढिँदै जान थाल्छ । पासवान पनि जगजीवनको विरुद्ध उभिएर उनैको विरासत धान्न अघि बढ्दै थिए ।पासवानले दल फेरेर भाजपाजस्तो साम्प्रदायिक पार्टीमा प्रवेश गर्नुलाई मसमेत उनका पुराना साथीभाइले सही ठहर्‍याउन सकेनौँ, तर यसैलाई त राजनीति भनिन्छ । यदि राजनीति यही हो भने तिनीहरूको के होला, जसले निर्वाचनमा आफ्नो मुक्ति हुने आशासहित भोट दिएका छन् ? सवाल कुनै एउटा पासवानको होइन । सवाल हो, तथाकथित प्रतिनिधिको । रामविलास पासवान आफ्नो जीवनको आरम्भमा जुझारु दलित नेता थिए । उनले दलितको सुरक्षाका लागि दलित सुरक्षा सेना पनि बनाए । उनको सेनाले कति दलितलाई सुरक्षा दिन सक्यो ? एक लाइनमा भन्दा उनको आरम्भिक राजनीतिक जीवनको उद्देश्य र उत्तराद्र्धको उद्देश्य एउटै थिएन ।


Your Views
Related News