हङकङको प्रमुख मानिएकी प्रदर्शनकारी अलेक्जेन्ड्रा वोङले आफूलाई मुख्यक्षेत्र चीनमा घरमै एकवर्ष नजरबन्दमा राखिएको बताएकी छिन्।हराइरहेकी भनिएकी उनी १४ महिनापछि हङकङ आइपुगेकी हुन्। उनको घर चीनको सेनजेनमा छ। उनी हङकङम पनि बस्दै आएकी छिन्।६४ वर्षकी वोङलाई हङकङमा ‘हजुरआमा वोङ’ भनेर चिनिन्छ। उनी बेलायती झण्डा बोकेर हङकङ सरकार र मुख्यक्षेत्र चीनविरुद्ध प्रदर्शन गर्थिन्।गतवर्ष हङकङमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको थियो। सो क्रममा उनी बेलायतको झण्डा बोक्दै हङकङलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको आन्दोलनमा सामिल भएकी थिइन्।गतवर्षको अगष्टदेखि उनको खबरबारे खेबखर थिए। त्यसयता उनी हराइरहेकी थिइन्। अगष्ट १४ मा उनलाई सेनजेन जाने क्रममा प्रहरीले गिरफ्तार गरेको उनले पत्रकार सम्मेलनमा हालै बताएकी छिन्।यसवर्षको अक्टोबर २ मा मात्र हङकङ आउन पाएकी उनले भनिन्,‘आफूलाई मुख्यक्षेत्र चीनका प्रहरीले फेरि हङकङको प्रदर्शनमा भाग नलिन भनेका छन्।’उनका अनुसार गत सेप्टेम्बर महिनामा उनलाई चिनियाँ अधिकारीहरुले पाँच दिने देशभक्ति सम्बन्धी शिक्षा पनि प्रदान गरेका थिए।त्यहाँ उनलाई चीनको झण्डा बोक्न लगाएर चीनको राष्ट्रिय गान पनि गाउन लगाइएको थियो।उनका अनुसार प्रहरीले जमानतमा छाडेपछि उनी सेनजेनमै घरमा नजरबन्दमा थिइन्। हालैमात्र उनलाई हङकङ आउन दिइएको हो।

READ MORE NEWS

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा नयाँ कपडा लगाएका छन् । जिन्दगीमा यो दोस्रो नयाँ सुट भएको पनि पुनले सामाजिक सञ्जालमा बताएका छन् । सामाजिक सञ्जालमा पुनले लेखेका छन, ‘सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाही ६ बर्ष पुरानो हो ।’ ‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस् । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केही महिना पछि मैले नै बताउने छु,’ पुनले लेखेका छन् ।

अनागरिकको नागरिकता

म यो देशकी एक अनागरिक। हो, म अनागरिक नै हुँ किनभने मसँग यो देशको नागरिकता छैन। म यही देशको माटोमा जन्मेँ, यहीँ हुर्केँ, यही देशको भाषा बोल्छु, यही देशको संस्कृति मान्छु र यो देशको माया मान्छु, यो देशको भलो सोच्छु। तर पनि म यो देशको नागरिक बन्न सकेकी छैन।आमाको साथ हुँदा त्यो सबै कुरा केही थाहा थिए। तर जब जीवनमा अरुणोदयको आशा गरेर बसेकी मलाई आमाको निधनले महानिशामाको अन्धकारमा लगेर पछारीदियो, मेरो चेत खुल्यो। त्यसपछि अचानक मेरो संसारमा जताततै अँध्यारो भयो, सन्नाटा छायो अनि निराशाको बादलले मलाई झ्याप्प छोप्यो, म अन्धकारमा निस्सासिन पुगेँ र त्यहाँबाट निस्कने उपाय खोज्न थालेँ।पखेटा राम्ररी पलाइ नसकेको एउटी बचेरी उसकी आमाको निधनले गर्दा आमाले आफ्नो न्यानो शरीरले छोपेर सुरक्षित राख्ने गुँडबाट बाहिर निस्कन बाध्य भइ। आफ्ना कमजोर पंखहरु फटपटाउँदै म बाहिर निस्केँ। बाहिरको दुनियाँ अन्यन्त निर्दयी थियो। पेट भर्नको लागि खानाको खोजी गर्नु त छँदै थियो, त्योभन्दा खतरनाक त झन् चिल, बाज र स्यालहरु थिए।म उनीहरुसँग बचेर भाग्न खोज्दा उड्न नसकेर कति पटक लडेँ, कति चोट लाग्यो। तर जेनतेन मैले उनीहरुबाट आफूलाई बचाएँ अनि अन्तमा म त्यो कालरात्रिबाट निस्कन सफल भएँ। त्यहाँबाट निस्केपछि खुसी त लाग्यो तर त्यो त्यो खुसी मुठ्ठीको बालुवा जस्तै धेरै बेर टिकेन। त्यहाँबाट निस्कनु त अर्को एउटा सुरुआत मात्र रहेछ, पहिलोभन्दा झन् कठिन- जिन्दगीको सुरुआत।जिन्दगीको सुरुआतमा नै मलाई सपनामा ऐठन परे सरह भयो। धमिलो र भयानक जिन्दगीको सागर एकाएक आफ्नै अगाडि आएर ज्वारभाटा उकेल्दै गरेको देखेर म भयभित भएँ। तर मैले त्यो सागर पार गर्नु नै थियो, म तैरन सिक्नु थियो, पौडन सिक्नु थियो। तर मलाई तैरन आउँदैनथ्यो।त्यो सागर पार गर्नु मेरो लागि असम्भव जस्तो देखियो, त्यो सागर मेरो लागि निराशाको सागर बन्यो र म त्यही निराशाको सागरमा डुबेर मर्न चाहन्थेँ। क्षितिजभन्दा पनि परसम्म फैलिएको त्यो सागर पार गर्नको लगि मसँग कुनै शक्ति र सामर्थ्य थिएन। त्यसैले म सागरमा पस्ने हिम्मत समेत नगरी त्यही सागरको डिलमा बसेर धेरै दिनसम्म चिन्तन गरेँ।मैले वरपर नियालेँ, म जस्तै अरुहरु कोही सागर भित्र पस्दै थिएँ भने कोही तैरदै थिए, कोही डुब्दै थिए र कसैले सिक्दै थिए। त्यसैले त्यो सागरमा पस्नु बाहेक अर्को विकल्प मैले देखिनँ। आफू सागरमा जान नखोजे पनि सागरबाट कुनै दिन ठूलो छाल आएर किनाराबाट मलाई जबरजस्ती तानेर पानीमा फ्याल्ने निश्चित थियो। त्यसैले विकल्प विहीन म त्यो जीवन सागरमा हाम फालेँ।जीवन एक क्रुर गुरु हो, निर्दयी भएर पनि सबै कुरो सिकाउँदो रहेछ। मैले त्यो सागरमा डुबेर कति पानी निलेँ, कति पटक सर्किएँ गनेर साध्य छैन। कति पटक पौडन नसकेर डुबेँ अनि जस्लाई भेट्यो उसैको सहारा लिएर पानीबाट टाउको माथि उठाइ लामो श्वास फेरेँ। कति पटक छालले यताबाट उता हुत्यायो, कति पटक जमिनमा पछार्‍यो। तर जीवनले मलाई पौडन सिकाएरै छोड्यो।दुई महिना त्यही सागरको किनारामा पौडन सिकेपछि मलाई अब सागरमा सयर गर्न आँट आयो, त्यसपछि सागरले पनि मलाई दुख दिन छोड्यो। म जीवन प्रति अलि आशावादी भएँ। बाँच्ने रहर पलाउन थाल्यो। संकोच, भय, पीडा र अनिश्चिततालाई अँगाल्दै मैले जीवनको वास्तविक यात्रामा पाइला टेकेँ।मेरो बाबा को हो मलाई थाहा छैन। मेरी आमाले मलाई कहिले पनि त्यो कुरा बताइनन्। सायद उनलाई पनि थाहा थिएन। उनी एक यौनकर्मी थिइन्, त्यसैले मेरो बाबु को हो भनेर खुट्याउन निकै गाह्रो थियो। मेरो लागि मेरो बाबा को होला भन्ने कुरा सधैँको लागि रहस्य नै बन्यो। तर आमाले मलाई कहिले पनि बाबाको कमी महशुस गर्न दिइनन्।

म अलि बुझ्ने भएपछि बाबाको पहिचान नभएकी सन्तानभन्दा मलाई आफ्नो इज्जत गएको जस्तो अनुभूति हुन थाल्यो तर म त्यो लाज पचाएर जिएँ। हामी निकै गरिब थियौँ, आमाले खोलाको किनारमा गिट्टी कुटेर आफ्नो र मेरो पेट भराउथिन् र मलाई स्कुल पठाउँथिन्। म स्कुल जाने गरे पनि फुर्सदमा आमालाई गिट्टी कुट्ने काममा सघाउँथेँ।खोलाको किनारमा टाउकोमा मुजेत्रो बाँधेर चर्को घाममा ढुङ्गामा आमाले गिट्टीमा हथौडा बजार्दा विधाताले हाम्रै शिरमा त्योभन्दा गह्रौ हथौडाले प्रहार गरीरहेको मलाई भान हुन्थ्यो।एकदिन आमा बिरामी परिन्। निको नहुने रोग लागेको रहेछ। रोग लागेको दुई वर्षमा नै उनी बितिन्। निको नहुने भएपनि उचित औषधी भएमा त्यो रोग लागे पनि मान्छे वर्षौंसम्म पनि केही नभइ बाँच्न सक्ने भैसकेको थियो। त्यो जानेर मलाई हौसला बढाएको थियो। तर मेरो हौसला विधाताले चिसो पानी खन्याइदिए।रोग लागेमा पनि वर्षौं बाँच्ने अधिकार हामी जस्ताको रहेनछ। त्यो त दौलतका स्वामीहरुलाई मात्र प्राप्त रहेछ। पैसाले जीवन किन्ने क्षमता हामीसँग थिएन। ठूलो रोग लागेपछि हामी जस्ता निर्धाहरुको बाँच्ने अधिकार थिएन। सायद कालले पनि घुस खान थालेको थियो, ऊ पैसा हुनेहरुका महलमा झट्टपट्ट जाने आँट गर्दैनथ्यो तर हामी जस्ता गरिबहरुको दैलो चाहार्न पल्लेको थियो।आमा साथमा हुँदा मलाई कुनै दुख भएन। त्यो बेला म स्वच्छन्द निल गगनमा सुन्दर पंख फिंजाएर बादल चुम्न जाने सपनाहरु देख्थेँ। तर उनको मृत्युपछि जब म न्यानो गुँडबाट निस्केँ, समाजको परिधिले मलाई गहिरो कुवाँभित्र बन्धक बनाएर राखेको थाहा पाएँ। ममा ती गहिरा कुँवाका परिधिहरु पार गर्न सामर्थ्य थिएन। म समाजले लगाएको परिधि भित्र समाजले दिएको अबोध र अमुक नारीको परिचय बोकेर, उसले बनाएको नियम मानेर बाँच्न बाध्य भएँ।आमाको नाममा हामी बस्ने झुपडी बनेको सानो टुक्रो जग्गा थियो। आमाको निधनको दुई महिनापछि म आफ्नो नाममा त्यो जग्गा नामसारी गर्नको लागि भनेर जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जानुपर्ने भयो।मैले त्योभन्दा पहिले त्यो कार्यालयको दैलो टेकेकी थिइनँ। कहाँ छ भन्ने पनि थाहा थिएन। तैपनि आँट गरेर मैले त्यहाँ पाइला राख्ने सहास गरेँ। मेरो नागरिकता बन्ने हो हैन भन्ने संशयले गर्दा मलाई निकै डर लागेको थियो। कहाँ जाने, कस्लाई भेट्ने, के गर्ने के भन्ने केही थाहा थिएन।मैले कार्यालय भित्र गएर डराएको स्वरमा आफू नागरिकता बनाउन आएको कुरा बताएँ। एकजना कर्मचारीले मलाई निवेदन लेख्न र फाराम भर्न लगाए। त्यो दिन काम बनेन। मैले लानु पर्ने धेरै कागजातहरु नलगेर गएकी रहिछु। उनले मलाई लिएर जानुपर्ने कागजातको सूची दिएका थिए।उनले दिएको सूचीका कागजात जुटाउन एक हप्ता लाग्यो। तै पनि सबै सबै कागजात जुटाउन सकिएन। जुटाउन सकेका जति कागजात र मेरो फोटोहरु लिएर एक हप्तापछि म फेरि जिल्ला प्रशासनको कार्यालय पुगेँ।मेरो निवेदन, फाराम र मैले पेश गरेका सबै कागजातहरु हेरेपछि कर्मचारीले भने, ‘तपाईको कागजात अझै पुगेको छैन, पूरा गरेर अर्को दिन आउनुस्।’

‘के पुगेन सर?’ मैले डराइ डराइ सोधेँ।’तपाईको बुवाको नागरिकता नै छैन, फारममा बाबुको नाम पनि लेखेको छैन, कसरी बन्छ नागरिकता?’ उनले भने।’आमाको नामबाट पनि आजभोलि नागरिकता बन्दैन र सर?’ मैले सुनेको आधारमा उनलाई सोधेँ।’आमाको नाममा बनाउन पाइन्छ तर बुवाको किटान त हुनुपर्‍यो नि, अनि बुवाको नागरिकता पनि त हुनुपर्‍यो नि?’ उनले भने।’अनि आमाको नामबाट बनाउनुको के अर्थ भयो त सर?’ मैले जान्ने बनेर सोधेँ।’त्यो तपाईँको सरोकारको विषय हैन। नागरिकता बनाउने भए बाबुको विवरण ल्याउनुस्, हैन भने यहाँबाट जानुस्’ उनले अलि जंगिदै भने।म कसरी भनूँ कि मलाई आफ्नो बुवाको बारेमा केही थाहा छैन भनेर। मलाई अचानक भक्कानो छुटेर आयो। मलाई पहिलो पटक बाबाको कमी महशुस भयो। अनयास मेरा नयनहरुबाट अश्रुधारा बग्न थाले, मेरो गला अवरुद्ध भयो र भक्कानियो, मैले आफूलाई सम्हाल्न सकिनँ र म त्यहीँ सबैको अगाडि रुन थालेँ।’के भो?’ अघिसम्म म प्रति जंगिएका कर्मचारीले म रोएको देखेर साहानुभूतिको भावमा अचम्म मान्दै सोधे।’मलाई मेरो बुवाको बारेमा केही थाहा छैन सर, आमा पनि बितिसकिन्’ मैले हुँक्क हुँक्क गर्दै भनेँ। म रोएको सुनेर त्यहाँ मान्छे जम्मा भएर मलाई अनौठो नजरले हेर्न थाले। मलाई लाज त लाग्यो तर लाजभन्दा पनि नागरिकता नबनेपछि आमाको त्यो जग्गा अरु कसैले हडप्नेछ भन्ने डर मेरो कलिलो मष्तिस्कमा गडेको थियो, त्यसैले मेरो आँसु रुकेन।कर्मचारीले मेरो हातबाट तानेर फेरि मेरो निवेदन र फाराम हेरे। अनि पियनलाई बोलाएर भने, ‘उहाँको यो फाइल हाकिम साबलाई लगेर दिनुस् त, के भन्नुहुन्छ हाकिम साबले।’पियन मेरो फाइल लिएर तेश्रो तल्लामा हाकिम बसेको कोठामा गए, म पनि आँसु पुछ्दै पछि लागेर गएँ। हाकिमले त पक्का काम गरिदेलान् भन्ने आशाले गर्दा मेरो डर अलि कम भएको थियो। नदेखे पनि ती हाकिमप्रति निकै आशावादी भएकी थिएँ। पियनले हाकिमको कोठाको ढोका ढकढक गर्‍यो, उनले भित्र बोलाए, म पनि पियनसँग सरासर भित्र पसेँ।पियनले मेरो समस्याको बारेमा भन्दै हाकिमलाई फाइल दिए र बाहिर निस्के, म चाहिँ आफ्नो काम बन्ने आशामा त्यही उभिइरहेँ। हाकिम मेरै बाबुका उमेरका भन्न सुहाउने थिए। हाकिमले मलाई पुलुक्क हेरे अनि फारमतिर नजर घुमाए र एकछिन पढे जस्तो गरेर मुन्टो उठाएर भने, ‘बाबुको नाम थर र नागरिकता नभएर हुँदैन, बन्दैन तपाईको नागरिकता।’आफूले त्यत्रो आशा राखेर आएको हाकिमले त्यसो भनेपछि मेरो पाइतला मुनिको जमिन भासिए जस्तो भयो, खुट्टाहरु काँपे, आफूमाथि सिंगै आकाश खसे जस्तो लाग्यो। मेरो मुख सुक्यो, प्रलय हुन लाग्यो की जस्तो लाग्यो। निराशा र अन्धकारले चारैतिरबाट जकड्यो। तर मैले आँट जुटाएर मेरो सुकेको मुखलाई जेनतेन थुकले सिँचेर सोधेँ, ‘किन बन्दैन सर?”मैले भनिहालेँ नि बाबुको पहिचान नभए नागरिकता बन्दैन’ उनले फाइल म तर्फ फिर्ता दिन खोज्दै भने।उनको उत्तरल मलाई असह्य पीडा भयो। हातमा पसिना आएर हत्केला पहिले नै चिसा भैसकेका थिए, मलाई मुहारमा पनि चिटचिट पसिना आयो अनि अनायासै मेरा कम्पित अधरहरुबाट निस्क्यो, ‘म कहाँबाट ल्याऊँ मेरो बाउ सर? म एक यौनकर्मीकी छोरी हुँ। मेरो बाउ जो पनि हुन सक्छ।के पहिचान नभएको बाबुकी छोरी भएर जन्मिनु मेरो गल्ती हो? के म नेपाली नागरिक हैन? के म यही देशको धर्तीमा जन्मेकी हैन? नागरिकता गराउन बाउ नै किन चाहिने? बाउ त विश्वास मात्र हो, आमा सत्य हो। जस्ले नौ महिना गर्भमा राखेर जन्मायो, जस्को दुध पिएर हामी हुर्क्यौं, तिनै आमाको नाममा मात्र नागरिकता किन बन्न नसक्ने? तपाईलाई के प्रमाण पुगेन मेरो नागरिकता बनाउन?’त्यति भनिसकेर म अलि शान्त भएँ। मैले अलि बढी नै भनेँ की भनेर मलाई फेरि डर लाग्न थाल्यो। तर मैले त्यतिभन्दा पनि उनी केही बोलेनन्। मैले उनलाई नियालेँ, मलाई थाहा भयो उनीसँग पनि मेरो प्रश्नको उत्तर थिएन। उनी अवाक मुद्रामा मलाई नै एकोहोरो हेरिरहेका थिए।


Your Views
Related News