रोनाभाइरसले अहिले संसारलाई नै आक्रान्त पारिसकेको छ । यसबाट बच्ने उपायहरू पनि चिकित्सकहरूले लगातार बताइरहेका छन् । स्वास्थ्य विशेषज्ञहरूले बताएका यी उपाय अपनाएर कोरोनाबाट बच्न सकिन्छ :

१. भाइरसबाट बच्न सरसफाइ अति नै आवश्यक छ । आफूवरिपरि सफा राख्नुस् । खोक्दाखेरी टिस्युलाई मुखमा राख्नुस् अनि खोकेपछि टिस्युलाई छोपेको डस्टबिनमा फ्याँक्नुस् । समय समयमा हात धुनुस् ।

३. घरबाट निस्कँदा मुखलाई एन९५ मास्कले ढाक्नुस् ।

४. बजारमा किनेको खाल्पदार्थ काँचै नखानुस् । मासु पा हरियो सागपात खानुअघि मज्जाले उमाल्नुस् ।

५. नचिनेको मानिससँग निकट सम्पर्क नराख्नुस् । सकेसम्म कसैसँग हात नमिलाउनुस्, मिलाएपछि राम्ररी हात धुनुस् ।

६. आँखा, नाक र मुखमा घरिघरि हात नलग्नुस् । त्यसो गर्नेबित्तिकै हातमुख राम्ररी धुनुस् ।

७. खोकी, रुघा र ज्वरो छ अनि सास फेर्न गाह्रो भइरहेको छ भने छिट्टै चिकित्सककहाँ गइहाल्नुस् ।

८. चिकित्सकको सल्लाहलाई नियमित रूपमा पालन गर्नुस् ।

READ MORE NEWS

ओली अझै आक्रामक बनेपछि प्रचण्ड नयाँ रणनीति साथ प्रस्तुत हुँदै

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र र बाहिर निरन्तर आक्रामक बन्दै आएका छन् । आफूलाई हटाउन पार्टीभित्रबाट दुईपटक प्रयास हुँदा पनि उनी रक्षात्मक बनेनन् । बरु एकपछि अर्को कार्ड फालेर विरोधीलाई पछि हट्न वाध्य पारे ।
पहिलोपटक सत्ता संकट आउँदा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर तरंग ल्याइदिए । उनलाई प्रतिनिधिसभा चुनाव जिताएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव राखेका थिए । यसले नेकपाभित्र उनीविरुद्धको मोर्चाबन्दी कमजोर बन्यो ।दोस्रो पटक फेरि ओली घेराबन्दीमा परे । त्यतिबेला भने उनी निकै कठिन घडीमा थिए । तर, ओलीले फेरि वामदेवलाई नै प्रभावित पारेका थिए । आफूविरुद्ध छ जना सचिवालय सदस्य एकजुट भएर लाग्दा गौतमलाई पक्षमा पारेर घेराबन्दी तोडिदिए । त्यतिबेला पनि उनले वामदेवलाई नै कुनै आश्वासन दिएर साथमा ल्याएका थिए ।अहिले फेरि ओलीमाथि सत्ता संकट बढेको छ । नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा वामदेव गौतमले ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन् । रणनीतिक रुपमा बढेका यी नेताहरुले ओलीमाथि चुनौती दिने संकेतहरु देखिइसकेको छ ।बालुवाटारमा बोलावट भयो कि दौडने प्रचण्ड केही दिनयता जान मानिरहेका छैनन् । उनले निकटस्थलाई पनि पठाएका छैनन् ।कर्णाली प्रदेशको विवाद मिलाउन ओली र प्रचण्ड केही दिनयता सँगै बसेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अर्का नेता यमलाल कँडेललाई राखेर सँगै बसेका छैनन् । यसले त्यहाँको विवाद चुलिने निश्चितप्राय भएको छ । तर, कर्णालीको विषयमा ओलीले नयाँ कार्ड प्रयोग गरेका छन् । उनले एकपछि अर्को कार्ड फालेर प्रचण्डको चुनौतीलाई फितलो बनाउने गरेका छन् ।यसपटक ओलीले फेरि नयाँ कार्ड फाल्न सक्ने सम्भावना छ । उनले हालैमात्र मन्त्रिमण्डल पुर्नगठन गर्दा आफ्नै ढंगले गरे । पार्टीभित्र सल्लाह नभएको भन्दै असन्तुष्टि चुलिएको छ । यसैलाई एजेन्डा बनाएर प्रचण्ड नयाँ रणनीतिका साथ प्रस्तुत हुन तयार देखिएका छन् । यसका लागि उनले ओलीइतर समूहसँग निरन्तर छलफल चलाएका छन् । त्यसैले उनले अब बालुवाटारमा धाएर समस्या समाधान हुने आशा मारेको बुझिएको छ । प्रचण्ड पनि आक्रामक शैलीमा प्रस्तुत हुने तयारीमा छन् । त्यो परिणाम कर्णालीको राजनीतिबाट देखिनथाल्ने बुझिएको छ ।

रिचार्जरको दशैं अफर, विद्युतीय सामग्रीमा ३० प्रतिशतसम्म छुट

recharger bonanza offer

काठमाडौं । मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा अफर सुरु गरेको छ ।प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले आकर्षक छूट सहितको अफर ल्याएको हो ।दशैंको किनमेल गर्नेहरुका लागि सस्तो मूल्यमा सामान उपलब्ध गराउने भन्दै रिचार्जरले ल्याएको यो अफर कात्तिक १ देखि सुरु भएको हो । अफरअन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छूट पाउन सकिने बताइएको छ ।त्यसैगरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छूटसँगै किस्ताबन्दीको व्यवस्था समेत गरिएको छ । रिचार्जरबाट १२ बोत्तल बियर अर्डर गर्दा १ बोत्तल निःशुल्क उपलब्ध हुनेछ ।रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समानमा पनि भारी छूटमा उपलब्ध गराइरहेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । काठमाण्डौं भ्याली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ ।कतिपय सामग्री खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामग्री किन्न सकिने छ ।अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टाभित्र डेलिभरी हुने कम्पनीले जनाएको छ ।रिचार्जरले आठ घण्टासम्म हात निर्मलीकरण गराउने स्यानिटाइरको बुकिङ समेत सुरु गरेको छ ।उक्त स्यानिटाइजर एक पटक प्रयोग गरेपछि आठ घण्टासम्म हात किटाणू मुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु पर्ने बाध्यता नहुने दाबी कम्पनीको छ । रिचार्जरले किटाणू नाश गर्ने बायोटेक मास्कको बिक्री वितरण समेत गरिरहेको छ ।उक्त मास्कमा प्रयोग गरिएको डिस्इन्फेक्सन रसायनले मास्कबाटै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणूको नास गर्नेछ । यसका साथै कोरोना संक्रमण नियन्त्रणका लागि रिचार्जरले सुपथ मूल्यमा मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी अकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाउन सकिनेछ ।यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छूटको रुपमा प्रयोग गर्न सकिन्छ ।

Your Views
Related News