काठमाडौँ। आउँदो नोभेम्बर ३ तारिखमा हुने भनिएको अमेरिकी राष्ट्रपतिको चुनाव आउन अब १४ मात्र बाँकी रहेको छ। दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस अमेरिकी स्थानिय समय सेप्टेम्भर २९ तारिखमा भएको थियो।उक्त बहस ओहाइयोको क्लिभल्याण्डमा अवस्थित केस वेस्टर्न रिजर्व विश्वविद्यालयमा भएको थियो। अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्।दोश्रो राष्ट्रपतीय बहस अक्टोबर १५ तारिख फ्लोरिडा राज्यको अर्ष्ट सेन्टरमा हुने भनिएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएपछि उक्त बहसलाई औपचारिक रुपमै रद्द गरिएको थियो।त्यसैगरी अब हुने अन्तिम तथा तेस्रो बहस स्थानीय समयअनुसार अक्टोबर २२ तारिख राति ८ बजे देखि ९ः३० सम्म चल्ने छ। नेपालीसमय अनुसार उक्त बहस अक्टोबर २३ मा हेर्न सकिने छ।राष्ट्रपति चुनावका लागि यो अन्तिम बहस न्याशभिल, टिनिजको बेल्मन्ट विश्वविद्यालयबाट प्रशारण हुने छ। यसैबीच, बहस आयोजकहरुले यस पटकको बहसमा माइक्रोफोन म्युट गरिने बताएका छन्।मुख्यतया ट्रम्पले बहसमा आफ्नो प्रतिद्वन्द्वीको बोल्ने पालोमा पटक पटक अवरोध खडा गरेका थिए। बहसका क्रममा जो बाइडेनलाई पटक पटक अवरोध गरेपछि माइक्रोफोन म्युट गर्ने उपाय अपनाएको समाचार माध्यम बीबीसीले जनाएको छ।

READ MORE NEWS

कोभिड संकट आए पनि चीनमा महाधनीहरूले थपे सम्पत्ति

भिड–१९ ले चीनका अतिधनाढ्यहरूलाई थप पैसा कमाउन रोकेको छैन । शेयरको मूल्य बढ्दा अनि नयाँ स्टक सूचीहरूका कारण उनीहरू सबैको सम्पत्ति जोड्दा चार खर्ब डलर पुगेको छ जुन जर्मनीको अर्थतन्त्रभन्दा बढी हो । हुरुन चाइना रिच लिस्टको २२ वर्षे इतिहासमा यस वर्ष सबभन्दा बढी सम्पत्तिमा वृद्धि देखिएको अनुसन्धाता रुपर्ट हूगवर्फले बताए । उक्त सूचीमा चीनका सबभन्दा धनी व्यक्तिहरूलाई राखिएको छ । उनीहरूको सम्पत्ति लगभग ३ अर्ब डलर छ । स्टक बजारहरूमा राम्रो कारोबार भइरहेको छ र नयाँ लिस्टिङहरूका कारण चीनमा एक हप्तामा पाँच नयाँ डलर अर्बपतिहरू बढिरहेका छन् । जम्मा एक वर्षमा यति धेरै सम्पत्ति सिर्जना भएको संसारमा कहिले पनि भएको थिएन,’ हूगवर्फले मंगलवार एक बयान जारी गरेर बताए । चीनका धनाढ्यहरूको सूचीमा अलीबाबा कम्पनीका संस्थापक ज्याक मा लगातार तेस्रो वर्ष पहिलो स्थानमा छन् । उनको कुल सम्पत्ति दोब्बर भएर ५८.८ अर्ब डलर पुगेको छ । अन्य दुई अर्बपति टेनसेन्टका सीईओ पोनी मा र बोतलको पानी बेच्ने झोङ शानशान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पोनीको सम्पत्ति ५७.४ अर्ब डलर छ भने झोङको सम्पत्ति ५३ अर्ब डलर छ । महामारीका बेलामा धनीहरू थप धनी भइरहेको प्रवृत्ति चीनमा मात्र सीमित छैन । संसारका अतिधनाढ्यहरूले संकटका बेलामा निकै सम्पत्ति जोडे ।


एजेन्सी, ४ कात्तिक । रणवीर सिंहलाई लिएर रोहित शेट्टीले ‘सर्कस’ नामको फिल्म घोषणा गरेका छन् । जुन फिल्मलाई गुलाजर अंगुरको रीमेक बताइएको छ । अंगुर आफै दो दुनी चारको रीमेक थियो । फिल्ममा जैकलीन फर्नाडीस र पुजा हेगडेका साथमा केही अन्य कमेडी कलाकारहरु रहेका छन् ।रणवीर सिंहको साथमा रोहित शेट्टीले फिल्म बनाउने योजना बनाइरहेको सुन्नमा आएको थियो, तर बलिउडमा रोहित शेट्टीले बनाउने फिल्ममा अजय देवगनलाई लिएर बनाउने चर्चा चलेको थियो । तर यस्तो भएन् ।बलिउडमा हाल रोहित र अजयबीच सम्बन्धमा दरार आएको खबर बाहिरिएको छ । रोहितले अब अजयको सट्टा अर्का हिरोसँग धेरै काम गर्न लागेका छन् । रोहितले आफ्नो पछिल्लो फिल्म सिम्बामा रणवीरलाई लिएका थिए । रिलीजको लागि तयार भएको फिल्म सुर्यवंशीमा उनले अक्षय कुमारसँग बनाएका थिए । त्यो भन्दा पहिला २०१७ मा अजयसँग गोलमाल अगेन बनाएका थिए ।२०१३ पछि हरेक फिल्म रोहितले अजयको साथमा बनाएका थिए । चेन्नई एक्सप्रेसमा पहिलो पटक उनले अजयको साथ छोडे र शाहरुख खानको साथमा मुवी बनाएका हुन् । शाहरुख खान र अजयको सम्बन्ध धेरै राम्रो नभएको जानकारहरु बताउँछन् ।अजय र रोहितको फिल्म जमिन, गोलमाल, सन्डे, गोलमाल रिटन्र्स, अल द बेस्ट, सिंघम, सिंघम रिटन्स जस्ता धेरै फिल्म सुपरहिट भएका थिए । रोहितसँग जोडिएका सुत्रले दिएको जानकारी अनुसार पछिल्लो समयमा रोहितले बनाएको फिल्ममा अजय फिट हुने थिएनन् । रोहित हाल पनि गोलमाल ५ को स्क्रिप्ट लेख्दै छन् जसमा अजय देवगन लिड रोलमा हुने जनाइएको छ ।

कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !

कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !
काठमाडौं । विश्व कोरोनाभाइरस संक्रमणको चपेटाबाट गुज्रिरहेको छ । नेपाल पनि १० महिनादेखि कोरोनासँग जुधिरहेको छ । कोरोना संक्रमण दर बढिरहेका बेला नेपालीको महान चाड बडादशैँ सुरु भइसकेको छ । आश्विन शुल्क प्रतिपदादेखि नौ दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ । यो पर्व असत्य माथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ ।सत्ययुगमा महिषाशुर (दानव)को कुकृत्यबाट मानव जगतलाई मुक्ति दिलाएको  हिन्दु शास्त्रहरूमा उल्लेख छ । नौ दुर्गातको विभिन्न रुपको वर्णन गरिएको छ । र अहिले कोरोनाको कहरमा दशैं परेको छ । यसैबेला सामाजिक सञ्जालमा कोरोनालाई परास्त गर्न नर्स देवीको रुपमा उपचारमा खटिएको सन्देश दिने तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो तस्बिरमा एक बिरामीलाई अक्सिजन दिइरहेकी नर्सको दश हात देखाइएको छ । प्रत्येक हातमा स्वास्थ्य उपकरण बोकिएको छ ।महिषाशुर दानवको कुकृत्यबाट मानव जगतलाई मुक्ति दिलाउँदा शक्ति स्वरुपा देवीले धारण गरिएको भनिएको स्वरुपमा नर्सको तस्बिर खिचिएको छ ।

Your Views
Related News