इस्टिच्युट अफ स्टेम सेल बायोलजी एन्ड रीजनेरेटिव मेडिसिन्स भारतका वैज्ञानिकहरुले साङ्लेकीराको दुधमा जबरजस्त प्रोटिन हुने पत्ता लागेका छन् । भारतले मात्र नभएर अन्टलान्टाका वैज्ञानिकहरुले पनि साङ्लेकीरामा हुने सुपर पावरलाई लिएर ठुला ठुला दाबी गरिरहेका छन्।साङ्लेकीराको दुध एक तरल पदार्थ हो, जुन उसले आफ्नो सन्तानलाई पिलाउछ । साङ्लेकीरामाथि गरिएको नयाँ खोजले पक्कै पनि तपाईलाई आश्र्चयमा पारेको होला । यसको झोलमा धेरै मात्रामा प्रोटीन, शक्ति र बोसो पाइन्छ ।वैज्ञानिकको अनुसार पैसीफिक बीटल नामको प्रजातिको साङ्लेकीराले आफ्नो बच्चालाई एक उच्च प्रोटिन झोल पिलाउँछ । जसलाई हामी साङ्लेकिराको दुध भन्छौ । यो वास्तवमा सानो सानो क्रिस्टलको रुपमा पाइन्छ । यहि प्रक्रियाले मानिसको लागि सुपर फुड सप्लीमेन्ट बनाउन सकिन्छ ।साङ्लेकीराको दुधमा भैसी र गाईको तुलनामा ३ देखि ४ गुना प्रोटीन र शक्ति पाइन्छ । अथवा उच्च प्रोटीन डाइटको लागि साङ्लेकीराको दुध प्रयोग गर्न सकिने रिसर्च साइन्टिसको दाबा रहेको छ ।

READ MORE NEWS

अब देशमै छ रोजगारी !

काठमाडौं । हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन ।यस तथ्याकंलाई मध्यनजर गर्दा ५ लाख भन्दा बढि मानिसहरु हरेक बर्ष श्रम बजारमा भित्रिन्छन् । उनीहरुमध्य कत्ति उच्च शिक्षाका लागि विदेशीने गर्छन, कोही स्वदेशमै आफ्नो शिक्षालाई निरन्तरता दिन्छन् भने ती मध्य बाँकी आफ्नो पढाइलाई पूर्णविराम लगाउँदै रोजगारीका लागि खाडी मुलुकको यात्रा तय गर्दछन् ।पछिल्ला केही वर्षयत्ति विदेशीनेहरुको लहर ह्वात्तै बढेको पाइन्छ, अहिले पनि श्रम कार्यालय परिसरमा जाने हो भने युवा जमातको ठुलै भिड देख्न सकिन्छ । तर, कुनै खतराको घण्टी बिना नै आएको कोरोना महामारीले विश्व स्वास्थ्यलाई मात्र चुनौती नदिएर अर्थतन्त्रमा राम्रै फड्को मारेका देशलाई पनि नराम्रोसंग प्रभावित पारेको छ ।पछिल्ला ७ महिनामा कोरोनाले व्यापार, व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण कत्ति देशहरुमा आर्थिक मन्दिको अवस्था पनि सृजना भइसकेको छ । र, विज्ञहरुले कोरोना महामारीलाई सन् १९३० को ग्रेट डिप्लेसन भन्दा ठुलो भएको अंकलन गर्दै आइरहेका छन् ।यस विशंम परिस्थितिमा विदेशमा रहेका नेपालीहरु स्वदेश फर्ती हुने क्रम पनि बढिरहेको छ । यस महामारीकै कारण अर्को वर्षभित्र विदेशमा विभिन्न प्रयोजनका लागि बसोबास गर्दै आइरहेका करिब ७ लाख नेपालीहरु स्वदेश फर्किने अनुमान गरिएको छ । र, यो संकटबाट बच्नका लागि नेपालले करिब १० लाख नयाँ रोजगारी सृजना गर्न आवश्यक छ ।

विदेशबाट फर्किने नेपालमी र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउदै समयमै यस समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ । विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपलमा करिब ३१ प्रतिशत बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् ।रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीका अनुसार “नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् । हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।”लकडाउनले गर्दा रोजगारी गुमाएका देखि लिएर श्रम बजारमा भर्खरै प्रवेश गरेका फ्रेसरहरुलाई पनि रोजगारी डटकममा विभिन्न अवसरहरु छन् । यसका लागि मोबाइल एपलिकेसन, वेव ब्राउजर, रोजगारी पसल, घुम्ती रोजगारी पसलमा भ्रमण गरेर उचित रोजगारी, तालिम वा स्व—रोजगारी हासिल गर्न सकिने छ ।

गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर भण्डार गरेको गोदाममा राजश्वको सिल

काठमाडौं, कात्तिक २ : आन्तरिक राजश्व विभागले गुणस्तर नपुगेको भन्दै बजारमा लैजान रोक लगाएको गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर गोदाममै सिल गरेको छ। ब्रुअरीको नवलपरासी गोदाममा विभागले सिल गरेको हो।गुणस्तर घटाएर ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरी उत्पादन गरेका सानमिगल, टुबोर्ग, काल्सवर्ग र गोर्खा वियर बजारमा लैजान रोक लगाएर गादामै सिल गरेको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले काठमाडौं प्रेसलाई बताए। ‘गुणस्तर घटाएका गोर्खा ब्रुअरीका वियर राखेको नवलपरासी गोदाम हामीले सिल गरेका छौ’, कुँवरले भने, ‘गुणस्तर घटेपछि सोही अनुसार अन्तशुल्क नतिरेसम्म सिल हट्दैन।’

भाग १ : गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरको गुणस्तर लोकल रक्सी सरह भएको विभागको ठहर

विभागले वियरको लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नु पर्नेमा ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको भेटेपछि बजारमा लैजान रोक लगाएको हो। गोर्खा ब्रुअरीले गुणस्तर घटेको आन्तरिक राजश्व विभागको निरीक्षणबाट फेला परेपछि अहिले भने मापदण्ड अनुसारको उत्पादन सुरु गरेको छ। विभागले मापदण्ड पुरा गरेर उत्पादन गरेका बियर भने बजारमा लैजान खुला गरेको छ। ‘नयाँ उत्पादनमा मापदण्ड पुरा भए ती बजारमा जान पाउँछन्’ कुवँरले भने। गोर्खाले उत्पादन गरेर यसअघिनै बजारमा पठाएका टुवोर्ग, सानमिगल, काल्र्सवर्ग र गोर्खा वियरमा पनि कनिकाको मात्रा बढी भएको हुन सक्ने विभागले जनाएको छ। ‘अहिले बजारमा भएका वियरहरुमा पनि मापदण्ड नपुगेको हुन सक्छ’ विभागका एक अर्का अधिकारीले भने, ‘त्यसमा पनि हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ, उपभोक्ताबाट पनि सहयोग होस् भन्ने हाम्रो चाहना छ।’

भाग २ : ९० करोड अन्तःशुल्क नतिरे गोर्खा ब्रुअरीको वियर बजारमा जान नपाउने

गोर्खा बु्रअरी नेपाली वियर बजारमा सबैभन्दा धेरै क्षेत्र ओगटेको कम्पनी हो। गोर्खाका चार वटै वियरले राम्रो बजार हिस्सा लिएका छन्। तर कम्पनीले गुणस्तरमा सम्झौता गरेका कारण सरकारले अहिले अतिरिक्त अन्तशुल्क लगाउने निर्णय गरेको हो। कानुन अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तशुल्क लाग्छ भने ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग भएमा प्रति लिटर ४ सय २३ रुपैयाँ अन्तशुल्क लाग्छ। गोर्खा ब्रुअरीले स्टकमा राखेको ४ लाख ३७ हजार बक्सको मात्रै अतिरिक्त अन्तशुल्क ९० करोड रुपैयाँ हुन आउँछ। विभागले ९० करोड रुपैयाँ अन्तशुल्क नतिरेसम्मे नवलपरासीको गोदाम नखोल्ने जनाएको छ।सन् १९८९ मा खेतान समूह र काल्सवर्ग समूहको सयुक्त लगानीमा गोर्खा ब्रुअरी सुरु भएको हो। सन् २०१० मा काल्सवर्ग समूहले अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हालेको थियो। गोर्खा ब्रुअरी यसअघि पनि कर छलिको अनुसन्धानमा परिसकेको छ।


Your Views
Related News