आज १९ अक्टुबर । सन् १७८१ अफिसर जनरल लर्ड कोर्नवालिज नेतृत्वको झन्डै ८ हजार बेलायती फौजले  भर्जिनियाको योर्कटाउनमा आत्मसमर्पण ग¥यो । यससँगै फ्रेन्च–अमेरिकी सेना विजयी भयो, संयुक्त राज्य अमेरिकामा क्रान्ति पूरा गरेर बेलायती शासन अन्त्य गर्न यो घटनाको ठूलो भूमिका छ ।लर्ड कोर्नवालिज अमेरिकी क्रान्तिका दौरान सर्वाधिक सक्षम बेलायती जनरलमध्ये एक थिए । सन् १७७६ मा  जनरल जर्ज वासिङटनको राष्ट्रवादी सेनालाई उनले न्यु जर्सीबाट खेदेका थिए, अनि १७८० मा दक्षिण कारोलिनमा जनरल होरेसियो गेट्सको राष्ट्रवादी सेनाविरुद्ध विजय हात पारेका थिए । तर, उत्तरी कारोलिना कब्जा गर्ने क्रममा धेरै क्षति भयो ।त्यसपछि अप्रिल, १७८१ मा आफ्ना थकित सेना लिएर उनी भर्जिनिया तटतर्फ निस्किए, जहाँबाट समुद्री बाटो हुँदै जनरल हिलारी क्लिन्टनसँग सम्पर्क गर्ने उनको योजना थियो ।भर्जिनियाका बस्ती र खेतीमा शृङ्खलाबद्ध ढङ्गले आक्रमण गरेपछि अगस्टमा कोर्नवालिस योर्कटाउन गएर  बसे, यसपछि उनले योर्क नदी आसपासको ग्लुसिस्टर पोइन्टलाई आफ्नो किल्ला बनाए । लगत्तै, ५ हजार अमेरिकी सेनाको नेतृत्व गरिरहेका माक्र्यिुस् डि लाफायेट्टे जर्ज वासिङटनको निर्देशनअनुसार कोर्नवालिजलाई घेर्न योर्कटाउनतर्फ बढे ।यस समय जर्ज वासिङटनको नेतृत्वमा न्युर्योकमा २ हजार ५ सय अमेरिकी सेना थिए, उनीहरुलाई काउन्ट डि रोचाम्ब्यु नेतृत्वको ४ हजार फ्रेन्च सेनाको साथ थियो ।  जर्ज वासिङटन र डि रोचाम्ब्युले काउन्ट डि ग्रेसीको कमाण्डमा रहेका जलसेनाको सहयोगमा योर्कटाउन पुगेर कोर्नवालिजमाथि आक्रमण गर्ने योजना बुने, अनि २१ अगस्टमा उनीहरुले योर्कटाउनको दक्षिणतर्फ जान हुडसन नदी पार गरे । १५ दिनमा २ सय माइल्स यात्रा गर्दै गठबन्धन सेना सेप्टेम्बरको सुरुमै चेसापिक खाडी पुग्यो ।यता, एडमिरल थोमस ग्रेभ्स नेतृत्वमा रहेको बेलायती जलसेना ५ सेप्टेम्बरमा भर्जिनिया केप्सको लडाइँमा फ्रेन्च जलसेनाको सर्वोच्चता तोड्न असफल भयो, कोर्नवालिजले सोचेजसरी बेलायती सेना बलियो हुन सकेन । यता, चेसापिक आइपुगेको फ्रेन्च–अमेरिकी सेना डि ग्रेसीको सहयोगमा १४ सेप्टेम्बरदेखि भर्जिनियातर्फ हिंड्यो, भर्जिनियामा उनीहरुलाई लाफायेट्टेले संयोजित गरे । २८ सेप्टेम्बरसम्म आइपुग्दा उनीहरुले मिलेर योर्कटाउनलाई घेरा हालिसकेका थिए । यतिबेलासम्म ३ हजार फ्रेन्च सेना र अत्याधुनिक हतियारसहित डि ग्रेसी आफै पनि योर्कटाउन आए ।यसरी अक्टुबरको सुरुवाती दुई साता १४ हजारभन्दा धेरै फ्रेन्च–अमेरिकी सेनाले ब्रिटिस सेनामाथि धावा बोल्यो । यसपछि ७ हजार सैनिक बोकेको ठूलो बेलायती जहाज कोर्नवालिजको  उद्धारमा हिंडेको थियो, तर ढिला भयो । १९ अक्टुबरमै आफ्ना ७ हजार ८७ सेना, ९ सय सहयोगी १ सय ४४ युद्धपोत, एउटा ठूलो युद्धजहाज, १५ वटा डुङ्गा र ३० वटा मालवहाक जहाजसहित कोर्नवालिजले आत्मसमर्पण गरे । बिरामी भएको कारण देखाउँदै उनले आत्मसर्पण समारोहमा सहभागिता जनाएनन्, तर उनका दोस्रा कमाण्डर जनरल चाल्र्स ओ हाराले कोर्नवालिजको तरबार फ्रेन्च–अमेरिकी कमाण्डरहरुलाई बुझाए । योर्कटाउनमा राष्ट्रवादीहरुको यो जित अमेरिकालाई स्वतन्त्रता दिलाउने आधार बन्यो,  सन् १७८२ बाट शान्तिवार्ता सुरु भयो । अनि, ३ सेप्टेम्बर, १७८३ मा ‘पेरिस सम्झौता’ मा हस्ताक्षर भयो, जसअनुसार आठ वर्षको लडाइँ समाप्त भएर अमेरिकाले स्वतन्त्र देशको मान्यता पायो । ३० अप्रिल, १७८९ मा जर्ज वासिङटनले अमेरिकाको पहिलो राष्ट्रपतिका रुपमा सपथ लिए ।

READ MORE NEWS

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष तथा उपचारका अन्य प्रविधिलाई लुकाइराखेका छन् । स्वास्थ्य बजारमा अक्सिजन सिलिन्डरको कमी देखाइएको छ । यसको अर्थ हो, अब मानवीय समवेदना हराउँदै जान थालेको छ र त्यो मुनाफा कुम्ल्याउने दिशामा प्रवृत्त हुँदै गएको छ । अर्कोतिर दसैं, तिहार र छठजस्ता चाडपर्वको आगमनसँगै आम जनतामा कोभिड—१९ को भय हराउन थालेको देखिएको छ । पर्व आफंैमा सामूहिक भेला, भेटघाट, जमघट र मिलनको संयोग भएकाले पनि विश्व महामारीलाई जनसाधारणले प्राथमिकतामा राखेको देखिँदैन । सरकारले सामूहिक दूरी कायम राखेर पर्व मनाऊ भने पनि त्यसको सीमारेखाले छुने देखिँदैन । परिवार, आफन्त, छरछिमेक र समुदाय सबैलाई सामूहिक मिलनको आभास दिलाउने पर्व आआफ्नो कोठोचोटा र घरमा सीमित हुने कम सम्भावना देखिएको छ । आफ्नै परिवारका बीचमा पनि अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था लागू भइरहेको छैन ।महामारी सोचेको भन्दा बढी विनाशकारी बनेर अघि बढिरहेको छ । यो अवस्थामा आइपुग्न एक त यसको वैश्विक फैलावटले काम गरेको छ भने अर्कोतिर नेपालकै विशिष्टतामा महामारी संक्रमण रोक्न यहाँको सरकारी अनिच्छा, जनतामा अज्ञानता र लापर्बाहीले पनि ठूलो नकारात्मक भूमिका निर्वाह गरेको छ । फलतः दसैं, तिहार तथा छठजस्ता पर्वका मुखमा महामारीले खतराको सीमा नाघेर अघि बढ्दै गरेको छ । तर, यसै बेला निजी स्वास्थ्य संस्थाहरूले आइसोलेसन कक्ष लुकाउने, अक्सिजन सिलिन्डरको अभाव देखाउने, उपचारका लागि स्थानाभाव सिर्जना गर्ने आदि गरिरहेका छन् । सरकार र निजी संस्थाहरूबीच सेवासुविधाका कुरा लेनदेनको अवस्था केकस्तो छ, त्यो थाहा छैन । तथापि यी दुईबीचमा किचलो भने निकै बढिरहेको छ । यसले जनसाधारणको स्वास्थ्यमा र मूलतः कोभिड–१९ को आकस्मिक उपचारमा ठूलो नकारात्मक मनोवैज्ञानिक तथा व्यावहारिक असर पारिरहेको छ । जनस्वास्थ्यसम्बन्धी मौलिक अधिकारको रक्षाका लागि सर्वोच्च अदालतले सरकारलाई कोभिड महामारीलाई सरुवा रोगको लिस्टमा राख्न र तदनुरूप निःशुल्क सेवा र सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । यसको बारेमा सरकारको कानमा बताससम्म परेको छैन ।अदालतको यो फैसलालाई सरकारले व्यावहारिक रूप दिन कन्जुस्याइँ गर्नुका कारणले पनि निजी संस्थाहरूले सरकारलाई पत्याएका छैनन् । कर्तव्य सरकारबाटै प्राथमिकताका साथ पालना गरिनुपर्छ । अनि मात्र सरकारले भनेको अरूले लागू गर्न बाध्य हुन्छन् । सरकारले सबैभन्दा पहिले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण र सबै खाले उपचार निःशुल्क गराएको सार्वजनिक गर्नुपर्छ । यसले मात्र महामारीका बखत निजी प्रयोगशाला, निजी अस्पताल वा नर्सिङ होम वा क्लिनिक सबैमा पीसीआर परीक्षण निःशुल्क गर्न÷गराउन दबाब बढ्नेछ । पर्वसँगै भुसको आगोझैं फैलिइरहेको माहामारी संक्रमणलाई ख्याल गरेर सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिनुका साथै कार्यान्वयन गर्न गराउनका लागि हरपल प्रयास गर्नुपर्छ । नागरिकले भय, त्रास र दण्डको कारणले होइन, सुशासन, सुसंस्कार र विनम्रताका कारण असल कुराको अनुसरण गर्छन् । जनस्वास्थ्यसँग सरोकार राख्ने सबै पक्षले मानवीयता गुमाउनुहँुदैन र सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ ।


Your Views
Related News