जनकपुरधाम : जनकपुरधामको एक मन्दिरमा दशैंको १० दिन पुरुष श्रद्धालुहरुले देवीको दर्शन गर्न पाएपनि महिलाहरुलाई भने नारी शक्तिकी प्रतिक आदी शक्ति स्वरुपा माता राजदेवीको पूजा गर्नबाट रोक लगाईन्छ।दशैं बाहेक अन्य दिनहरुमा भने मन्दिरमा पूजा गर्न पुग्ने महिलालाई कुनै बन्देज हुँदैन। तर, दशैंको घटस्थापनादेखि विजयादशमीसम्म मात्रै महिलाहरुलाई मन्दिर प्रवेशमा प्रतिबन्ध लगाउने गरिएको छ। मन्दिर प्रवेश गर्न नपाएपछि महिलाहरुका लागि झ्यालबाटै पूजा गर्न व्यवस्था मिलाउने गरिन्छ।जनकपुरधामस्थित प्रसिद्ध राजा जनककी कुलदेवी समेत मानिएकी माता राजदेवीको दर्शनका निम्ति दशैंको १० दिन पुरुष श्रद्धालुहरुलाई मन्दिरभित्र प्रवेश गर्न रोक हुँदैन।यसबारे राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरीले आफुहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने बताउँछन्।भन्छन् ‘वर्षोदेखि चल्दै आएको परम्परालाई हामीले तोड्न मिल्दैन।’

दशैंको १० दिनसम्म नारी आदि शक्तिको अलग अलग स्वरुपलाई निष्ठापूर्वक पूजा अराधना गरिएपनि महिलाहरुलाई नै मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठुलो नमूना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ।हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले लैंगिक विभेद जस्ता कुरितीलाई एक्कासी तोड्न नसकिने बताउँदै यसका लागि आफुहरु प्रयास गर्ने दाबी गरिन्।‘महिला र पुरुष जन्मिने बित्तिकै विभेद सुरु हुन्छ। महिलाले यो काम गर्नुहुँदैन। त्यो काम गर्नुहुँदैन जस्ता मानसिकता बनाईन्छ। जसले गर्दा महिला स्वयंले पनि यस्ता कुराहरु स्वीकार्न तयार हुन्छन् र लादिएको कुरितीलाई पछ्याईरहन्छन्’ उनले भनिन्।

READ MORE NEWS

अर्थतन्त्र भयावह स्थितिमा पुग्दै छ, तत्काल केही गरौँ

गत आर्थिक वर्ष २०७६-०७७ को अन्तिम त्रैमासिक अर्थात् चैत दोस्रो सातादेखि नेपाल बन्दाबन्दीमा पर्यो । लगातार साढे ४ महिनाको बन्दका कारण अर्थतन्त्र चलायमान बनाउने सबै क्षेत्र ठप्प बने । त्यसपछि खुल्ने र बन्द हुनेसँगै महामारी पनि बढेपछि आममानिसको ‘मुभमेन्ट’ नै घट्यो। मानिसहरुको क्रयशक्ति पनि ह्वात्तै घट्यो । महामारीका कारण विश्वव्यापी रुपमै मन्दी आएको छ । विश्व उत्पादन र आपूर्ति शृंखला प्रभावित भएसँगै विश्व अर्थतन्त्रमा ४ दशमलव ९ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा संसारभरि नै कुल गार्हस्थ उत्पादन वा जिडिपी ठूलो मात्रामा खस्कने अनुमान गरेको छ ।शक्तिशाली मानिने अमेरिकामा पनि ५ दशमलव ९ प्रतिशत र युकेको हकमा ६ दशमलव ५ प्रतिशतले अर्थतन्त्रमा संकुचन आउने अनुमान छ। समग्र विश्वको अर्थतन्त्र नै यो वर्ष तीन प्रतिशतले खस्कने प्रक्षेपण गरेको गरिएको छ । जुन सन् १९३० को दशकको गम्भीर आर्थिक मन्दीयताको सबैभन्दा खराब अवस्था हो ।नेपालको सन्दर्भमा विगतमा ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि भएको देखिन्छ । पछिल्लो समय यो घट्न थालेको थियो । कोभिडका कारण बन्द हुनुभन्दा पहिल्यै नै हामीले यो २ प्रतिशतभन्दा माथि जान सक्दैन भनेर भनिसकेका थियौँ । यस्ता संकट आउँछन्, बेला–बेला । त्यता संकटकोे वास्तविकता अथवा क्षतिको यकिन गर्न २ देखि ३ वर्षको अवधि लागेको देखिन्छ । अहिलेको संकट त एकदम डरलाग्दो देखियो, यसको प्रभाव ३ हप्तामै देखियो । यसले अवस्था कति डरलाग्दो भएको छ भन्ने कुरा स्पष्ट पार्छ ।महामारीका कारण अहिले खाद्यसंकट असाध्यै बढेको छ । ६ महिनादेखि २३ महिनासम्मका ४६ प्रतिशत बालबालिका न्यूनतम पोषणयुक्त खानेकुरा खान बाध्य छन् । यस्तो अवस्थाले कुपोषण ह्वात्तै बढ्ला भन्ने डर बढिसकेको छ । उत्पादन क्षेत्र बन्द छन् । पछिल्लो एक दशकको तथ्यांक हेर्दा ३ लाख ५४ हजार मानिसले मात्रै रोजगारी पाएको देखिन्छ । अहिले त पूर्ण रुपमा बन्द भयो । सबै क्षेत्रको काम बन्द भयो । पर्यटकको आगमन शून्य भयो । अत्यावश्यक उपभोग्य सामग्रीबाहेक बजारमा किनबेच बन्द भयो । मानिसहरु बेरोजगार भएका छन् । कैयौँको रोजगारी गुमेको छ । श्रम बजारमा बेरोजगारको संख्या दैनिक बढिरहन्छ । वैदेशिक रोजगारीमा गएकाहरू अधिकांश घर फर्किनुपर्ने बाध्यतामा छन् । हाम्रो आयात र निर्यात पनि बन्द भयो । सरकारी आम्दानीको मुख्य स्रोत राजस्वमा ठूलो धक्का लाग्यो । खर्च बढेकोबढ्यै छ ।

कृषि क्षेत्रको हालत उस्तै छ । काठमाडौंसँगै जोडिएका धादिङ र काठमाडौंका कृषि उत्पादन पनि काठमाडौं ल्याउन सकिएको छैन । हामीले यत्रो खर्च गरिरहेका छौँ । एउटा गतिलो कोल्डस्टोर पनि बनेको छैन । यस्तो बेलामा दूध सडकमा पोखिएको छ । मिल्क कलेक्सन र प्रोसेस गर्ने कम्पनी ठाउँ–ठाउँमा खोल्न सकेको भए दुग्ध उत्पादनका क्षेत्रमा पनि काम हुन्थ्यो । उता, झापामा चिया बगानले बजार नपाएपछि अब उत्पादन नगरेर अर्को बाली लगाउनुपर्छ भन्ने कुरा भयो । महत्वपूर्ण बाली धानको उत्पादन पनि १ दशमलव ७ प्रतिशतले घट्यो । कुल गार्हस्थ उत्पादनका त्यत्रो योगदान दिने क्षेत्र कृषिमा यस्तो अवस्था भएको  छ ।  अस्पतालमा पूर्वाधार केही पनि बढाउन सकेका छैनौँ । यस्तो भयावह अवस्थामा पनि पहिला जति थिए, त्यति नै आइसियू छन् । जति भेन्टिलेटर थिए, त्यति नै छन् । २५ हजारभन्दा बढी संक्रमण एक दिनमा भयो भने हस्पिटलले थाम्न सक्ने अवस्था छैन भनिएको छ । योबाहेकका बिरामीको हालत के भएको छ ? कहाँ कस्तो अवस्थामा छन् ? कति खर्च बढेको होला ? यसबारे हामी सबै बेखबर छौँ ।हाम्रो कुल गार्हस्थ उत्पादन नेगेटिभतिर जाँदै छ । अर्थतन्त्रका अन्य सूचक कमजोर बन्दै छन् । अहिलेको अवस्था त समग्रमा नेगेटिभ ग्रोथतिर जाँदै छ । हाम्रो ऋण बढ्याबढ्यै छ । भर्खर आएका अर्थमन्त्रीले आउनेबित्तिकै २ सय मिलियन डलरको ऋणपत्रमा हस्ताक्षर सुरु गरेर पदभार ग्रहण गरे । हरेक हप्ताजसो ऋण आई नै रहेको छ । पछिल्ला १५ वर्षको तथ्यांक हेर्दा सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको २५–२६ प्रतिशतको बीचमा रहेको देखिन्थ्यो । अहिले त झण्डै–झण्डै ४० प्रतिशतका छुने स्थितिमा गइसक्यो । आयात–निर्यातमा हेर्ने हो भने पनि उस्तै छ । बजारमा माग नै नहुँदा आयात छैन । यसले राजस्वमा असर पर्यो । अर्को कुरा आयात गर्दा हाम्रो मुद्रा कमजोर स्थितिमा हुँदा वस्तुको मूल्य महँगो भएर आउने भयो ।अहिले साना तथा मझौला उद्योग ८० प्रतिशतभन्दा बढी बन्द भएका छन् । यो उद्योगले मात्रै कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत त योगदान दिएको थियो ।    यी साना मझौला उद्योग घर–परिवारले मात्रै चलाउने पनि हजारौँ छन् । यस्तोमा दूरी कायम गरेर चलाउन दिएको भए यस्तो अवस्था सिर्जना हुन्थेन । तर, उद्योग बन्द भए अनि त्यस्ता उद्योगहरुको ऋण नै ४ खर्ब पुग्न लागिसक्यो ।

बैंकहरुले ऋण सकेनन् र उद्योगपतिले ऋण लिन सकेनन् भने त बैंकहरु चल्दैनन् । अहिले अवस्था त्यही देखियो । बैंकहरुमा जम्मा भएको निक्षेप मात्रै बढेर २ खर्ब पुगिसकेको थियो । त्यसलाई सहयोग गर्न राष्ट्र बैंकले अलिकति भए पनि राहत प्रदान गर्नका लागि केही रकम खिचेको छ । वैदेशिक रोजगारीबाट कति धानिरहेको थियो । अब अहिले नै ८ लाख जति त फर्किहाल्नुपर्ने अवस्था छन् ।हाम्रो ऋण बढिरहेको छ । यसलाई तिर्ने दायित्व बढिरहेको छ । किनभने, अहिलेसम्मको अवस्थामा मात्रै ९ दशमलव १५ प्रतिशतले हाम्रो मुद्रा अवमूल्यन भएको छ । यसले हामीले तिर्नुपर्ने ऋणको दायित्व ह्वात्तै बढिहाल्छ ।  यसलाई अर्थशास्त्रको भाषामा भन्दा आम्दानी छैन, माग पनि छैन र आपूर्ति पनि छैन । अर्थतन्त्र चलायमान बनाउने सबै अंग नै घाइते भएका छन् । जसले सिंगो अर्थतन्त्रलाई घाइते बनाएको छ । समग्रमा हामी गरिब बन्दै छौँ । हाम्रो १९ प्रतिशत गरिबीको संख्या रहेकोमा बढेर कुल जनसंख्याको झण्डै ४९ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनि पुग्ने अवस्था छ । अवस्था यस्तो भयावह हुँदा सरकारको व्यवस्थापन निकै कमजोर छ । यति खर्च गर्यौं भनेर देखाउने, तर त्यसको प्रभाव शून्य हुने अवस्था भनेको सरकार असफल हुँदै छ । व्यवस्थापन भने राम्रो छैन ।अर्थतन्त्रको सिद्धान्तले के भन्छ भने, हामीले वित्तीय सुविधा दियौँ भने हाउसहोल्ड लेभलमा त्यसको प्रभाव देखिनुपर्छ । अनि पो उपभोक्ताको शक्ति बढ्छ र बजारमा खर्च हुन्छ । तर, हाम्रोमा एकातिर पैसाको खोलो बगिरहेको छ, अर्कोतिर मानिस भोक र रोगले मरिरहेका छन् । समस्या त आएको छ, तर यसबाट कमभन्दा कम क्षति व्यहोर्नका लागि सही व्यवस्थापन आवश्यक हुन्छ । कैयौँ देशले बन्द नगरी नै भाइरस कन्ट्रोल गरिरहेका छन् । हाम्रो सरकारले त कुरा मात्रै गर्ने काम केही नगर्ने प्रवृत्तिमा जोड दिएको छ । सरकारले न त जानकार वा विज्ञहरुको कुरा सुन्छ । न त निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । हाम्रो बजार त निजी क्षेत्रले धानेको छ । तर, लकडाउनबीचका अधिकांश कुरा सरकारले एकलौटी ढंगले निर्णय गरेको छ । हवाइजहाज खोल्दा बन्द गर्दा उद्योगीसँग कुरा गरिएको छैन । उद्योग खोल्दा र बन्द गर्दा पनि सल्लाह गरिएको छैन । यति मात्रै हो र ? संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समेत सामान्य सरसल्लाह गर्दैन । खाली दण्ड र जरिवाना मात्रै गरेर हुन्छ ? यस्तो पनि सिस्टम हुन्छ ? यतिबेला सरकारले गत वर्ष खर्च नभएको रकम पनि धेरै थियो । भिजिट नेपालको कुरा थियो, मोनो रेल, मेट्रो रेलको कुरा थियो । त्यो सबैजेड्दा झण्डै ८० अर्बबराबर रकम थियो । त्यो लगानी गरेर पनि नयाँ रोजगारी सिर्जना गर्न सकिन्थ्यो । विकास क्षेत्रको काम अगाडि बढाएर केही रोजगारी सिर्जना गर्न सक्थ्यो । खानी उत्खननको कुरा थियो । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारसँगको सरसल्लाहमा निजी क्षेत्रलाई सँगै लिएर पब्लिक प्राइभेट पार्टनरसिपमा काम गर्न सक्थ्यो । रोजगारी सिर्जना गर्न सक्थ्यो । लगानी चलायमान बनाउन सक्थ्यो । मानवजीवनलाई सुरक्षा दिन सकिन्थ्यो । लागत त अलिकति त बढ्छ, तर आफ्ना नागरिकको सुरक्षा त भयो नि ! जताजतै आलोचना भइरहँदा सरकारले आत्ममूल्यांकन गर्नुपर्ने होइन ?  यो वर्षको अन्त्यसम्ममा नेगेटिभ ग्रोथ (जिरो ग्रोथ) हुने अवस्था हुन्छ । यो भनेको ज्यादै भयावह स्थिति हो । अहिलेको स्थिति कति वर्ष हो थाहा छैन । हामी अर्काको ऋण तिर्न सक्दैनौँ । ब्ल्याक लिस्टेड हुन्छौँ । यो अवस्थाबारे ख्याल गरिएन भने हामी दुर्घटनामा पर्न सक्छौँ । तत्काल सबै क्षेत्रका मानिस राखेर पुनःउत्थान कमिटी बनाऔँ ।


Your Views
Related News