काठमाडौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दैं नास्टले यो रोबोटको विकास गरेको हो ।

यस रोबोटको नाम ‘यान्त्रिका कोरोना कम्प्याक’ दिइएको छ । नास्टले यान्त्रिका रोबोट सोमबार सार्वजनिक गरेको हो । यो रोबोट कुनैपनि कार्यालयका लागि उपयोगी हुने नाष्टले बताएको छ ।

रोबोटले कार्यालय पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्नेछ । साथै मास्क लगाएको छ वा छैन् भनेर पनि रोबोटले छुट्याउँछ । यदि मास्क लगाएको छैन् भने रोबोटलेनै मास्क दिने गर्छ ।

त्यस्तै रोबोटले सेनिटाइजर दिने काम समेत गर्छ । रोबोटमा डिस्प्ले पनि जडान गरिएको छ । जसमा नेपाली तथा अङग्रेजी भाषामा नास्टको बारेमा जानकारी राखिएको छ । यसले डिस्प्लेमा राखिएको जानकारी बोलेर समेत दिने गर्छ ।

READ MORE NEWS

मी स्मार्टब्यान्ड ५ : ह्यान्ड अन रिभ्यू

काठमाडौं । विगत २ वर्षदेखि नेपालको स्मार्टफोन बजारमा निकै लोकप्रियता कमाएको शाओमी ब्राण्डले पहिलो पटक मी स्मार्टब्यान्ड ५ बाट वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । मी स्मार्टब्यान्ड ५ मी स्मार्टब्यान्ड ४ को सक्सेसर हो । मी स्मार्टब्यान्ड ४ ले विश्वव्यापी रुपमा निकै राम्रो सफलता पाएको थियो । कम्पनीले हालै नेपाली बजारमा सार्वजनिक भएको मी स्मार्टब्यान्ड ५ मा थुपै नयाँ सुविधाहरु रहेको दावी गरेको छ । हामीले यसमा के—कस्ता सुविधाहरु छन् भनेर करिब १ महिनाको अवधि निरिक्षण गरेका थियौं ।

तपाईंले मी स्मार्टब्यान्ड ५ को बक्स खोल्दा शुरुमा यसको नयाँ चार्जर देख्न सक्नुहुन्छ । उक्त चार्जरमा दुई पोगो पिन छ जसलाई चुम्बकले जोडेको छ ,जसले गर्दा प्रयोगकर्ताहरुले ब्यान्डबाट ट्रयाकरलाई ननिकाली चार्ज गर्न सक्दछन् । शाओमीका अन्य ब्यान्डहरुमा भने सो सुविधा छैन । मी स्मार्टब्यान्ड ५ को स्ट्रयाप निकै राम्रो गुणस्तरको छ र यो लामो समयसम्म टिक्ने देखिन्छ । तपाईंले यसको क्यापस्युल निकाल्न सक्नुहुन्छ र यसको बेल्ट पनि परिवर्तन गर्न सक्नुहुन्छ । यसको आकारमा पनि अन्य भन्दा ठुलो छ ।

 

डिजाइन
मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २०५ ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गर्न सक्छन् । यसमा ४५० निट ब्राइटनेश छ जसले गर्दा चम्किलो घाँममा पनि समय सहजै हेर्न सकिन्छ । यसको ब्राइटनेश मी स्मार्टब्यान्ड ४ भन्दा धेरै छ । साथै यसमा १०० वटा वाच फेसेस्हरु छन् ।

साथै ब्यान्डको ब्याकग्राउन्डमा आफ्नो फोटो राखेर कस्टुमाइज गर्न सकिन्छ । यसको अगाडि भाग निकै आकर्षक देखिन्छ भने पछाडि पहिलाको जस्तै हार्ट रेट सेनसर, मी लोगो र पोगो पिन छ । ब्यान्डलाई अझ बढि आरामदायक बनाउन यसको रबर स्ट्रयापमा थोरै कर्भ छ ।

विशेषताहरु :
मी स्मार्ट ब्यान्ड ५ अझ बढि स्पोर्ट, निन्द्र ट्रयाकर जस्ता सुविधाहरु छन् । मी स्मार्ट ब्यान्ड ४ मा ७ वटा मात्र फिटनेश मोडहरु थियो भने यसमा ११ वटा व्यायाम मोडहरु सहित—इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्प रोप छन् जसले तपाईंलाई स्वास्थ रहन मद्दत गर्दछ ।

फिटनेश बाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदय स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ । यसका साथै, यस उपकरणले तपाईको स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गविविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्दछ ।

यसमा २४ घण्टा स्लिप ट्रयाकिंग छ । यसले अब आँखाको र्यापिड मुभमेन्ट, दिउँसको निन्द्र, न्याप, गहिरो निन्द्र र दैनिक निन्द्र ट्रयाक गर्दछ । यसमा ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरण छ जसले प्रयोगकताले पानी चलाउँदा, पौडी खेल्दा ब्यान्ड खोलि राख्नु पर्दैन । यसमा निफ्टी फिचर पनि छ जसबाट तपाईंले मोबाइलको क्यामेरा पनि कन्ट्रोल गर्न सक्नुहुन्छ ।

ब्याट्री लाइफ :
मी स्मार्टब्यान्ड ५ को ठुलो स्क्रिन र थपिएका नयाँ विशेषताहरुलाई संचालन गर्नका लागि यसमा १२५एमएएच ब्याट्री छ । नोटिफिकेशन र हार्ट रेट ट्रयाकरहरु अन गरेर यसलाई कम्तिमा १० दिनसम्म मज्जाले प्रयोग गर्न सक्निछ भने नोटिफिकेशनहरु अफ गर्दा यसको चार्ज निरन्तर १२ देखि १४ दिनसम्म टिक्छ । यसलाई पावर सेभिङ मोडमा पनि राख्न सकिन्छ । मी स्मार्टब्यान्ड ५ र मी स्मार्टब्यान्ड ४ को ब्याट्री लाइफ लगभग उस्तै रहेको छ । यो ब्यान्ड २ घण्टामै फूल चार्ज हुन्छ ।

कनेक्टिभिटी :
यसले ब्लुटुथ ५.० सपोर्ट गर्दछ र मी फिट एप डाउनलोड गरेर अकाउन्ट क्रेट गर्ने, माथिको दाँया भागमा रहेको प्लस बटनमा क्लिक गरेर न्यू ब्यान्ड सर्च गरेर सहजै कनेक्ट गर्न र पेयर गर्न सकिन्छ । यसमा कुनै पेयरिंगको समस्या छैन ।

मुल्य :
नेपाली बजारमा मी स्मार्ट ब्यान्ड ५ को मुल्य रु.४,४९९ रहेको छ । अन्य ब्यान्डहरु केवल एउटा रंगमा उपलब्ध हुने गरेको थियो भने यो ५ वटा रंगमा उपलब्ध छ ।

अन्ततः
मी स्मार्टब्यान्ड ५ मा एउटा स्मार्टब्यान्डमा हुनुपर्ने सबै सरल विशेषताहरु छन् । यसको ठुलो स्क्रिन, थपिएका विशेषताहरु, धेरै ब्राइटनेश र चार्ज गर्दा ट्रयाकर निकाली राख्नुपर्ने झन्झटबाट मुक्त गराएको छ । समग्रमा भन्नुपर्दा मी स्मार्टब्यान्ड ५ एक डिसेन्ट स्मार्टब्यान्ड हो र यसले अगिल्लो मी स्मार्टब्यान्ड ४ भन्दा अझ बढि लोकप्रियता कमाउनेछ । यदि तपाईं सुलभ मुल्यमा राम्रो स्मार्टब्यान्डको खोजीमा हुनुहुन्छ भने तपाईंले मी स्मार्टब्यान्ड ५ खरिद गर्न सक्नुहुन्छ ।


Your Views
Related News