मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को अनुहार निकै नै मलिन भइसकेको थियो । खासमा हामी त्यही मलिन अनुहारलाई सान्त्वना दिँदै भाइरस विरुद्धको लडाईंमा सहयोगी बन्न आएका हौं ।औषधि पत्ता नलागेको यस रोगको उपचार विधि खानपीनमा सीमित रहेकाले रुटिङ अनुसारको भिटामिनजन्य खाना तयार गर्ने र खुवाउनेमा हामी केन्द्रीत भयौं । यसवीचमा बाबुलाई ज्वरो नियन्त्रणमा आएको छ भने ममी–बुवा अझै सीटामोलको साहारामा ज्वरोसँग भिड्दै हुनुहुन्छ ।

तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो

बाबुलाई कोरोना पोजेटिभ देखिएपछि उस्तै लक्षण रहेका ममी–बुवालाई पनि सोही भाइरसले नै पकडेको लख काटियो । त्यही भएर सुरुमा नै पीसीआर टेस्ट गरिएन । किनभने पोजेटिभ देखिएपनि अस्पताल नआउन र घरमा नै आइसोलेसनमा बस्न यसअघि नै सरकारले उर्दी छरिसकेको थियो । औषधि छैन । अस्पताल नआउनु भनेपछि टेस्ट गर्नुको अर्थ के ? धेरैले गर्ने यस प्रश्नमा हाम्रो पनि सहमती भयो । तर, ज्वरोले गाल्दै लगेपछि २ कार्तिकमा बुवाको पीसीआर टेस्ट गर्ने निर्णय भयो । र, बाबुले भनसुन गरेर नाम टिपाइस्यो । नाम टिपाउनु पनि निकै ठूलो कुरो रहेछ, यहाँ ।बुवालाई पीसीआर टेस्ट गर्न निर्धारित समयमा नै पुर्याईयो । १२ दिनसम्म ज्वरो आएर कमजोर हुनुभएको बुवाको हातखुट्टा कामीरहेका थिए । टन्टलापुर घामले इटहरी रंगशाला बल्न लागेझै लाग्थ्यो । पीसीआर टेस्ट गर्न बोलाईएका विरामीकालागि त्यहाँ कुनै कोठा, हल वा कुर्सी त टाढाको कुरा टुसुक्क बस्ने अवस्था पनि थिएन । घाम छल्ने एउटा रुख समेत थिएन ।तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो ।

अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो

पीसीआर टेस्ट गर्न तोकिएको समयभन्दा निकै नै ढिला आएका स्वास्थ्यकर्मी तथा ब्यवस्थापक भनिनेहरुहरुको झर्कोफर्कोको कुरा अहिले नगरौं । तर, त्यहाँ उपस्थित आम विरामीहरुको टाउको भने ढिला सुस्ती र उनीहरुको चिसो ब्यवहारले झनै तताईरहेको थियो । बुवा अझै मलिन हुँदै जानु भएको थियो । स्वासप्रस्वास बढ्दो थियो । हामी डराउन थालेका थियौं । बल्ल बल्ल पालो आयो । दुई दिन पछि रिपोर्ट आउने सूचना लिएर हतार–हतार घर आयौं । घर आएर थर्मामिटर र अस्सोमिटर लगाउँदा ज्वरो पहिलाभन्दा उच्चबिन्दुमा पुगेको र अक्सिजन घटेर ७५ मा आइपुगेको रहेछ । स्वासप्रस्वासको गति बढी रहेको थियो । कहिल्यै नकामेका बुवाका हात खुट्टा कमाइको गति बढिरहेको थियो ।अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो । इटहरीका एकजना विरामीले बुटबलको एक अस्पतालमा खाली रहेको एउटा भेन्टिलेटर भेटेको र, विरामीलाई उतै कुदाएको समाचार सुनियो । अस्पतालको अवस्था यस्तो भएपछि बुवालाई घरमा नै उपचार गरेर राख्न बाध्य भएका छौं ।कोभिड १९का सम्बन्धमा सरकारले अर्को कीर्तिमानी निर्णय हिजै मात्र गरेछ । निर्णयानुसार कोरोनाका विरामीलाई ‘सवैखाले सहयोग बन्द गरिने’ भएछ । नागरिकवाट बीमा बापतको रकम असुल्न दिने तर बिमितलाई तोकिएको सुविधा नदिने खुल्लम खुल्ला निर्णयमा मौन बस्ने पनि अघोषित निर्णय भएछ । पीसीआर टेस्ट आफैं गर्नुपर्ने र उपचार पनि आफैं गर्नुपर्ने निर्णय गरेर हाइसन्चोमा बस्ने अर्को युगान्तकारी कदम पनि चाल्ने निर्णय भएछ । यस्तोलाग्छ, नागरिकको जीवनरक्षा, कर्तब्यबोध, सुशासन र विकास–निर्माण वाहेक सवै काम गरिरहेको छ, सरकार ।संसारका सवैजसो देश अहिले कोरोना विरुद्धको लडाइलाई पहिलो प्राथमिकतामा राखेर क्रियाशील छन् । नागरिकको जीवन रक्षाको प्रश्न उनीहरुकालागि सवैभन्दा महत्वपूर्ण छ । तर, हाम्रो सरकारको एकपछि अर्को काम देखेर हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेलको एउटा शब्द सापटी लिन मनलाग्छ, ‘लाज पनि नमज्जाले लजायो होला’ ।मेरो अन्तिम जिज्ञासा छ, अहिले कामीरहेका बुवाका हात ठीक भएपछि के उसैगरी यिनीहरुलाई नै लालमोहोर लगाउनुहोला ?


Your Views
Related News