काठमाडौ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ता–प हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ ।

जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन समेत तीनै तहका सरकारले आह्वान गरेका छन् ।

READ MORE NEWS

यस्ता संकेत देखिए, बुझ्नुहोस् तपाइको जीवनमा आउदैछ खुसीको बहार

काठमाडौँ । कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला रुयो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ। मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सभ्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ।

यस्ता छन् संकेतहरुःबिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ।विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो।यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ।

यदि कुनै व्यक्तिलाई सपनामा पटक-पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ।यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो ।

विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ।नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज-वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो।

शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ। यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो।यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो। यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ।

यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो।यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ।


Your Views
Related News