कपिलवस्तु । विद्यालयको पहुच बढाउन कपिलवस्तुमा लुम्बिनी एकीकृत बिकास सस्थाले तौलिहवामा २६ किशोर किशोरीलाई साईकल बाडेको छ । कतार च्यारिटी नेपालको सहयोमगा जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत उनीहरुलाई साईलक उपलब्ध गराइएको हो ।विद्यालय टाढा भएका बिद्यार्थीहरुलाई आउजाउ गर्न सहजताकालागि साईलक दिइएको हो । सो अवसरमा सांसद अतहर कमालले विद्यालय टाढा हुदा विद्यालय जान अप्ठेरो परेको बिद्यर्थीलाई संस्थाले साईलक उपलब्ध गराएर राम्रो काम गरेको बताए । ‘विद्यालय टाढा हुदा खासगरी किशोरीहरुलाई विद्यालय जान गाह्रो हुन्छ, यस्तोमा साईकलले अब विद्यालयको पहुच बढाउछ ’ उनले भने । कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बिपन्न छात्रछात्रालार्ईं साईलक दिएर लिडो संस्थाले धेरै राम्रो काम गरेको बताए । साईकल पाए पछि किशोर किशोरीहरु निकै खुशी भएका थिए ।

READ MORE NEWS

पूर्वपश्चिम रेलको तयारी भइरहेको छ – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले विकासको बाटोमा अग्रसर भइरहेको बताएका छन् । कोभिड १९ को महामारीका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेका उनले बताए ।झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको आइतवार भर्चुअल कार्यक्रममार्फत शिलन्यास गर्दै ओलीले भ्यु टावरदेखि सभागृह निर्माणको काम भइरहेको तथा रेल र पानीजहाजको काम भइरहेको बताएका हुन् ।‘नयाँ रेल ल्याइसकेका छौं, छिट्टै सञ्चालनमा ल्याउछौ । पूर्वपश्चिम रेलको तयारी गर्दैछौ । रेलमार्गको काम विभिन्न ठाउँबाट प्रारम्भ भएको छ । अब पूर्वबाट तयारी अगाडि बढाउँदैछौ,’ ओलीले भने ।प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको बताए । उनले कोभिडविरुद्धको खोप परीक्षणको चरणमा रहेको समयमा नेपालमा आयुर्वेद डाक्टरहरुले गरिरहेको उपचार प्रयासको खुलेर प्रसंशा गरे ।

किन हटायो एप्पलले आइफोनबाट एयरफोन?

अघिल्लो हप्ता एप्पलले आइफोन १२ को नयाँ सिरिज सार्वजनिक गरेको थियो। जसमा आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरेर चार वटा मोडल समावेश थियो। आइफोन १२ का यी नयाँ मोडलहरु एप्पलको अहिले सम्मकै ठूलो उपलब्धि मानिएको छ। लो लाइट फोटोग्राफी, सेल्फी क्यामरामा नाइट मोड फिचर र छिटो प्रोसेसर जस्ता नयाँ फिचर आइफोन १२ मा छ। यसमा अन्य थुप्रै फिचर पनि रहेको छ। एप्पलले हरेक वर्ष आइफोनमा नयाँ परिवर्तन ल्याएर प्रयोगकर्तालाई उत्साहित बनाइरहेको हुन्छ। यो वर्ष भने कम्पनीले आइफोन १२ मोडलबाट एयरफोन हटाएपछि प्रयोगकर्तालाई किन हटायो भन्ने लागिरहेको छ।टेक हिन्दुस्तानको अनुसार एप्पलले वातावरणलाई ध्यानमा राखेर एयरफोन हटाएको हो। २०३० सम्म एप्पलले सय प्रतिशत ‘कार्बन नियूटर्ल’ कम्पनी बन्ने लक्ष्य राखेको छ।आइफोन १२ का बक्सबाट चार्जर र एयरफोन हटाएपछि प्याकेजिङको ७० प्रतिशत काम घट्छ र एकै समयमा थुप्रै उपकरणहरु प्लेनबाट ढुवानी गर्न सकिन्छ। यसरी सामान ढुवानीका लागि धेरै पटक प्लेन प्रयोग गर्नु पर्दैन र प्लेनबाट निस्किने हानिकारक कार्बन कम हुँदै जाने रिर्पोटले बताएको छ।‘गुड मर्निङ अमेरिका’ सँग भएको एक अन्तर्वातामा एप्पलका आइफोन मार्केटिङ भिपी केयन डे«न्सको भनाइ अनुसार आइफोन प्रयोगकर्ता सँग पहिले नै चार्जर र एयरफोन हुन्छ। त्यसैले पुराना सामान नै पुन प्रयोग गर्न सकिने भएकाले कम्पनीले हटाएको हो। ‘पुराना आइफोनका चार्जर र एयरफोन प्रयोग पनि भएको हुँदैन,’ केयन डे«न्सले भने, ‘त्यसैले नयाँ आइफोनमा फेरि अर्को चार्जर र एयरफोन राख्नु वातावरणको हिसाबले बेठिक थियो।’एप्पलले आइफोन १२ को बक्समा यूएसबी–सी केबल र लाइटनिङ केबल भने समावेश गरेको छ। योसँगै प्रयोगकर्ताले छुट्टै वायरलेस चार्जिङ म्याट किन्न सक्छन्।

रियलमा बेलको फरक मत

एजेन्सी – गत सिजन को कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण ला लिगाकासहित युरोपका सबै लिगहरु स्थगित भएका थिए । त्यो समयमा अधिकांश क्लबले खेलाडीको पारिश्रमिकमा कटौती गरेका थिए ।

त्यसका लागि खेलाडी पनि सहमत भएका थिए । तर, रियल म्याड्रिडका सबै खेलाडी पारिश्रमिक कटौतीका लागि तयार हुँदा स्टार ग्यारेथ बेल भने तयार नभएको खुलेको छ । अन्य सबै खेलाडी पारिश्रमिकको १० प्रतिशत रकम कटौतीका लागि सहमत भएका थिए।क्लबका प्रबन्ध निर्देशक जोसे एन्जेल सान्चेजका अनुसार टोलीका कप्तान सर्जियो रामोसमार्फत खेलाडीलाई पारिश्रमिक कटौतीका विषयमा मध्यस्थकर्ताका रुपमा प्रयोग गरिएको थियो । तर, बेल भने त्यो प्रस्तावमा राजी नभएको बताइएको छ ।प्रतिनिधिमार्फत आएको प्रस्तावलाई वेल्सका अन्तर्राष्ट्रिय बेलले आफु कत्ति पनि पारिश्रमिक कटौतीको लागि तयार नभएको बताएको सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक रियलले ला लिगा जित्दाको बोनस रकम कटौतीका लागि पनि टोलीका खेलाडी सहमत भएको बताइएको छ ।फुटबल पुनः सुरु नभएको अवस्था सम्म पारिश्रमिकमा २० प्रतिशत कटौतीका लागि पनि खेलाडीले स्वीकृति जनाएको बताइएको छ । नयाँ सिजनका लागि बेल रियलबाट लोनमा प्रिमियर लिग टोली टोटेनहम फर्केका छन् । उनी ७ वर्षअघि टोटेनहमबाटै रियल पुगेका थिए ।

नभनिएका र नसुनिएका कथा ‘प्लेब्याक थिएटर’ मा

नभनिएका र नसुनिएका कथा ‘प्लेब्याक थिएटर’ मा

काठमाडौं । जुम एपमा गत साता मण्डला थिएटरका रंगकर्मीहरूको प्रस्तुतिमा केही फरकपन देखियो । अरु बेला आफूले पूर्वतयारी गरेको कथा र पात्रमा प्रस्तुत हुने रंगकर्मीहरू पछिल्लोपटक भने दर्शकको रोजाइ र भोगाइलाई प्रस्तुतिमा उतारिरहेका थिए ।उनीहरू कुनै लिखित नाटकको कथामा नभई सहभागी दर्शकहरूले जेजे सुनाए त्यसैलाई सोही समयमा तयार पारेर छोटो-छोटो नाटकका रुपमा प्रस्तुत गरिरहेका थिए । उनीहरू थिएटरकै विधामध्ये एक ‘प्लेब्याक थिएटर’ (चौतारी नाटक) गरिरहेका थिए । यो अमेरिकामा विकास गरिएको र त्यसपछि संसारभर अभ्यास गरिँदै आएको लोकप्रिय नाटक विधा हो ।प्लेब्याक थिएटरबारे प्रस्ट्याउँदै रंगकर्मी राजन खतिवडा भन्छन्, “यो विधामा बनिबनाउ कथा नभई दर्शकहरूको भोगाइ सुनेर त्यसैलाई अभिनयमार्फत देखाइन्छ । यो समाजबाट समाजकै लागि गरिने नाटकको विधा हो। विभिन्‍न समुदायमा गएर स्थानीयहरूलाई नै सिकाएर प्रस्तुति दिन लगाइन्छ । विभिन्‍न समुदायका मानिसहरूको बाहिर आउन नसकेको, कसैले नसुनेको मनमै दबिएका कथा, व्यथाहरू सुन्ने र सुनाउने ठाउँ हो ।”अन्य मुलुकका लागि यो विधा पुरानै भए पनि नेपाली समाजमा भने यसको प्रवेश भएको पाँच वर्ष मात्रै भएको छ । सन् २०१५ मा यसका संस्थापक जोनाथन फक्स र जो सालस नेपालमा आएर पहिलोपटक यसको कार्यशाला सञ्चालन गरेका थिए । प्रोपब्लिक नामक संस्थाको सहकार्यमा नेपालमा यसको प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए । उक्त कार्यशालमा नेपालका फरकफरक समुदाय र थिएटरका रंगकर्मीलाई सामेल गरिएको थियो, जसमा राजन खतिवडा, आकांक्षा कार्की, सरस्वती चौधरी, सिर्जना अधिकारी, रेणु कार्की, सुरेश चन्दलगायत रंगकर्मीहरू थिए ।हुन त रंगकर्मी तथा कौसी थिएटरकी संस्थापक आकाक्षाले भारतमै थिएटरको पढाइका क्रममै यस विधाबारे जानकारी पाइसकेकी थिइन् ।कार्यशालापछि सहभागी भएका कलाकारहरूले दाङ, बाँके, बर्दिया, उदयपुर, महोत्तरी, धनुषालगायत जिल्लामा गएर प्रस्तुति दिनुका साथै स्थानीयलाई पनि प्रशिक्षण दिए । त्यसपछि नेपालको पनि ‘प्लेब्याक थिएटरले निरन्तरता पायो ।

नाटकघरमा यसको सुरुवात
२०१५ मा पहिलो प्रशिक्षणपछि नै विभिन्‍न समुदायमा गएर त्यहाँको कथा, व्यथामा प्रस्तुति दिइरहँदा व्यावसायिक कलाकारहरूले बेलाबखत काठमाडौंमा पनि यसको प्रस्तुति दिन सुरु गरिसकेका थिए ।नेपालका नाटकघरहरूमध्ये मण्डला र कौसी नाटकघरले यसको प्रयोग गरिरहेको राजन बताउँछन् । उनका अनुसार मण्डला नाटकघरले यसको प्रयोग गर्न थालेको मात्रै तीन वर्ष भएको छ ।यसअघि देशका विभिन्‍न ठाँउमा गएर प्रस्तुति दिने गरिन्थ्यो । भने सन् २०१५ देखि भने मण्डलाका रंगकर्मीहरूले मण्डला नाटकघरमै केही शो गरिसकेका छन् । यो लकडाउनको सदुपयोग गरेर दोस्रोपटक भर्चुअल तर पहिलोपटक दर्शकका लागि मण्डला नाटकघरमा रंगकर्मीहरूले प्लेब्याक प्रस्तुति गरेका छन् ।यसको मुख्य उद्देश्य भनेकै अभिनयको सौन्दर्य प्रस्तुत गर्नेभन्दा पनि बेग्लाबेग्लै मानिसहरूको पीडालाई समान अनुभूति राखेर त्यसलाई प्रस्तुत गरेर समाजमा सद्‌भाव पैदा गर्ने रहेको खतिवडाले बताए ।लामो समयदेखि सबैजना घरभित्रै गुम्सिएर बसिरहेकाहरूलाई र यस्तो समयमा पनि अरुको कथा र पीडा लेख्‍न दौडिरहेका फ्रन्टलाइनमा काम गरिरहेका पत्रकारहरू, साथै गुम्सिहेका विद्यार्थीवर्ग, एलजिबिटिआई समुदाय, अलग क्षमता भएकाहरूको (अपाङ्‍गता) समुदाय, सीआईएससँग आबद्ध भएर देश-विदेशमा बसेर समुदायका लागि काम गरिरहेका सदस्यहरू, लेखकलगायत वर्गलाई लक्षित गरेर आयोजना भएको थियो । जसमा १२ वटा शो गरिएको थियो । यस भर्चअल प्रस्तुतिमा रंगकर्मीका लागि थोरै भए पनि आर्थिक सहयोगको हात सीआईएस (सिभिल पिस सर्भिस) ले बढाएको थियो ।

आवश्यकता
यसलाई थेरापी वा भनौं चिकित्सा (हिलिङ) को एउटा पाटोका रुपमा लिन सकिने पनि रंगकर्मीहरू विश्वास गर्छन् । “अस्तिको भर्चुअल शोमा हामीले एलजिबिटिआई समुदायलाई पनि समावेश गरेका थियौं । उहाँहरू अचम्ममा पर्नुभयो कि उहाँहरूको कुरा सुन्न कसरी मान्छेहरू तयार भए भनेर,” उनी अगाडि भन्छन्, “हाम्रो जीवनका कुरा पनि आर्टिस्टिक म्यासेज बन्छ भनेर उहाँहरू खुसी पनि हुनु भएको थियो,” रंगकर्मी विजया कार्की बताउँछिन् ।यसलाई एउटा निजी ठाउँ (प्राइभेट स्पेस) का रुपमा पनि लिन सकिने कार्की मान्छन् । “यो भनेको सुन्ने र सुनाउने मान्छेबीच मात्रै हुने प्रस्तुति हो । ‘प्लेब्याक थिएटर’मान्छेका नितान्त व्यक्तिगत पीडा र भोगाइहरू पोख्ने गरिन्छ । टेलरले (दर्शक) हामीलाई विश्वास गरेर कसैलाई नसुनाएका कुराहरू हामीलाई सुनाउनुहुन्छ । त्यसैले हामीले यहाँ गोपनीयतालाई एकदमै आत्मसात् गरेका हुन्छौं,” उनले थप प्रस्ट पारिन् ।उनका अनुसार प्लेब्याक थिएटरको नैतिकताभित्र गोपनीयता पर्छ । यसै कारण यो ठूलो संख्याबीच भन्दा पनि सानो मान्छेको संख्याबीच गरिन्छ ।धर्म, जात, राजनीतिलगायत पक्षले टुक्रयाएको र सामाजिक द्वन्द्व भएको हाम्रोजस्तो नेपाली समाजमा यसको महत्त्व एकदमै ठूलो रहेको खतिवडा विश्वास गर्छन् । उनका अनुसार यो कमर्सियल रुपमा नियमित नाटक हुने विधा होइन । यो त सत्य पत्ता लगाउन गरिने अनुसन्धानमा आधारित, वा समाजमा भएको द्वन्द्वपछि वा आपत्‌विपत्‌का बेला मानिसको मनलाई केही आनन्द दिन र उनीहरूको मनको भारी पोख्‍ने भाँडोका रुपमा यसको काम आउनेगर्छ ।

निरन्तरता र चुनौती
यो विधालाई नाटकको अर्को विधाजस्तै नियमित मञ्‍चन वा भनौं प्रस्तुतिमा उतार्न सके एकदमै राम्रो हुने रंगकर्मीहरूको बुझाइ छ । यसले मानिसको मनमा खेलिरहेका र लुकिएका कुराहरूलाई प्रस्तुत गर्न मद्दत गर्ने भएकाले यसले केही हदसम्म मानसिक स्वास्थ्यलाई पनि सन्तुलन राख्ने विश्वास गरिएको छ ।तर निरन्तरता दिने कुरालाई चुनौतीले रोक्ने गर्छ । नेपालमा ‘प्लेब्याक थिएटर’लाई निरन्तरता दिन अहिलेका लागि भने सरकारी तथा गैरसरकारी संस्थाहरूले यसलाई थोरै मात्रामा भए पनि आर्थिक सहयोग जुटाइदिन जरुरी भएको खतिवडा बताउँछन् । किनभने चिरपरिचित लेखकका नाटक र कथामा आधारित नाटक मञ्‍चन गर्ने भए दर्शकसँग टिकटबाट पैसा उठाउन सकिने तर अहिलको अवस्थामा त्यो पनि यो दर्शकका लागि विल्कुलै फरक विधा भएकाले यसलाई त्यस हिसाबमा लैजान केही समय लाग्ने उनी बताउँछन् ।“हुन सक्ला यसमा दर्शकको विश्वास बढ्दै गयो भने काठमाडौंमा ५/१० वर्षपछि ‘प्लेब्याक थिएटर’ नै भनेर छुट्टै खोलेर सातामा एक/दुई दिन ‘प्लेब्याक थिएटर’ मा गएर प्रस्तुति हेर्न आउँलान् र यो व्यावसायिक रुपमा जान सक्ला,” उनी आशावादी सुनिए ।तर अहिले सञ्चालनमा आइरेका व्यावसायिक नाटकघरुहरू यो अवस्थासम्म आउन लामो समय लागेको भएकाले यसमा पनि समय लाग्ने उनको बुझाइ छ । तर यसका लागि कलाकारहरूमा पनि क्षमता बढाउन जरुरी रहेको उनी बताउँछन् । एकचोटि प्रस्तुति र कार्यशालमा बसेर निखारता नआउने भएकाले लाइभ कथा सुनेर प्रस्तुति दिनुपर्ने भएकाले रंगकर्मीहरू यसको निरन्तर प्रशिक्षणमा रहनु पर्ने आवश्यकता खतिवडाले जोड दिएका छन् ।यसको अर्को चु्नौतीको पाटो भनेको प्लेब्याक पर्फमरहरूको कोणबाट छ । १० दिनको वर्कसपबाट पहिलोपटक भर्चुअल प्लेटफर्ममा प्लेब्याक प्रस्तुति दिएका अंकित खड्काका अनुसार दर्शकका पीडाका कुराहरूले कहिले-काहीं भावनात्मक रुपमा कमजोर बनाइदिनेगर्छ।“हामीले नाटक मञ्‍चन गर्दा त महिनौंसम्म रिडिङ अनि रिहर्सल गर्छौ अनि बल्ल मञ्‍चन गर्छौं । मञ्‍चन पनि एक साता वा सोभन्दा बढी हुने भएकाले हामीलाई त्यो कथाको हरेक कुरा थाहा भइसकेको हुन्छ । तर ‘प्लेब्याक’ मा त्यस्तो हुँदैन । हामीले अन द स्पोट कुरा सुनेर त्यसलाई प्रस्तुतिमा ढाल्नुपर्ने हुन्छ,” रंगकर्मी अंकित भन्छन्,“कहिले-काहीं आङ नै सिरिङ हुने हामीले सोच्दै नसोचेका भोगाइहरू आउँछन् । त्यो बेला इमोसनली एकदमै कमजोर बनाइदिन्छ । आखिर हामी कलाकार पनि त मान्छे नै हौं । हाम्रो पनि फिलिङग्स हुन्छ ।”तर परिस्थितिजस्तो नै गाह्रो आए पनि कलाकार भएपछि मनलाई बाँधेर प्रस्तुति दिनुपर्ने उनको बुझाइ छ ।अर्की रंगकर्मी तथा प्लेब्याक पर्फमर विजयाले करिब तीन वर्षदेखि प्लेब्याक प्रस्तुति पनि दिँदै आइरहेकी छिन् । उनका अनुसार प्लेब्याकमा एक कलाकारका लागि सबैभन्दा ठूलो चुनौती भनेकै एकाग्र भएर टेलर (दर्शक) को कुरालाई सुनेर त्यसको मुख्य भावलाई प्रस्तुतिमा उतार्नु रहेको छ । किनभने एकपटकमा करिब १० वटा जति अलग-अलग कथा सुनिन्छ ती सबै सुनेर हरेक भोगाइलाई न्यायपूर्वक १/२ मिनेटको प्रस्तुतिमा ल्याउन निकै गाह्रो काम भएको उनी बताउँछिन् । “अर्को भनेको कथाको संख्या बढ्दै गएसँगै उत्तिकै संवेदनशील, मर्मस्पर्शी, भोगाइहरू आउँछन् । त्यसलाई ध्यान दिएर सुनेर दर्शकको पीडा के हो ? उसले पोख्न खोजेको कुरा के हो भनेर केलाएर १/२ सेकेन्डमै प्रस्तुति तयार पार्नु भनेको कठोरतापूर्ण चुनौती हो,”उनले बताइन् ।रंगकर्मी तथा प्लेब्याक पर्फमर अनुप न्यौपाने यसमा निर्देशक, कलाकार र दर्शक स्वयं पनि जजमेन्टल नहुने बताउँछन् ।
“हाम्रो नियमित मञ्‍चन हुने नाटक मञ्‍चनका लागि तयार हुँदासम्म लेखक, निर्देशक र रंगकर्मी गरी ३ तहबाट काटँछाँट भएर उनीहरूको विचार पनि घोलिएर आएको हुन्छ भने मञ्‍चनमा जाँदा दर्शकले पनि जज गर्छन् । तर प्लेब्याकमा त्यस्तो हुँदैन । यो अगाडि रहेको दर्शकको आफ्नै कथा हुन्छ । १/२ सेकेन्डमा तयार गरेर १/२ मिनेटमा प्रस्तुति दिनुपर्ने हुँदा त्यहाँ जे सत्य हो त्यही देखाइन्छ,” अनुप बताउँछन् । यद्यपि प्लेब्याक थिएटरको पनि आफ्नै केही फर्महरू हुने र त्यसका आधारमा प्रस्तुति दिइने गरिन्छ ।


Your Views
Related News