अहिले संसारका धेरै देशले कोविड–१९ अर्थात् कोरोनाभाइरसको कहरको सामना गरिरहेका छन् । एक अध्ययनले कोरोनाभाइरस मानिसको शरीरबाहिर पनि नौ दिनसम्म बाँच्ने देखाएको छ । निर्जीव कुराहरूको सतहमा पनि कोरोनाभाइरस नौ दिनसम्म बाँच्छ । तर अनुसन्धाताहरूका अनुसार, सामान्य स्यानिटाइजर र फ्लोर क्लीनरहरूको उपयोग गरेर कोरोनाभाइरस सिध्याउन सकिन्छ । २२ वटा अध्ययनपछि गरिएको विश्लेषण जर्नल अफ इन्फेक्सनमा प्रकाशित छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका निर्देशकले तामा र स्टीलको सतहमा कोरोनाभाइरस दुई घन्टासम्म बस्न सक्ने बताएका छन् । अनि कार्डबोर्ड र प्लास्टिकमा चाहिँ लामो समयसम्म भाइरस जीवित रहन्छ । संक्रमित व्यक्तिले छोएको कुनै पनि सामानले पनि अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ । कुरियर गरेर पठाएको सामान डेलिभर हुन धेरै दिन लाग्ने भएकाले कुरियरमा भाइरसको खतरा कम हुन्छ ।

READ MORE NEWS

दुग्ध पदार्थ खाँदा पछि गएर स्ट्रोकको खतरा घट्ने

दुग्धपदार्थ खाएपछि जीवनको उत्तरार्धमा हृदयघातको सम्भावना घट्न सक्ने अनुसन्धाताहरूले बताएका छन् । चार लाखभन्दा बढी मानिसमा गरिएको एक बृहद् अध्ययनमा दूध, दही र चीज खाँदा स्ट्रोकको जोखिम घट्छ । दिनदिनै दूध पिउनेहरूलाई इस्काएमिक स्ट्रोक ५ प्रतिशतले घट्ने र सानो भाँडोमा दही खाँदा त्यो ९ प्रतिशतले घट्ने देखियो । अण्डा खानेहरूलाई चाहिँ हेमोराजिक स्ट्रोकको सम्भावना देखिने अनुसन्धान परिणामले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले नौवटा युरोपेली मुलुकको खानपानको अध्ययन गरेका थिए । फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी खानेहरूलाई स्ट्रोकको सम्भावना कमै रहन्छ । प्रमुख अनुसन्धाता डा ट्याम्मी टोङले भने, ‘डेरी उत्पादन बढी खानेहरूलाई इस्काएमिक स्ट्रोकको जोखिम कम हुन्छ । पहिलेका अध्ययनले पनि दुग्ध पदार्थ खाने मानिसमा रक्तचाप कम हुने देखाएको छ र स्ट्रोकको प्रमुख जोखिम त्यही हो । तर फलफूल र तरकारी खानेलाई स्ट्रोकको जोखिम दूध पिउनेलाई भन्दा पनि कम हुन्छ ।’अध्ययनको निष्कर्ष युरोपीयन हार्ट जर्नलमा प्रकाशित छ । त्यसमा दिनको २०० ग्राम फलफूल र तरकारी खाने मानिसमा इस्काएमिक स्ट्रोकको जोखिम १३ प्रतिशतले घट्ने देखाइएको छ ।

जिन एडिटिङ- अब रोगहरु हुनेछन् एकादेशको कथा


Your Views
Related News