बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!

चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना ।  पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ ।  मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ । हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।

TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ६,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । साथै निम्न उपहारहरु जित्नु हुनेछ ।

S.N. Prizes Details
1. Vision Concern Rs. 1,500 worth 10 vouchers
2. KKFC Rs 1,000 worth 20 vouchers
3. TFT Rs 5,000 worth 4 vouchers
4. Daraz Rs 1,000 worth 12 vouchers
5. Bennevis ice cream Rs 2,000 worth 9 vouchers
6. ACDC Rs 1,000 worth 10 vouchers
7. Bhoj Rs 500 worth 30 vouchers
8. Gyapu Re.1 game
9. Miniso Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
10. Aamayra Fashion House 1 product + Rs.300 worth 20 vouchers
11. Lane 88 Rs 1,000 worth 10 vouchers
12. UFO Rs 500 worth 20 vouchers
13. Philips One product
14. Designer Atelier Rs 1,000 worth 10 vouchers
15. TITAN Rs 1,000 worth 10 vouchers
16. Maya Crafts Rs  1,000 worth 10 Vouchers
17. Yeti Strong Rs 1,000 worth 10 vouchers
18. Ceramic pro Rs 1,000 worth 10 vouchers
19. Sasto Tickets 2 Couple trip to Pokhara
20. INA 3 gifts and Rs.1,000 worth 6 vouchers
21. eSewa Privilege 50 Subscriptions worth Rs. 180

 

**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।

**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।

यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:

१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।

नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।

२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।

३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।

४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।

६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।

८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।

READ MORE NEWS

नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु : केही ठाउँमा हल्का कुहिरोunn.prixa.net

काठमाण्डौ – नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ । दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् बासीले जानकारी दिनुभयो ।आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्ष गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोजको ३० गते बाहिरिएको थियो ।


Your Views
Related News