दुई दिनयता सामाजिक सञ्जालमा एउटा भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो नेपालका बारेमा छ। मानसीले उक्तमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्। उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।’उनले आफ्नो अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कुरा बुझ्न पूरा नै हेर्नुपर्नेछ।मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन्।

READ MORE NEWS

उत्पादनसँगै बजारीकरणमा पनि कृषक आफै जुटेपछि…

झापा, २ कात्तिक । हात्तीपीडित गाउँको रुपमा परिचित झापाको बाहुनडाँगी कृषिजन्य उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । अन्नबाली हात्तीले सखाप पारेपछि त्यसलाई छोडेर विशेषतः औषधीय गुणयुक्त तेजपत्ता, मरिच र कागती खेती गर्दै आएका कृषकलाई लामो समय कोरोना महामारीले प्रभावित बनायो ।बजारमा असर परेपछि अहिले भने कृषक आफै उत्पादनसँगै बजारीकरणमा जुटेका छन् । मेचीनगर नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करबि एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ता, मरिच र कागतीको बोट हुर्काएका छन् ।विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी कृषिजन्य उत्पादन किन्न गाउँगाउँ डुल्थे । यो वर्ष भने कोरोना संक्रमणका कारण सीमा नाका बन्द हुँदा किसानका उत्पादनले बजार पाएन ।बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने गर्छ । बजारीकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गयो भने कागती र मरिचले पनि मूल्य पाएन ।यस्तो परिस्थितिमा २०६७ देखि तेजपत्ता खेतीमा लागेका व्यवसायिक कृषक रबि नेपाल स्थानीय उत्पादनको प्रशोधन र ब्रान्डिङमा लागेका छन् । नेपाल बन्धु कृषि फर्म नै दर्ता गरेर स्थानीयस्तरमा उत्पादन हुने नगदेबालीका रुपमा रहेका कृषिजन्य उत्पादनलाई भारत र तेस्रो देशसम्म पु¥याउन जुटेका हुन् ।‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु’ उनले भने, ‘गाउँमा तेजपत्ता, कागती, मरिचजस्ता उत्पादन नबिकेर किसानलाई टाउको दुखाई हुन्थ्यो, अहिले भने सबैको म किनिदिन्छु भनेको छु ।’अहिले उनले प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ता विक्रीका लागि पठाइसकेका छन् । दशैंको सिजनमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उनको योजना छ । यसअघि उनले कागती र मरिच समेत प्याकेजिङ्ग गरेर बिक्री गरेका थिए ।अब भने चाडैँ तेजपत्ता, बेसार, मरिच, अदुवालगायतका उत्पादन पिसेर धुलो उत्पादन गर्न मिल स्थापना गर्ने उनको योजना छ । उनले भारतीय बजार र तेस्रो देश बंगलादेश र दुबईमा समेत स्थानीय उत्पादनको स्याम्पल पठाइसकेका छन् ।

‘भारतको हैदरावाद, दिल्ली र कोलकाता स्याम्पल पठाइसकेको छु’ उनले भने, ‘अब एक महिनाभित्रमा निर्यातको गर्छु र दुबई पठाउनका लागि पनि कुराकानी गर्दैछु ।’बिरुवा लगाएको शुरुका केही वर्ष कागती, तेजपत्ता र मरिचको उत्पादन थोरै थियो । भारतबाट आउने विचौलिया व्यापारीले सबै किनेर लैजान्थे । भारत लगेर उतैको ब्रान्डमा नेपाली तेजपत्ता बजारमा विक्री हुन्थ्यो ।रहरले नभएर बाध्यताले शुरु भएको खेती हुनाले यसको बजार प्रवद्र्धनका बारेमा ध्यान पुग्न सकेको थिएन । तेजपत्ताको उत्पादन शुरु भएको एक दशक बितिसकेको अवस्थामा प्याकेजिङ गर्न बल्ल एउटा उद्योग खुलेको छ ।जसले गर्दा स्थानीय कृषकले उत्पादन गरेको वस्तुले समेत मूल्य पाउन थालेको छ । त्यस्तै, गाउँमै सञ्चालित प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलासहित २० जनाले रोजगारी समेत पाएका छन् ।‘गाउँमै प्याकेजिङ्ग उद्योग खुल्दा किसानहरुले आफ्नो वस्तु सहजै बिक्री गर्न पाइरहेका छन्’ स्थानीय कृषक शम्भा शेर्पाले भनिन् ‘केहीले गाउँमै राजगारी समेत पाएका छन्।’बङ्गलादेशलगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना छ । सरकारी पक्षको सहजीकरण अभाव र माग बमोजिमका बस्तु लैैजान नसक्दा भने निर्यातमा कठिनाई भइरहेको व्यवसायीको अनुभव छ ।

न्यायिक समितिमा घटे उजुरी

रुकुम पश्चिम — आर्थिक वर्ष २०७४/०७५ मा आठबीसकोट नगरपालिकाको न्यायिक समितिमा ७३ उजुरी परे । अघिल्लो वर्ष ४५ उजुरी परेको नगरपालिकामा यो वर्ष भने ३३ थान उजुरी मात्रै दर्ता भएका थिए । मुसीकोट नगर न्यायिक समितिमा पनि २०७४/०७५ मा ४३ मुद्दा दर्ता भएकोमा त्यसपछिका दुई वर्ष उजुरी कम हुँदै गएका छन् ।रुकुम पश्चिमस्थित मुसीकोट नगरपालिकाको न्यायिक समितिका पदाधिकारी । यी दुई स्थानीय तहका न्यायिक समितिमा मात्र होइन, जिल्लाका अरु ४ वटा पालिकामा पनि उजुरी दिनेको संख्या घटेको हो । वडा तहमा मेलमिलाप समिति बनाइएपछि न्यायिक समितिमा आउने उजुरी घट्दै गएको मुसीकोट नगर न्यायिक समिति संयोजक प्रेमकुमारी सुनार केसीले बताइन् ।‘समितिले किनारा लगाउन नसकेका मुद्दा जिल्ला अदालतमा सिफारिस गरेका छौं,’ उनले भनिन्, ‘केही मुद्दा वादी र प्रतिवादीको सहमतिमा फैसला भएका छन् ।’ मुसीकोटमा अघिल्लो वर्ष ३५ र गत वर्ष २१ मुद्दा परे ।स्थानीय तहको गठनपछि हरेक पालिकामा उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति बनाइएको छ । नगरमा न्यायिक समिति र वडामा मेलमिलाप समितिले मेलमिलापको काम गरिरहेको चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकाले बताइन् । ‘धेरै उजुरी वडामै मेलमिलाप भएकाले पछिल्ला वर्ष मुद्दाको संख्यामा कमी आएको छ,’ उनले भनिन्, ‘सुरुका वर्ष वडामा मेलमिलाप समिति थिएनन् र सबै मुद्दा न्यायिक समितिमा आए, अब धेरै विवाद वडामै मिल्न थाले ।’न्यायिक र मेलमिलाप समितिले कानुनी सेवामा सजिलो बनाइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष एक्कबहादुर पाण्डेले बताए । ‘केही समस्या र अपुगतामा पनि न्यायिक समितिले निरन्तर काम गरिरहेका छन्,’ उनले भने, ‘जिल्लामा आउनुपर्ने मध्येका धेरै विवाद वडा र पालिकामै मिल्दा धेरैले न्यायको अनुभूति गरेका छन् ।’संविधानको धारा २१७ ले ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । बितेका ३ आर्थिक वर्षमा जिल्लाका ६ न्यायिक समितिमा ७ सय ४६ मुद्दा परेका छन् । जसमध्ये ५ सय ९० मुद्दा फर्स्योट भएका छन् ।


Your Views
Related News