फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ । फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ । फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ ।

READ MORE NEWS

बेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोपबेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोप

वीरगंज : वीरगंज महानगरपालिका वडा ३१ का अध्यक्ष चुमन दास चौधरीले आफनो पदको दूरुपयोग गरिरहेका आरोप स्थानीयले लगाएका छन्।बेल्वाको सार्वजनिक सरोकारको विषयमा कानुन विपरित कार्य गरेर चौधरी आर्थिक स्वार्थमा लिप्त हुँदै गएको गाउँलेको आरोप छ।वडाध्यक्ष चौधरीले साबिक बेल्वा गाविस वडा नं १ किता नं ७८ को १ कठा १ धुरा जग्गा क्षेत्रफल भएको सार्वजनिक ईनारको जग्गा आर्थिक प्रलोभनमा परी स्थानीय प्रयाग राउत अहिरको व्यक्तिगत भोगचलन कायम गर्न सिफारिस गरेको स्थानीय बताउँछन्। उनले असार २४ गते जग्गा भोगचलनका लागि सिफारिस गरिसकेका छन्।सिफारिस पाएपछि प्रयाग राउतले नयाँ पूर्जा बनाउन मालापोत र नापी कार्यालय धाइरहेका छन्।वडाध्यक्षले गाउँका महतो धानुक,बासुदेव राउत अहिर,प्रमोदकुमार साह,सरविन्द दहित थारु र रामानन्द महतो धानुकको रोहबरमा जलसाजी गरी मुचुल्का बनाइ भुमि सुधार तथा मालापोत कार्यालयको नाममा सिफारिस गरेका छन्।त्यसपछि बेल्वा १ का पूर्व वडा अध्यक्ष लालबहादुर महतो,सुरेन्द्र यादव,अजय साहसमेतले वीरगंज महानगरको वडा नं ३१ को कार्यालय ,पर्सा जिल्ला अदालतमा जग्गा खिचौला र जलसाजीको मुद्दा दर्ता गराएका थिए।उच्च अदालत जनकपुरका न्यायाधीश द्वय अब्दुलअजिज मुसलमान र रमेशराज पोखरेलको संयुक्त ईजलासले इनारको सो जग्गामा कुनै निर्माणको काम नगर्न गराउन परमादेश जारी गरी कार्तिक १३ गतेको लागि पेशी राखेको छ।

यता,सिफारिस गराउने प्रयासमा रहेका प्रयाग राउत पक्षधरले भने सो जग्गा राउतकै पुस्तैनी जग्गा रहेको दावी गरेका छन्। उनीहरुले सो जग्गा राउत परिवारले वर्षोदेखि भोगचलन गर्दै आएको दाबी समेत गरेका छन्।वडाध्यक्ष चौधरीले पूर्जा बनाउन नभइ भोगचलन गर्न मात्र सिफारिस गरेको बताए।भने,‘५० वर्षदेखि प्रयाग राउत अहिरले सो जग्गा भोगचलन गर्दै आएका थिए। उनको भोगचलनको आधारमा स्थानीय भद्रभलादमीको सरजमिन मुचुल्काको अधारमा ईनार छोडेर भोगचलन गर्न सिफारिस गरेको हो। त्यसबाट लालपूर्जा बन्दैन।’वडाध्यक्षको नाम यसअघि पनि नेरा अधारभूत विद्यालय बेल्वा प्रसौनीमा शिक्षक नियुक्ती अनियमितता प्रकरणमा पनि नाम जोडिएको थियो। करिब ६ लाख घुस लिएर शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढिरहदाँ अख्तियार दूरपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक सचिन कापर, विद्यालयका शिक्षक मनिरदेवान, विद्यालय व्यवस्थापन समितिका सदस्य ईलियास अन्सारी, जमिल अन्सारी र नियुक्ती हुने शिक्षक उमेश महतो गरी ५ जनालाई १ लाख घुससहित एक वर्ष अघि वीरगंज लिंकरोड स्थित शिवा अस्पतालको एक चिया पसलबाट पक्राउ गरेको थियो।एक लाख धरौटीमा ५ जना रिहा भएका थिए। मुद्दा अहिले चलिरहेको छ। प्रधानाध्यापक र शिक्षक निलम्बित छन्।

१५ दिनभित्र ४०० आईसीयू बेड थप्ने सरकारको निर्णय

सरकारले १५ दिनभित्र देशभर ४०० आईसीयू बेड थप्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा २०० र उपत्यकाबाहिर २०० उच्च प्रविधिसहितको सघन उपचार कक्ष विस्तार गर्ने निर्णय गरेको हो।२६ र २९ असोजको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसबाहेक काठमाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरूलाई आइसोलेसन सेन्टरको रूपमा विस्तार गर्ने निर्णय भएको समेत बताए।उनले सरकार जनताको जीवन र स्वास्थ्यप्रति गम्भीर रहेको पनि दाबी गरे। मन्त्री गुरुङले अफवाहमा नलाग्न आग्रह गर्दै राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्ध मिलाएको बताए।स्वास्थ्य संरचनाको विस्तार, परीक्षणको दायरा फराकिलो बनाउन र उपचारको सुविधा उपलब्ध गराउनुले सरकार गम्भीर भएको पुष्टि हुने उनको दाबी छ।आर्थिक रूपमा विपन्न वर्ग, असाहय, अशक्त, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विशेष रूपमा रहेका वर्गको निम्ति सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको पनि मन्त्री गुरुङले बताए।संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको मन्त्री गुरुङले बताए।

प्रहरी देखेपछि १२ लाख रूपैयाँ भएको झोला फालेर फरार 


Your Views
Related News