कैयौंपटक युवाहरुलाई लाग्ने गर्छ युवतीहरुले मन पराउन के गर्नुपर्ला ? केटीहरुलाई खुशी बनाउन र दिल जित्न धेरै सावधानी अपनाउनु पर्छ । धेरै केटीहरुले समझदार र स्मार्ट पुरुषलाई मन पराउँछन् । केटा, केटीको नजरमा बस्ने र उनको दिलमा राज गर्न तमाम कोशिश गरेपनि सफलता हात पार्न सक्दैनन । आउनुहोस् हामी आज कसरी केटीहरुको मन पर्ने हुने त त्यसको बारेमा चर्चा गरौ ।

राम्रो स्वभाव हुनु पर्छः केटीहरुलाई यस्ता केटा मन पर्छन् जसले महिलालाई सम्मान गर्छन् । यसरी नै तपाइँले आफ्नी प्रेमिकालाई सम्मान गर्नुपर्छ । जब तपाइँ कसैलाइृ माया गर्नु चाहानुहुन्छ भने उसको सम्मान गर्नु पर्छ । बिना सम्मानको माया हुन सक्दैन । आफ्नो भावना काबुमा राखेर उनको विचार सुन्नु पर्छ । कहिल्यै पनि उनको अपमान गर्नुहुँदैन । उनका बितेका कुरा गरेर न्यायाधिस बन्नु हुँदैन ।

व्यक्तित्व हुनु पर्छः सबैभन्दा पहिलो कुरा त सबैको आँखा तपाइँले लगाएको कपडामा जान्छ, त्यसैले पहिलो प्रभाव पार्नलाई कपडा र शरीर राम्रो हुनुपर्छ । यसैले केटीहरुलाई स्टाइलिस्ट र सफा कपडा लगाएको केटा धेरै मन पर्छन् ।

रोमान्टिक हुनुपर्छः रिलेसनशिपमा बस्नको लागि रोमान्टिक हुनु आवश्यक पर्छ । पार्टनर मुड बनाउनको लागि तपाइँ आकर्षक देखिनु पनि पर्छ । जब तपाइँ पार्टनरसँग भेट्नु हुन्छ तब उनको तारिफ गर्ने र घसम्ने योजना बनाउने गर्नुपर्छ । आफ्नो पार्टनरसँग हरपल हासेर आनन्द लिनु पर्छ । त्यस्तै मौका हेरेर विवाहको लागि प्रस्ताव राख्नुपर्छ ।

हासीमजाक गर्ने स्वभावः जुन केटाको स्वभाव मजाक गर्ने हुन्छ, त्यस्ता केटाहरुलाई केटीहरुले धेरै मन पराउछन् । यस्ता केटाहरुमा सेन्स अफ ह्युमर हुन्छ । जोसँग स्कुल तथा कलेजका केटीहरु आकर्षित हुन्छन् । तर जागिरे केटीहरुपनि आकर्षित हुने गर्छन् । मजाक गर्ने केटासँग यदि कोही केटी घुम्न जान्छन् भने कहिल्यै पनि बोर मान्दैनन् र पटक पटक भेट्न चाहन्छन् ।

समझदार हुनुः केटीहरुलाई आत्मविश्वास भरपुर मात्रामा भएको केटा मन पर्छन् । जुन केटामा आत्मविश्वास धेरै हुन्छ त्यस्ता केटामा युवतीहरुले भरोसा राख्छन् । केटाको यहि विशेषताले नै केटीहरुलाई आकर्षित गर्न धेरै मद्दत मिल्छ । कुनै पनि सम्बन्ध निभाउन समझदारी आवश्यक हुन्छ ।

ख्याल राख्नेः सधै आफ्नो प्रेमिकाको कुरामा ध्यान दिनुपर्छ । उसको कुराको जवाफ दिनुपर्छ । यदि उसले गलत कुरा गरेमा ठिक ढंगले सम्झाउनु पर्छ । उनका साना साना कुरा सुन्नुपर्छ ।

हरेकपल साथमा हुनुः सानो सानो कुरामा आफुलाई जोड्नु हरेक केटीको आदत हुन्छ । सम्बन्धमा कुनै पनि दुख आएमा दुखमा साथ दिनुपर्छ । एक अर्कामा आफु भएको भरोसा दिलाउनु पर्छ ।

केटीहरुलाई मन पर्ने अग्ला केटाः केटीहरुलाई अग्लो केटा मन पर्ने सबैभन्दा प्रमुख कारण अंगालो मार्ने समयमा सहज महसुस हुनु हो । अग्ला केटाको लामो हातले केटीको सबैतीर कबर गर्न सक्छ । केटीलाई लाग्छ की लामो कद भएको केटाले शारीरिक सुरक्षा दिनलाई सक्षम हुन्छ । यसैकारण केटीहरु अग्लो केटामा बढि आकर्षित हुन्छन र प्रेमी पनि अग्लो नै चाहान्छन् ।

READ MORE NEWS

डच शाही परिवारको विदा मनाउने काम आलोचित

आम्सटर्डम्स,(एजेन्सी)

एकदिन मात्र देश बाहिर विदा मनाएर फर्केका डच शाही परिवार कोरोना भाइरस महामारीको कारण व्यापक जन आलोचना खप्न बाध्य भएका छन् । राजा विल्लेम अलेकजान्दर र महारानी माक्समिा शुक्रवार विदा मनाउन ग्रिस पुगेका थिए । हुन त शाही दम्पती शनिवार साँझ नै स्वदेश फर्केपनि तिनीहरु जनताको आलोचना सुन्न बाध्य भएका छन् ।नेडरल्यान्डमा अहिले आँशिक लकडाउन लगाइएको छ । यस दम्पतीले सफाइृमा आफुहरुबाट गल्ती नभएको बताएका छन् । यस विषयमा बोलन प्रधानमन्त्री मार्क रट्टेमाथि पनि व्यापक जन दवाव परेको छ । शाही परिवार सकारी विमानमा बसेर विदा मनाउन गए लगत्तै कोभिड १९ संक्रमण नियन्त्रणका लागि जनतालाइ चार्हिं घर भित्रै बस्न हअनुरोध दिने सरकारले तिनीहरुलाइृ किन छुट दिएको भन्दै जन आवाज उठ्न थालेको थियो ।पुर्व निर्धारित समयमै अर्थात शनिवार साँझै तिनीहरुका केएलएम उडान प्राग स्थि राजप्रासादको आकासमा फर्केके थियो । शाही विज्ञप्तिमा कोभिड १९ नियनत्रणका लागि सरकारद्वारा जारी गरिएको निर्देशिका पालना गर्नु जरुरी रहेको र आफुहरुको विदा मनाउने विषयमा बहश छेडेर संक्रण नियनत्रणमा कुन ैटेवा नपुग्न्ो उल्लेख गरिएको छ । नेडरल्यान्डको दैनिक सरकार संचालनमा शाही दम्पतीको कुन ैऔपचारिक भुमिका छैन ।

विश्वकै यस्तो गाउँ जहाँ ८ हजार मानिसले समुन्द्रमा घर बनाए

चीनमा एक बस्ती छ जुन समुन्द्रमा तैरिन्छ । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ । गाउँ १३ सय वर्ष पुरानो हो । वर्तमानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मार्ने काम गर्छन् । उनीहरुलाई टांका भनिन्छ ।चीनमा केही वर्ष पहिले टांका जातिका मानिसहरु शासकको उत्पीडनबाट डराएर समुन्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मार्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् ।समुन्द्रमा माछा मार्ने बस्ती फुजियान राज्यमा दक्षिणपूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनीहरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ । यी मानिसहरु किनारमा पनि आउदैनन् र बाहिरी मानिससँग कुनै नाता राख्दैनन् ।वास्तवमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शासन थियो । उक्त समयमा टांका जनजाति समुहका मानिसहरु युद्धबाट बाच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमिनमा आउने गर्छन् ।

 


Your Views
Related News