दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । केक खाएपछि झाडपखाला र  बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

READ MORE NEWS

घाँटी रेटिएको अवस्थामा मोहना नदीमा फेला पर्‍यो असईको शव, जवानको खोजी जारी

धनगढी । कैलालीमा धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्।अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका(११ को मोहना खोलामा भेटिएको हो।प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीका अनुसार प्रहरी चौकी जुगेडामा कार्यरत २ प्रहरी आक्रमणको निशनामा परेका हुन् ।प्रहरी चौकी जुगेडाबाट शनिबार राति प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र हवल्दार रामबहादुर साउँद सीमा क्षेत्रमा गस्तीका लागि गएका थिए ।जसमध्ये विकको शव फेला परेको हो भने एकजना अझै बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीका अनुसार धनगढीको जुगेडा नाका हुँदै रातिको समयमा तस्करी हुने गरेको थियो ।

चाडवाड लक्षित तस्करी हुने गरेकाले पछिल्लो समय सीमा क्षेत्रमा गस्ती गर्ने गरिएको थियो । शनिबार राति पनि असई विक र हवल्दार साउँदा मोटरसाइकल गस्तीमा सीमा क्षेत्रमा गएका थिए ।गस्तीमा गएको धेरै समयसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । खोजीका क्रममा आइतबार बिहान मोहना नदीमा असई विकको शव फेला परेको हो ।‘असईसाबको शव भएको पहिचान भएको छ। उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोट लागेको छ,’ कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले भने।बेपत्ता जवानको खोजी भइरहेको छ। खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ।

६७ वर्षमा पहिलोपटक अमेरिकामा महिलालाई मृत्युदण्ड दिइँदै

अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ।सन् २००४ मा गरेको अपराधमा दोषी पाएकी लिजा मोन्टगोमेरीलाई आगामी डिसेम्बर ८ मा घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सीएनएनले जनाएको छ।लिजाले मिजोरीकी ८ महिनाकी गर्भवती महिलालाई हत्या गर्दै उनको बच्चालाई अपहरण गरेकी थिइन्।यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो।लिजा ६७ वर्षमा अमेरिकामा मृत्युदण्ड पाउने पहिलो महिला हुन्।

चार वर्षपछि इलाका प्रशासनमा प्रमुख

मुगु — जिल्लाको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयले चार वर्षपछि प्रमुख पाएको छ । २०७३ पुसबाट खाली रहेको प्रमुख पदमा २०७७ कात्तिक २ गतेबाट खडगबहादुर बस्नेत कामु अधिकृतको रुपमा सोरुकोट इलाका प्रशासन कार्यालयमा हाजिर भइ कामकाज सुरु गरेका छन् ।चार वर्षसम्म प्रमुखविहीन रहेको इलाका प्रशासनमा प्रमुख बस्नेत आएपछि स्थानीय हर्षित हुँदै फूलमाला र अबिरले स्वागत गरेका छन् । ‘चार वर्षपछि इलाका प्रशासनमा प्रमुख आएपछि हामी धेरै खुशी भयौं,’ सोरु गाउँपालिकाका समाजसेवी नरबीर शाहीले भने, ‘अब नागरिकता बनाउन जिल्ला जानुपर्ने दु:ख हट्यो । गाउँमै नागरिकता पाइने भयो ।’ योसँगै सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ सम्मका स्थानीय नागरिकता लिन जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । अब सोरुकोट इलाका प्रशासनबाटै नागरिकता पाइने भएको छ ।२०७३ असार ३ गते स्थापना भएको इलाका प्रशासनमा अधिकृत दिलबहादुर पौडेल ६ महिनासम्म इलाकामा बसेर १ सय ५९ नागरिकता २८ प्रतिलिपि नागरिकता र २ नाबालक परिचय पत्र वितरण गरेका थिए । पौडेल सरुवा भएर गएपछि इलाका प्रशासन चार वर्षसम्म प्रमुखविहीन भइ कार्यालय सहयोगीको भरमा चल्दै आएको थियो । तत्कालको इलाका प्रशासनमा सिआइएमएस सफ्टवेयर नहुँदा नागरिकता वितरण गर्न नसकिने र सफ्टवेयर जडान गरेपछि मात्र नागरिकता वितरणको काम सुरु गरिने इलाका प्रशासन प्रमुख बस्नेतको भनाइ छ ।विगतका वर्षमा हस्तलिपीमार्फत् नागरिकता वितरण गरिँदै आएको भएपनि नयाँ सफ्टवेयरले गर्दा हस्तलिपी हटेको उनले बताए । नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखा गृह मन्त्रालयबाट उक्त सफ्टवेयर कात्तिक महिनाभित्र जडान हुने बस्नेतको भनाइ छ ।

बलात्कारविरुद्ध सिराहमा प्रदर्शन


Your Views
Related News