एजेन्सी, ३ कात्तिक । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । भ्याक्सिन विकासमा दौडधूप चलिरहेको छ । यसैबीच एक १४ वर्षीया बालिकाले कोरोना भाइरसविरुद्धको प्रभावकारी उपचार शैली पत्ता लगाएकी छिन् ।भारतीय मूलकी ती अमेरिकन बालिकाले कोरोना भाइरसविरुद्वको प्रभावकारी उपचार पत्ता लगाएको इन्डिएन एक्सप्रेसले खबर छापेको छ । अमेरिकाको टेक्सस राज्यमा आठौँ कक्षामा अध्ययनरत अनिका चेबरोलुले कोरोना भाइरसविरुद्वको उपचारको लागी थेरेपी विधि विकास गरेको बुझिएको छ । उनले आफ्नो कक्षामा विज्ञान प्रतिस्पर्धामा भाग लिने क्रममा उक्त थेरेपी पत्ता लगाएकी हुन् ।३ एम च्यालेन्ज वेबसाइटका अनुसार उनले इन सिलिको मेथेडोलोजीद्वारा पत्ता लगाएको लीड मलिक्युलले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई रोक्न र बाँधेर राख्न सक्ने जनाइएको छ । उनले विगतमा इन्फ्लूएन्जाविरुद्वको उपचार समेत बनाएकी थिइन् ।उनले भनिन्,‘सानो समयमा मैलै उक्त कोरोना भाइरस विरुद्वको उपचार पत्ता लगाएकी हुँ । म आफ्नो गुरुसंग सल्लाह लिई कोरोना भाइरस विरुद्व प्रभावकारी कदम चाल्ने छु ।’ उनले आफ्नो विज्ञान प्रतिस्पर्धावापत २५ हजार डलर इनाम प्राप्त गरेकी थिइन् ।
READ MORE NEWS
रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’
कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई आइतबार प्रहरीले पक्रेको हो ।पोखरा महानगरपालिका-२०, मजुवा-बिसौना-विजयपुर कोट पर्यटकीय पैदलमार्ग निर्माणको काम गर्दै आएका सुनकोशी-५ कै टंकबहादुर गएको वैशाख २१ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेलापरेका थिए ।प्रहरीले ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका-२, सोतीपसलबाट पक्राउ गरेको हो । घटनापश्चात् फरार रहेका उनी त्यहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।वैशाख २० गते बेलुका टंक र ईन्द्रसमेतका व्यक्तिहरुले सँगै रक्सी सेवन गरेका थिए । सोहीक्रममा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच विवाद हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।ईन्द्रउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
के-के हुन् मन्त्रिपरिषद्का निर्णयहरु: सीमा बन्द कात्तिक ३० सम्मै, बस तथा जहाजमा पुरै यात्रु राख्न पाइने
काठमाडौँ- मन्त्रिपरिषदको बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसधानको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। यसबाहेक ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले काठमाडौं उपत्यकामा थप २ सय र उपत्यका बाहिर २ सय उच्च किसिमको प्रविधि सहितको सघन उपचार कक्षको विस्तार १५ दिन भित्र गरिसक्ने निर्णय सरकारले गरेको जानकारी पनि सोमबारको पत्रकार सम्मेलनमा दिएका छन्। यसबाहेक काठमाडौं उपत्यकामा रहेका क्वारेन्टाइन सेन्टरहरुलाई आइसोलेसन सेन्टरको रुपमा विस्तार गर्ने निर्णय पनि सरकारले गरेको छ।मन्त्रिपरिषदको २६ गते सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्यरात सम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिए। १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको पनि उनले बताए। यो व्यवस्था विपरित आवतजावत गरेमा कानुन अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए।यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको उनले बताए।यस्तै छोटो, मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको मन्त्री गुरुङले जानकारी दिए।मन्त्रिपरिषद्को बैठकले पशुपतिमा रहेको विद्युतीय सवदाह गृह चोबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले काम गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय गरेको पनि गुरुङले जानकारी दिए।प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम र नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको मन्त्री गुरुङले बताए। यस्तै प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न समेत उनले आग्रह गरे।यस्तै मन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन गरेको छ। यसमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष तोकिएका छन् भने सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकाका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका नीशा बानिया छन्।यस्तै विदेश स्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि २०७२ संशोधन गर्ने, नेपाली सेनाका प्राविधिक महसेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि २०८० मंसिर २३ गते सम्म थप गर्ने, नेपाली सेनाका सहायक रथी सागर बहादुर केसीको पदावधि २०७८ पुष १९ गते सम्म थप गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०७७ र औषधी दर्ता (तेस्रो संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।नागरिकको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि सरकार गम्भिर रहेको भन्दै अफबाहमा नलाग्न सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध मन्त्री पार्वत गुरुङले आग्रह गरेका छन्।मन्त्री गुरुङले राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्ध मिलाएको बताए । स्वास्थ्य संरचनाको विस्तार, परीक्षणको दायरा फराकिलो बनाउन र उपचारको सुविधा उपलब्ध गराउनुले सरकार गम्भिर भएको पुष्टि उनले गरे।आर्थिक रुपमा विपन्न वर्ग, असाहय, अशक्त, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विशेष रुपमा रहेका वर्गको निम्ति सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको पनि मन्त्री गुरुले स्पष्ट पारे।
Related News