मृतककी छोरी भन्छिन्– ‘प्रहरीकहाँ धाएर थाकेका थियौं, अब बुवाको आत्माले शान्ति पायो’

काठमाडौं । ‘हिँड् काम गर्न जाउँ, इँट्टाभट्टामा काम पाइन्छ ।’ मकवानपुरको भीमफेदी नगरपालिका–८ कोगटे गाउँका डिलबहादुरलाई गाउँकै दुईजना साथीले यस्तो प्रस्ताव गरे । घरमा ४ जना छोरी थिए, श्रीमती गर्भवती थिईन् । घर धान्न डिलबहादुरलाई कामको जरुर आवश्यकता थियो । साथीहरुको प्रस्ताव स्वीकारेर उनी काठमाडौं आए । ललितपुरको गोदावरीस्थत झरुवारासीको आर.एस ईट्टाभट्टामा ३६ वर्षीय डिलबहादुर योञ्जन र उनका दुई साथी भिमसेन घागामगर र रामकृष्ण चुनीमगर सँगै काम गर्न थाले । सँगै बस्थे । ०६६ वैशाख २८ मा भिमसेन र रामकृष्ण मिलेर डिलबहादुरको हत्या गरे । भात नपकाएको निहुँमा कोदाली (फरुवा)को बिँडले हिर्काउँदा गम्भीर घाइते भएका उनको वीरअस्पतालमा मृत्यु भयो । साथीको हत्यापछि भारतको नयाँ दिल्लीतिर भागेका उनीहरु ११ वर्ष लुके । एघार वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्रेर काठमाडौं ल्याएको छ ।  आईतबार केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा डिलबहादुरकी दुई छोरी गमला र कमला आफ्नो बावुको हत्यारा हेर्न पुगेका छन् ।

‘बुुवाको हत्यारा पक्रेको सुनेपछि रातभर निन्द्रै लागेन्’ केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुल थापासँग डिलबहादुरकी छोरी गमलाले भनिन्–‘एकपटक अनुहार हेर्न मन लागेर काठमाडौं आएँ ।’  ‘थाकेका थियौं’बुवाको हत्या हुँदा गमला योञ्जन १४ वर्षकी थिइन् । माईली बहिनी कमला १० वर्षकी । ‘आमाको चार महिनाको गर्भ थियो’ कमलाले भनिन्–‘त्यस्तो बेला घरबाट फकाएर ल्याएर बुवाको हत्या गरे ।’  निम्नवर्गीय सो परिवारको राज्यसत्ता सम्म पहुँच थिएन् । ‘हाम्रो लागि लड्ने कोही छैन जस्तो लागेको थियो तर, प्रहरी रहेछ’ गमलाले रातोपाटीसँग भनिन्–‘गरिबको लागि कानुन छैन जस्तो लाग्थ्यो तर, कानुन रहेछ ढिला भएपनि न्याय पायौं ।’ डिलबहादुर पत्नी निर्मलाको पहुँच थिएन् । तर, छोरी गमलाले एसएसली पास गरेपछि बुवाको हत्यारा खोज्ने अठोट गरिन् ।  घटनाको फलो गरिन् ।  ‘बहिनी र म कुरा गथ्र्यौ’ डिआईजी थापाको कार्यकक्षमा गमलाले भनिन्–‘भाईले भविष्यमा बुवा खोज्ला, के जवाफ दिने भन्ने लाग्थ्यो ।’ बुवा बितेकै वर्ष कातिकमा भाई जन्मियो । घटनास्थल चापागाउँ प्रहरीको कार्यक्षेत्रमा पर्ने हुनाले दिदिबहिनी धेरै पटक त्यहाँ धाए । चापागाउँको प्रहरीले भन्यो–‘फाईल मकवानपुर पठाएको छ, त्यतै जानु ।’

मकवानपुर प्रहरीले भन्यो–‘फाईल यहाँ छैन्, उतै बुझनु’ 

‘हिम्मत हरिसकेका थियौं, माया मारेका थियौं’ गमलाले भनिन्–‘पोहोर जेठमा सिआईबीबाट इन्स्पेक्टर मणि थापाले फोन गरेर भने– ‘हेल्प गर्नुपर्छ है, हामी तपाईको बुवाको हत्यारा खोज्दै छौं’ भनेपछि मलाई फेरि आश लाग्यो ।’ ०७६ जेठमा तातेको सिआईबीको टोली फेरि सेलायो । गमलाले इन्सपेक्टर मणिलाई फोन गरेर सोधिन्–‘सर, सेलाउनु भो त ?’

कोगटेबाट परिवार समेत लगेर भारतमा लुकेका हत्यारालाई केही गर्न सकिन्न भन्ने डिलबहादुरका छोरीहरुलाई लाग्थ्यो । तर, शुक्रवार सिआइबीले गमलालाई फोनबाट जानकारी दियो–‘हत्यारा पक्रिएर ल्याउँदै छौं, हल्ला नगर्नु ।’  गमलाले आफ्नी बहिनीलाई सो कुरा सेयर गरिन् । त्यो रात उनी निदाइनन् । भोलिपल्ट सुमो चढेर काठमाडौं आइन् । ‘पत्यारै लागेको थिएन्’ रातोपाटीसँग उनले भनिन्–‘हिरासतमा हत्याराको अनुहार देखेपछि बल्ल पत्याएँ ।’  सहकुल थापाको कार्यकक्षमा गएर गमला र कमलाले हात जोडेर भने–‘हाम्रो लागि कटिबद्ध भएर लाग्नुभयो, हाम्रो परिवारको गुमेको खुसी फिर्ता ल्याईदिनु भयो, धन्यवाद ।’

हत्याराको धम्की–‘बावु मारेँ, अब तिम्रो पालो !’

डिलबहादुरलाई मारेर भिमसेन र रामकृष्ण कोगटे गए । उनीहरु मामा–भाञ्जा हुन् । अचानक डिलबहादुरकै घरमा पुगेपछि १४ वर्षीया गमलाले सोधिन्– ‘मेरो बुवालाई किन मारेको ?’ ‘त्यो भन्दा मलाई रामकृष्णले धम्की दिए–गमला भन्छिन्–‘तेरो बाउलाई त मारेँ, अब तेरो पालो भनेर मलाई धम्की दिए ।’ अनि, वैशाख ३० मा उनीहरु गाउँबाट भागे ।  ०६८ मा उनीहरुले कोगटेबाट परिवार पनि दिल्ली लगे । त्यतिबेला प्रहरीलाई खबर गर्न नसक्दा योञ्जन परिवार लामो सयम न्यायको खोजिमा तड्पियो ।

मजदूरी गरेर हरियाणामा जग्गा

रक्सौलबाट ट्रकमा दिल्ली गएका हत्या आरोपीले शुरुमा कागज कारखानामा काम गरे । दिल्ली स्ट्रेट इन्डष्ट्रियल एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड नरेलामा ८ वर्ष उनीहरुले कागजको कप बनाउने काम गरे । परिवार दिल्लीमै लगे । कागज कारखानामा ८ वर्ष काम गरेपछि भिमसेनले अटो रिक्सा किनेर चलाउन थाले । रामकृष्ण प्लाष्टिकको झोला बनाउने कारखानामा काम गर्थे । दुवैको परिवारले ‘भारतीय आधार कार्ड’ लिए ।  आफ्नो परिचय लुकाए । ‘भिमसेनले भिमसिंह थापा र रामकृष्णले श्यामबावु चुनीको नाममा आधार कार्ड लिएको भेटियो’ अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरे भन्छन् ।रामकृष्ण चुनीमगरले हरियाणामा जग्गा समेत किनेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । दिल्लीमै घरजम गरेर कानुनी कारवाहीबाट बच्ने उनीहरुको योजना अन्ततः असफल भयो । योन्जन परिवारले ११ वर्षपछि न्याय पाए।

READ MORE NEWS

ओली – प्रचण्ड वार्ता सकियो, के भयो कुराकानी ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको आज (आईतवार) भएको छलफल सकिएको छ ।प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएको जानकारी अनुसार पछिल्लो समय उत्पन्न विवाद लगायत अन्य विविध राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बसेको बैठक केहिबेरअघि सकिएको हो ।बैठकमा समसामयिक राजनीतिक गतिवीधि लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।पछिल्लो समय कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रकरण र मन्त्रिपरिषद्‌ पुनर्गठनपछि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बाक्लो भेटघाट भएको थिएन ।

हैदराबादलाई कोलकाताको मध्यम लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । कोलकातालाई मध्यम लक्ष्य सम्म पुर्याउन विकेटकिपर दिनेश कार्तिक तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे । अन्तिम बलमा क्याच आउट भएका कप्तान ओईन मोर्गन २३ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । पाँचौं विकेटका लागि मोर्गन र कार्तिकले ३० बलमा ५८ रनको साझेदारी गरे ।कोलकाताले सुरुवात राम्रो गरेपनि मध्यक्रममा लगातार विकेट गुमाउन पुगेको थियो । पहिलो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ६ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । छैटौं ओभरको अन्तिम बलमा टि नटराजनले त्रिपाठीलाई २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर राशिद खानको १२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका गिल लङअफमा युवा ब्याट्सम्यान प्रियम गर्गले उत्कृष्ट क्याच लिएपछि ३६ रनमा पेभिलिएन फर्केका थिए । गिलले ३७ बलमा ५ चौका प्रहार गरे ।

लगत्तै १३ औं ओभरको पहिलो बलमा नितेश राणालाई विजय शंकरले मिडविकेटमा गर्गबाट २९ रनमा क्याच आउट गराए । राणाले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । नटराजनको १५ औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल डिप मिडविकेटमा ९ रनमा विजय शंकरबाट क्याच आउट भएपछि कोलकाताको ठूलो योगफल टाढिएको थियो ।टि नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । विजय शंकरले ४ ओभरमा २० रन खर्चेर १ विकेट हात पारे । विशाल थाम्पीको नाममा १ विकेट रह्यो ।


Your Views
Related News