काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि रेम्डेसिभिर नामक औषधि बिक्री गर्न अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयमा कोभिड १९ को उपचारका लागि सूचिकृत अस्पताल र सो अस्पतालको फार्मेसीलाई उक्त रेम्डेसिभिर औषधि बिक्री गर्न अनुमति दिएको जानकारी दिए । कात्तिक २ गते आइतबार मन्त्रालयले गरेको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘कोभिड १९ को उपचारका लागि रेम्डेसिभिर औषधिहरु स्वास्थ्य मन्त्रालयमा कोभिडको रुपमा सूचिकृत अस्पतालको फार्मेसीबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’तर, रेम्डेसिभिर औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी नदेखिएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।  गत शुक्रबार बीबीसी नेपाली सेवासीएनबीसी लगायतका सञ्चार माध्यमहरुले डब्लूएचओलाई उद्धृत गर्दै रेम्डेसिभिर कोभिड १९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको उल्लेख गरेका थिए ।

रेम्डेसिभिर तथा अन्य तीन औषधिको प्रभावकारिता परीक्षण अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा प्रयोग गरिएको थियो। तर, यसको कुनै प्रभाव नपरेको ती समाचारमा उल्लेख थिए ।रेम्डेसिभिरसहित अन्य तीन औषधिको प्रयोगले अस्पताल भर्ना भएका कोरोनका बिरामीलाई जीवित राख्ने, भेन्टिलेटर आवश्यक पर्ने नपर्नेबारे कुनै प्रभाव नपारेको डब्लूएचओलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको थियो ।तर, स्वास्थ्य मन्त्रालयले सूचिकृत कोभिड अस्पतालको फार्मेसीबाट सोही औषधि बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी दिएको  हो ।

READ MORE NEWS

१ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध यार्चागुम्बासहित एक जना पक्राउ

दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

डिजिटल जीवनशैली

देशैभरि लकडाउन भइराख्दा घरभित्रका मानिसका आँखा र औला अझ बढी क्रियाशील भएँ। बाहिर कोरोनाले आतंक मच्याइराख्दा घरभित्र भने सञ्चारका माध्यम टिभी, मोबाइल, ल्यापटपले मानिसहरुलाई एकोहोयाई रहेको थियो।अन्य बेलाको तुलनामा लकडाउन अवधिभरि ल्यापटप र मोबाइल कति थिचिए वा कति तिनसँग आँखा जुधाइए, बयान गरी साध्य छैन। सायद बोल्न सक्ने भए ती उपकरणले भन्ने थिए- ‘हजुर, एकछिन त आराम गर्न दिनुहोस्।’फेसबुक विश्लेषणात्मक विभागको रिर्पोट अनुसार, मार्च २०२० सम्म ५०% बढीले म्यासेज गर्ने संख्या बढ्यो, त्यस्तै ह्वाट्सएप रिर्पोट अनुसार ह्वाट्सएप प्रयोग ४०% ले बढ्यो भने अनलाईन कक्षा, मिटिङ परामर्शको लागि जुमको प्रयोग ह्वात्तै बढेको देखिन्छ।डिजिटल प्रविधिको प्रयोग के कसरी गर्ने? यो नितान्त व्यक्तिगत रुचीको कुरा हो। तिमी त्यसमा खेलेर रमाऊ, भिडिओ हेर, कसैसँग बोलेर आत्मियता बढाऊ या खोज अनुसन्धान गरेर आफ्नो ज्ञानको भण्डारलाई बृहत बनाऊ, स्वतः व्यक्ति आफूमा निर्भर हुन्छ।एउटा भनाइ छ ‘जति तिमी खान्छौ, त्यति तिमी शारीरमा लगाउँछौ र जति तिमी ज्ञान लिन्छौँ, त्यति तिमी दिमागमा लगाउँछौ।’ बस् तिमी के चाहन्छौ? त्यो तिम्रो निर्णय हो। आज देश विदेशका हरेक घटना, ज्ञान, विज्ञान, अनुसन्धान, उत्पादन इत्यादि सबै सञ्चारका माध्यमबाट सजिलै थाहा पाउन सकिन्छ।मार्टिन हिलबर (हिलबट र लोपेज २०११) ले गरेको अनुसन्धान अनुसार ‘यो संसारमा भएको ज्ञानको ९५% सूचना डिजिटललाइज माध्यममा छ।’ यसले यो स्पष्ट हुन्छ की चाहेको खण्डमा डिजिटल प्रविधिकै सहायताबाट हामी कृषि उत्पादनका आधुनिक तरिकादेखि मंगल ग्रहका बारेमा घरमै बसेर अध्ययन गर्न सक्छौँ।डिजिटल प्रविधिले ज्ञानको पहँचलाई सुलभ बनाएको त छ नै, यसले आधुनिक सामाजिक संरचनाका कारणले एक्लो बन्दै गएको मानिसका लागि भरपर्दो साथीको दायित्वपनि निभाउँदै आएको छ। मानिसहरु स्वभावैले नयाँ ठाउँ र संस्कृतिका बारेमा रुची राख्छ। संचारका विभिन्न माध्यमहरुले मानिसको त्यो चाहानालाई पनि पूरा गरीदिएका छन्।पहिले जस्तो इच्छा भएपनि नयाँ ठाउँबारे हुने एक किसिमको अनविज्ञताले हुने अप्ठ्यारालाई संचारको प्रयोगले निमिट्यान्न पार्न धेरै हदसम्म सफल देखिन्छ। संचारको प्रयोगबाट सजिलैसँग होटल बुकिङ, पैसा तिर्ने, सामान किनबेच हुने, गाइड बुक गर्ने, कुनै पनि निश्चित गन्तव्यसम्म पुग्ने ठाउँको दूरी बिध्नबाधा, मौसम, समय, लाग्ने खर्चको आङ्कलन गर्न सक्ने भएका छन्।

नेपालजस्तो पर्यटकीय देशमा त झन् संचारले पर्यटकयात्रालाई निक्कै सहज बनाएको छ या भनौ बरदानभन्दा कम छैन। नेपाल संसार डट कममा प्रकाशित नेपाल पर्यटन बोडको तथ्याङ्क अनुसार ‘सन् २०१९ अक्टुबरसम्म नेपालमा एक लाख २३ हजार २६७ जना प्लेन र एक लाख ५५ हजार ७५८ जमिनबाट पर्यटक भित्रिएका थिए। तर त्यसरी आउने पर्यटकले डिजिटल प्रविधिको प्रयोग गरेर बस्ने होटल, घुम्ने ठाउँ र गाइडको समेत व्यवस्था गरिसकेको हुन्छ।यसका अलावा यहाँको भौगोलिक, सांस्कृतिक र अन्य जानकारी पनि लिएको हुन्छ। यसरी आउँदा उसलाई पूर्वपरिचित ठाउँमा आए जस्तो सहजता महशुस हुन्छ। यसरी संचारको सही ठाउँमा सही उपयोग गरेको खण्डमा संचार अर्थात ‘यार’ भन्दा फरक नपर्ला।डिजिटल प्रविधिका अनगिन्ती फाइदाहरु छन्। तर त्यसको अँध्यारो पाटो पनि छ। आजकाल व्यक्तिहरु मोबाइल, कम्प्युटर जस्ता डिजिटल उपकरणहरुमा यति निर्भर छन् की एकछिन मोबाइलमा चार्ज नहुँदा, नेट कनेक्सनमा समस्या आउँदा प्रयोगकर्ताले देखाउने आवेग र असंयमताले यो कुरा पुष्टि पार्दछ।प्रायः मानिसका मोबाइल सामाजिक संजाल जस्तै फेसबुक, इन्टाग्राम, टिकटक, कयौँ गेमले भरिएका छन्। जसलाई एकछिन मात्र चलाउभन्दा पनि समय गएको पत्तै हुँदैन। यसले समय त जान्छ नै, आँखाको समस्या, मानसिक तनाव, निद्रा अपुरो भएर कयौँ समस्या निम्त्याउँछ।अमेरिकामा मोमेट एपले ट्र्याक गरेको प्रतिवेदन अनुसार ‘प्रत्येक अमेरिकले एकदिनमा चार घण्टा समय मोबाइल हेरेर बिताउँछन्।’ यो समयमा उसले सम्पूर्ण सकारात्मक मात्र होइन नकारात्मक कुरा पनि हेर्न पुग्छ, जसले गर्दा शरीरमा नकारात्मक हार्मोन ‘कोर्टिसोल’ पैदा गर्दछ। यो हार्मोनले शरीरमा रिसाउँदा, खुसाउँदा, डराउँदा जस्तो बेलाको मुटुको धड्कन बढाउने, शरीरमा जोखिमका लागि पैदा गर्ने तत्व उत्पादनलाई तिब्रता दिने र ब्लड सुगर बढ्नलाई शरीरलाई दबाब दिन्छ। यी सबै कारण एउटा–तनाव लिदाको अवस्था जतिकै घातक हुन्छन्।सेन्टर फर इन्टरनेट टेक्नोलोजी एडिक्सनका सञ्चालक डेविड ग्रिनफिल्डका अनुसार, ‘मानिसको शरीरको हार्मोन ‘कोर्टिसोल’ तह त्यति खेर उच्चतम बिन्दुमा पुग्छ जब व्यक्तिको नजिकै मोबाइल छ या मोबाइलको घण्टी सुनिन्छ।’ लामो समय डिजिटल उपकरणहरु प्रयोग गरीरहनुका डरलाग्दो चित्र यी तथ्यहरुले दिन्छन्।

संचार माध्यम आधुनिक समयको एउटा चमत्कार नै हो। तर त्यसको प्रयोगलाई सकारात्मक परिणामका लागि मात्र प्रयोग भएको छैन। जस्तो की डिजिटल रुपमा उपलब्ध हुने फेसबुक सन्जाललाई पनि लिन सकिन्छ। संचारको प्रयोगसँगै अत्यन्त रुचाइएको समाजिक संजाल फेसबुक हो।फेसबुक, हामी भौतिक रुपमा टाढा भएता पनि आत्मिक रुपमा बाँध्ने डोरी हो। यसको माध्यमबाट आफू बाँचेको, हाँसेको, घुमेको देखाउन छोडेर मानिसहरु मरेको भिडिओ देखाउने विकृतितर्फ लालयित भएको देखिन्छ। हामीले युट्युब, गुगलमा ‘फेसबुक लाइभ डेथ’ भनेर खोज गर्यौँ भने त्यस्ता भिडिओ थुप्रै मात्रामा उर्लिन्छन्। यस अर्थमा फेसबुक डेथबुक या चिहान बन्न थालीसक्यो भन्दा फरक नपर्ला।त्यस्तै टिकटक अहिलेकी सर्वाधिक रुचाइएको एप, १५ सेकेन्डको भिडिओ भएतापनि फोर्ब्स पत्रिकामा छपिएको समाचार अनुसार मानिसले न्यूनतम पचास मिनेट यस एपमा बिताउँछन्। यसले डोपामिन लिएको जस्तै सन्तुष्टिको अनुभूति गराउँछ जसले गर्दा समय गएको पत्तै पाइदैन्। डा. जुली एलब्राइटरको इन्टरभ्यू अनुसार, ‘डिजिटल टेक्नोलोजी अनुसार नै हाम्रो दिमाग परिवर्तन भईरहेको छ, जस कारण हाम्रो एकाग्रताको अन्तरालमा निकै घटी आउँदैछ।’हामी जे पनि छिटो चाहने भएका छौं। जस्तै कुनै भिडिओ सविस्तार तर लामो छ भने हामी त्यसको विकल्प छिटो या कम समयमा वर्णन भएको भिडिओ रोज्छौँ। संचारका माध्यमले हामीलाई अधैर्यमात्र बनाएको छैन, हाम्रो जीवनशैलीमा अतिक्रमण पनि गरिरहेको छ। हामी सामाजिक सञ्जालमा सूचना वा फोटो राख्दा मानिसहरु आफ्ना मौलिक प्रतिक्रियाहरु राख्नुको सट्टा तयारी रुपमा राखिएका लाइक वा डिसलाइक जस्ता इमोजी बटनहरु थिच्छन्।अथवा बनिबनाउ ‘वाउ’, ‘लभ्ली’, ‘ब्युटीफूल’, जस्ता प्रतिक्रियाहरु राखीदिन्छन्। उनीहरु त्यो विषय वा घटनाका बारेमा वास्तवमै के सोच्छन् भन्ने छुट्याउन गाह्रो हुन्छ। यसले आत्मियताभन्दा पनि औपचारिकता तर्फ मात्र मानिसहरुलाई लगिरहेको छ। हाम्रो मानवीय संवेदना शिथिल हुने र हामी डिजिटल इन्टिलिजेन्सबाट बढी परिचालित हुने अवस्था सृजना भइरहेको छ।

एकातिर प्रत्यक्ष भेटघाटका अवसरहरु कम हुने र भावनाहरु एकअर्कालाई साट्न नपाउँदा एक्लो भएको महशुस हुने, डिप्रेसन, चिटचिहाट जस्ता मानसिक समस्या देखा पर्दछन्। यो एडिक्सन वा लत जस्तो मात्र बन्ने खतरा रहीरहन्छ।तर डिजिटल प्रविधिलाई सकारात्मक रुपमा आत्मसाथ गर्नुको विकल्प पनि छैन। अब यसबाट अलग रहेर कुनै सामाजिक, व्यवसायिक वा व्यक्तिगत अध्ययन अनुसन्धानको काम सम्भव नहुने स्थिति बनिसक्यो। आजकाल बच्चाहरु हुर्किएपछि विभिन्न अवसरमा मोबाइल उपहार दिने चलन बढीसक्यो।‘द टिन ब्रेन’ का लेखक डेबिड गिलीस्पेका अनुसार ‘मोबाइल फोन दिनु भनेको एउटा कोकिन अथवा हिरोइन दिनुभन्दा कम खतरनाक छैन।’ उमेर पुगेका मात्र मोबाइलका प्रयोगकर्ता नभइ दुई वर्ष मुनिका करिब ९०% बालबालिका मोबाइल वा ल्यापटपको प्रत्यक्ष सम्पर्कका छन्। जसले गर्दा बच्चाको दिमाग, आँखा, सोच, धैर्यतामा विस्तारै स्लो पोइजन जसरी असर गर्दछ।अहिलेका प्रायः अभिभावकहरुको गुनासो, ‘मेरो बच्चा त मोबाइल बिना खानै खाँदैन।’ बच्चा भन्या कुमालेको माटो जस्तै हुन्। तपाई मान्नुस् या नमान्नुस्, यो संचारको लतमा लगाउने तपाई आफै अभिभावक नै हो। बच्चालाई एकछिन अलमल्याउन, छिटो खुवाउन, रोयो भने फकाउन इत्यादि गर्न सबैभन्दा सजिलो उपाय नै मोबाइललाई लिन्छौँ। खाना टेबुलमा राखेर हातमा मोबाइल दिन्छौँ र हामी यो भ्रममा छौँ की मोबाइल हेरेसी बच्चाले अलिक बढी खान्छ।तर वास्तवमा बच्चाको ध्यान स्क्रीनमा हुने हुँदा उसले के कति खाएँ पत्तै पाउँदैन। जसले गर्दा ज्यादा खाने र मोटोपनको समस्या हुन्छ। त्यस्तै मोबाइलको सुरमा कति बच्चाले राम्ररी नचपाइ निल्छन् जसले गर्दा अपच हुन्छ। अझ कोही बच्चा त ध्यान स्क्रीनमा हुने हुँदा खाना मुखमै लिएर एकोहोरिन्छन्। जसले गर्दा उसलाई अभिभावकले छिटो खान जोड दिने, पिट्ने, गाली गर्ने या गाँसै पिच्छे पानी पिलाएर निल्न लगाउने गर्दछन्।

यी सब गतिविधिले बच्चालाई खानु एउटा मानसिक दबाबजस्तो महशुस हुन्छ भने अर्कातर्फ बच्चाको पेटमात्र भरिने तर पोषण शून्य हुन्छ। किनकी हामीले राम्रो पोषण पाउन खानालाई ३० देखि ३२ चोटी चपाएर र्‍याल जस्तो बनाएर निल्नुपर्छ। जुन २०, २०२० मा www.reportwire.in लेखिएको एउटा लेख अनुसार ‘वर्षेनी ३०५ बच्चा आँखा सुख्खा हुने समस्याले हस्पिटल जान्छन् भने १८५ बच्चाले आफ्नो दृष्टि गुमाउँदैछन्।’तसर्थ वर्तमानमा हामीले यस सम्बन्धी ध्यान दिएनौँ भने पक्कै पनि भविष्यमा विकराल अवस्था नआउला भन्न सक्दैनौँ। त्यसैले निश्चय नै आजको सर्तकता भोलिको सुनिश्चिता हो। हामी संचारको पुरानो माध्यमलाई नियालेर हेर्दा पक्कै पनि रेडियोपछि टिभीकै नाम आउँछ। पछाडि फर्केर हेर्ने हो भने टिभी संचारको साधन मात्र नभइ पारिवारिक आत्मियतालाई निकै कसिलो पार्ने माध्यमभन्दा बेठिक नहोला।अहिले त्यो ठूलो स्क्रीनभन्दा सानो स्क्रीनले प्रायः मानिसहरुलाई लोभ्याएको छ। पियु रिसर्च सेन्टर अमेरिकामा गरेको एक अनुसन्धान अनुसार, ‘५०५ भन्दा बढी अमेरिकन अनलाइनमा जाने, फिलिम हेर्ने, गीत सुन्न मोबाइलको प्रयोग गर्दछन्।’ यस्ता गतिविधिहरु घरमा मात्र सीमित नभएर साथै गाडी, स्कुल, अफिस सबैतिर ह्वातै बढेर आएको छ या एक प्रकारको ट्रेन्ड नै भइसकेको छ।बाटामा हिँड्दा प्रयोगकर्ताको ध्यान मोबाइलमा मात्र हुने हुँदा असंख्य दुर्घटनाका घटनाबाट हामी परिचित नै छौँ। बाटामा हिँड्दा इयरफोन लगाएर, मेसेज च्याट बोल्दै हिँड्या हामीले प्रशस्त देख्छौँ। जसले गर्दा ध्यानलाई एकीकृत गर्न सक्दैनौँ। यसलाई प्रसिद्ध मनोवैज्ञानिकका विलशनका अनुसार ‘विभाजित ध्यान’ अथवा ‘अचेत अवस्था’ भन्नुहुन्छ।उहाँका अनुसार ‘हामी मानव एकचोटिमा ३ ठाउँमा ध्यान दिन सक्छौँ तर एकाग्रता भने एकै ठाउँमा मात्र दिन सक्छौँ।’ बीबीसीमा प्रकाशित समाचार अनुसार अस्ट्रेलियाको मुख्य व्यापारिक सहर मेलवर्नमा ९०५ दुर्घटना पैदलयात्रीका कारण हुने गरेको उल्लेख छ। जसमा १८–२९ उमेरका ८०५ मानिसहरु मेसेज गरिरहेका हुन्छन् भने ७३५ एमपी-थ्री प्लेएरमा मग्न हुन्छन्।मानिसलाई व्यस्त पार्ने र दुर्घटनाको अपरिहार्य हिस्सा सञ्चार बनिसकेको छ। बेलैमा सजगता अपनाए अवश्य पनि घटना न्यूनीकरण गर्नुका साथै आफू र अरु पनि सुरक्षित राख्न सकिन्छ। हामीले प्रत्येक विषयवस्तुको सूक्ष्म अध्ययन गरेको खण्डमा हरेक कुराबाट अवश्य पनि सकारात्मक र नकारात्मक दृष्टिकोण निस्कन्छन्।डिजिटल प्रविधिका केही नकारात्मक पक्षहरु हुँदाहुँदै पनि आजको युगमा यो वरदान पनि हो। घरबाट निस्कनु अगाडि छाता बोक्न सुझाउने, नजानेको सामाग्री खोजी गर्न सहयोग पुर्याउने, एक बटम थिचेको भरमा घरमै खाना अर्डर गर्न सकिने, लुगा लगायतका अन्य किनमेल गर्न सकिने, देश विदेशबारे सजिलै थाहा पाउन सकिने जस्ता यसका उपयोगिता सम्झिदाँ रोमाञ्चकारी कथा जस्तो लाग्छ जुन आज यथार्थ बनेको छ।डिजिटल प्रविधिको सदुपयोग गर्ने बारे आम मानिसहरुलाई जनचेतना जगाउन आवश्यक छ। साथै डिजिटल प्रविधिसँगबाट विश्राम लिएर हरेक दिन केही समय मनोसामाजिक अन्तरक्रियामा बिताउने जीवनशैलीको विकास गर्नु पनि उत्तिकै आवश्यक छ।


Your Views
Related News