पृथ्वीको दुर्लभ जनावरको फोटो खिच्न उच्च दक्षता हुनुपर्छ र उत्तिकै भाग्यमानी पनि।
सेर्गेइ गोर्शकोभ दुवै हुन्- रुसको सुदुर पूर्वमा रहेको जङ्गलभित्र खिचिएको आश्चर्यजनक तस्बिरले त्यही पुष्टि गर्छ।यो तस्बिरले उनलाई यो वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इअर २०२० अर्थात् यो वर्षको जङ्गली जनावरको सबभन्दा राम्रो तस्बिर खिचेका व्यक्ति बनाइदिएको छ।लेपर्ड न्याशनल पार्कमा खिचिएको यो तस्बिरमा बघिनीले एउटा रुखलाई अँगालो हालेकी छ र रुखको बोक्रामा आफ्नो गन्ध बाँकी रहोस् भनेर शरीर दलेकी छ।

द डचेज अफ केम्ब्रिजले पुरस्कृत व्यक्तिको घोषणा गरेकी थिइन्
उनले बीबीसीलाई भनिन्, “बघिनी जङ्गलकै एक अंश जस्तो देखिएकी छ। उसको पुच्छर रुखको जरासँग मिलेको छ। रुख र बघिनी एकाकार भएको जस्तो।”अदभुत चाहिँ के भने यो तस्बिर त क्यामेरा ट्र्याप तस्बिर हो अर्थात् उपकरण जङ्गलमा जडान गरेर छोडिएको थियो र बाघ देखापरेपछि आँफै तस्बिर खिच्ने गरी राखिएको थियो।निश्चित रूपमा सेर्गेइलाई त्यो जनावर कहाँनिर आउला भन्ने थाहा हुनुपर्थ्यो – त्यही नै अनुभवी जङ्गली जनावरको फोटो खिच्ने व्यक्तिसँग हुने खुबी पनि हो।पूर्वी रुसका बाघहरू दुर्लभ हुने सूचिमा पुगुञ्जेल शिकार गरियो। अहिले त्यसका केही सय मात्र सङ्ख्या बाँकी रहेको बताइन्छ।बाघका आहारा खासगरी मृग र जङ्गली बँदेलको सङ्ख्या पनि ठूलो सङ्ख्यामा घटेको छ। त्यसैले यी बाघहरू खानेकुरा खोज्न निकै दूरी चहार्नुपर्ने बाध्यतामा परेका छन्।त्यसैले सेर्गेइको जस्तो यो आकर्षक तस्बिरको के कुरा त्यस्तो जनावरको जुनसुकै तस्बिर खिच्न कति मुस्किल छ भन्ने प्रष्ट छ।सेर्गेइको क्यामेराको कथा पनि आश्चर्यजनक छ। त्यो क्यामेरा ट्र्याप क्यामेराको मेमोरी कार्ड र अद्भुत तस्बिर पाउनु अघि दश महिनासम्म उक्त स्थानमा त्यसै छोडिएको थियो।उच्च कोटीको फोटोग्राफर बन्न तपाईँमा अत्यन्त धेरै धैर्यता चाहिन्छ।सेर्गेइको तस्बिरको पुरस्कारको घोषणा डचेज अफ क्याम्ब्रिज र टीभी प्रस्तोता क्रिश प्याकहम तथा मेगन म्याककबिनले लण्डनको न्याचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको अनलाइन कार्यक्रममा गरेका थिए।उक्त सङ्ग्रहालयले ५६ वर्षदेखि यो फोटो प्रतियोगिता गर्दै आएको छ।

फिनल्यान्डकी किशोरी लिनाले खिचेको यो तस्बिरले १५-१७ वर्ष उमेर समूहको पुरस्कार प्राप्त गरेको थियो।

बोर्नियोमा खिचिएको एक बाँदरको तस्बिरले ‘एनिमल पोट्रेट’ अर्थात जनावरको मुहार चित्र शीर्षकको पुरस्कार हात पारेको थियो।

‘पृथ्वीको वातावरण’ शीर्षकमा इटलीको सबभन्दा सक्रिय ज्वालामुखीको तस्बिरले पुरस्कार प्राप्त गर्यो।

जीवनको सन्तुलन – तस्बिर: जेमी क्यूलब्रास, स्पेन

माकुरा समाइरहेको यो भ्यागुतोको तस्बिरले ‘बिहेभिअर: एम्फिबियन्स एन्ड रेप्टाइल्स’ अर्थात् उभयचर र सरिसृपको बानी शीर्षकको पुरस्कार प्राप्त गरेको थियो। तस्बिर इक्वेडरमा खिचिएको थियो।

‘बिहेभिअर: इन्भर्टीब्रेट’ शीर्षकको पुरस्कार प्राप्त गर्न सफल यो तस्बिर फ्रान्समा खिचिएको थियो।

‘अन्डर वाटर’ अर्थात् पानी मुनि शीर्षकको यो तस्बिर फिलिपिन्समा खिचिएको थियो।

बिहेभिअर: म्यामल्स अर्थात् स्तनधारीको बानीबेहोरा शीर्षकमा पुरस्कार प्राप्त गरेको यो तस्बिर उत्तरपश्चिम चीनमा खिचिएको थियो।

लेपर्ड न्याशनल पार्कमा क्यामरा ट्र्याप तयार गर्दै सेर्गेइ गोर्शकोभ

READ MORE NEWS
मुम्बईलाई पन्जाबको चुनौती
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहान्छ । शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सले ९ खेलमा ७ मा जित र २ मा हार बेहोरेको छ । पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।अन्तिम चारमा रहेर प्ले अफ खेल्न पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ । पछिल्लो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको थियो । बेंगलोरलाई हराएको पन्जाबको मनोबल उच्च छ । बलियो मुम्बईलाई पन्जाबले बलियो चुनौती दिने अनुमान गरिएको छ ।पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुल र मयंक अग्रवाल राम्रो लयमा छन् । राहुलले जारी आइपिएलमा ८ खेलमा एक शतक र चार अर्ध शतक सहित ४ सय ४८ रन बनाई सकेका छन् । अग्रवालले ८ खेलमा १ शतक र दुई अर्ध शतक सहित ३ सय ८२ रन बनाएका छन् । सर्वाधिक रन बनाउने खेलाडीमा राहुल पहिलो र अग्रवाल दोस्रो स्थानमा छन् । यी दुई ब्याट्सम्यानको प्रर्दशन पन्जाबलाई महत्वपूर्ण हुने छ ।

बेंगलोरविरुद्ध पूनरागमन गर्दै क्रिस गेलले ५३ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । गेलको प्रर्दशनले मध्यक्रम बलियो बन्नुको साथै पन्जाबको मनोबल पनि उच्च रहेको छ । निकोलस पूरन पनि राम्रो लयमा छन् । बलिङमा मोहम्मद शामी र स्पिनर रबि बिश्रोई हतियार हुन् । यी दुई खेलाडी राम्रो लयमा छन् । शामीले १२ र बिश्रोईले ८ विकेट लिएका छन् ।आज पन्जाबले ग्लेन म्याक्सवेलको स्थानमा स्पिनर मुजिब उर रहमानलाई मौका दिन सक्छ । डेथ ओभरको समस्या देखिएको पन्जाबलाई युवा तीव्र गतिका बलर अर्शदीप सिंहले राम्रो प्रर्दशन गर्दै ठूलो आशा देखाएका छन् ।चार पटकको च्याम्पियन मुम्बईले सुरुवात देखिनै उच्च प्रर्दशन गर्दै आएको छ । ओपनर क्विन्टन डी कक, सूर्यकुमार यादव, कप्तान रोहित शर्मा, काइरन पोलार्ड र हार्दिक पान्ड्या राम्रो लयमा छन् । यी खेलाडीलाई रोक्न पन्जाबका बलरलाई सहज हुने छैन ।यता दुई तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्टले उच्च प्रर्दशन गर्दै आएका छन् । बुमराह र बोल्टले १२–१२ विकेट लिई सकेका छन् । राहुल चहरले पनि मध्यक्रममा नियमित विकेट लिदै आएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङ आक्रामण भएको मुम्बई सातौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ ।यसअघि जारी सिजनमा लिग चरणको पहिलो खेलमा मुम्बईले पन्जाबलाई ४८ रनले पराजित गरेको थियो । उक्त खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ््याउने क्रममा पन्जाब ८ विकेटको क्षतिमा १ सय ४३ रनमा समेटिएको थियो । आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । मुम्बई १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ ।