काठमाडौं । विश्वभर कोरोना महामारीको डर कतिसम्म छ भन्ने पछिल्लो उदाहारण फेला परेको छ । एक उडानका क्रममा एक माक्स नलगाएकी यात्रुले खोक्दा विमानबाट निकालिएको छ । बेलायतमा बेलफास्टबाट एडिनबर्ग उडानको क्रममा यो घटना घटेको थियो ।

passenger kicked off flight after coughing on travellers and yelling ‘everybody

इजि जेट विमानबाट उडानको बीचमा उनलाई आइतबार ट्यान्ट्रम फ्याँकेको भिडियो बाहिर आएको छ । भिडियोमा एक जना महिलाले आफ्नो ज्याकेट र सामानहरू विमानबाट बाहिर निकाल्दै गरेको देखाइएको छ । त्यसपछि उनी यात्रुहरूलाई गलत व्यवहार गर्न शुरू गर्छिन् ।

ती महिला अझै भन्छिन्, ‘सबैजनाको मृत्यु हुन्छ, के तिमीलाई थाहा छ ? प्रत्येक मान्छे जन्मेपछि मृत्यु हुन्छ नै । तर यो कोरोनाबाट हो वा सबैजनाको मृत्यु हुन्छ नै ।’ एक कर्मचारी त्यसपछि ति महिलासम्म पुग्छन् जब उनी विमानबाट बाहिर निस्कन हिड्न सुरु गर्छिन् ।

उनी आफ्नो दायाँतिर फर्किन्छन् र अन्य यात्रुहरुलाई लक्षित गरेर अध्याधिक खोक्न सुरु गर्छिन् । यात्रुहरू उनलाई पछाडि हट्न भन्छन् तर ति महिला सबैजनाको मृत्यु नजिक आएको छ, कुरा यति मात्र हो भन्दै अगाडि जान थाल्छिन् ।

महिलालाई त्यसपछि कर्मचारीले रोक्दै विमानबाट झर्न भनेका छन् । कर्मचारीले महिलालाई विमानबाट झर्न भन्दै संकेत गर्छन । यसको जवाफमा ति महिला कर्मचारीलाई पनि तथानाम व्यवहार गर्न थाल्छिन् ।

उनले कर्मचारीलाई आशा गर्दछु तिमी नै पहिले मृत्युमा पुग्नेछौ । भन्दै अनेक हर्कत देखाउँछिन् । महिला त्यसपछि विमान बाट झरेर क्यामेराबाट हराउँछिन् ।

जानकारी अनुसार महिलालाई विमानबाट बाहिर लगियो । उनको यो हर्कत उनका साथी यात्री नोएल स्मिथद्वारा खिचिएको थियो । जसले भिडियो क्याप्शनको साथ साझा गरेका छन् । उनले क्याप्शन लेखे, ‘यस्तो भर्खर मेरो उडानमा भयो’ यस भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।

READ MORE NEWS

बाख्रीकोमा सुपरग्लुले राज्खानि टाँसेर खसीको मासु भन्दै बिक्रि !

काठमाडौ । शीर्षक पढ्दा नै तपाइलाई अचम्म लागेको हुनसक्छ । तर यो नेपालकै सत्य घटना हो । बाख्रीकोमा खसीको राज्खानिलाई सुपरग्लुले टाँसेर खसीको मासु हो भन्दै मासुको ब्यापार गरेको भेटिएको हो ।

अहिले बाख्रिको मासुमा सुपरग्लुले खसीको राज्खानी टाँसेर खसीको मासु हो भन्दै ब्यापार गर्नेको पोल खुलेको छ । बजार अनुगमनको क्रममा परासी बजारमा फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।

परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो । अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको राज्खानी टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो ।

हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ ।

मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्कातर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो ।


Your Views
Related News