कोरोना महामारीले सर्वत्र पारेको असर र संकट झन गहिरिएर गएको छ । यसले सबैभन्दा धेरै आर्थिक क्षेत्रलाई थिलथिलो पारेको छ ।यसअघि आम्दानी र राजश्वको हिसाबले राम्रो मानिएका कतिपय व्यवसाय महामारी र लकडाउनले ठप्प भएका छन् । झन् त्यसमा पनि धार्मिक क्षेत्रसँग सम्बन्धित व्यवसाय दोहोरो मारमा परेका छन् । पछिल्लो आठ महिनामा मात्र मनकामना केबलकारले झण्डै ४४ करोड रूपैयाँ आम्दानी सोझै गुमाएको छ । त्यसबाट सरकारलाई प्राप्त हुने राजश्ववापत साँढे पाँच करोड रूपैयाँभन्दा बढी र केबलकारको नाफाबाट राज्यले प्राप्त गर्ने १६ प्रतिशत बराबरको आयकर पनि गुमेको छ ।उता स्थानीय गाविसले केबलकारको नाफाको २ प्रतिशत शुल्क पनि पाउन सकेनन् । आम्दानी र राजश्वको रकम प्रत्यक्ष देखिएको घाटा मात्र हो । तर,केबलकार बन्द हुँदा त्यससँग जोडिएका अन्य व्यवसायलाई पनि त्यत्तिकै असर परेको छ ।यसबीच केबलकारका एजेण्टहरूले पाउने आम्दानी गुमेको छ । यातायात व्यवसाय र विभिन्न सामान आपूर्ति गर्ने सप्लायर्सहरूको आम्दानीमा धक्का लागेको छ । सबैभन्दा धेरै चितवनको कुरिनटार र गोरखाको मनकामना वरिपरि रहेका सयौं होटल र रेष्टुरेण्टको हालत चौपट बनेको छ । विशेषगरी मनकामना वरिपरीका होटलका सबैजसो कोठामा ढुसी पर्न थालेको छ । प्राप्त आँकडाअनुसार मनकामना वरिपरीका होटलहरूमा मात्र तीन हजारको हाराहारीमा बेड छ ।सँधै खचाखच हुने ती बेडहरू झण्डै आठ महिनादेखि रित्तो देखिन्छन् भने होटलहरू खण्डहरमा परिणत भएका छन् । औसतमा रातको नौ सय रूपैयाँ पर्ने ती बेडहरूबाट मात्रै होटल सञ्चालकले दैनिक २७ लाख रूपैयाँसम्म आम्दानी गर्थे ।खानपिन र अन्य खर्चबाट त्योभन्दा बढी आम्दानी हुने मनकामनाका व्यवसायीहरू अहिले पुर्पुरोमा हात राखेर बस्न बाध्य भएका छन् । सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाउँदै कात्तिक १ गतेदेखि दशैंभरि मनकामना मन्दिर खोल्ने निर्णय गरिए पनि होटल व्यवसायीहरू व्यवसाय सञ्चालनको लागि तयार देखिएनन् । अधिकांश अन्यत्रबाट आएका व्यवसायीहरूले पेशा छाडेर हिँड्न थालेको समेत बताइन्छ ।यता, मनकामना केबलकारले १ सय ३० जनालाई रोजगारी दिएको छ । तिनको पनि रोजिरोटीमै धक्का लाग्ने सम्भावना बढ्दै गएको छ । गत वर्षको नाफाबाट अहिलेसम्म सञ्चालन खर्च ब्यहोरे पनि आगामी दिनको व्ययभारका लागि केबलकार थप अप्ठेरोमा पर्नसक्ने स्रोतले बताएको छ । अहिले व्यावसायिक सञ्चालनमा नल्याएपनि प्राविधिक रूपमा दुरुस्त राख्न केबलकारलाई सातामा एकाध पटक तताउनै पर्ने भएकाले झण्डै दुई लाख रूपैयाँको बिजुलीको बील आउने गरेको बताइन्छ ।प्राविधिकलगायतका अत्यावश्यक कर्मचारीलाई समेत काममा खटाउँदा आम्दानी शून्य हुँदा पनि पछिल्लो आठ महिनामा मासिक न्यूनतम ५ लाख रूपैयाँभन्दा बढी खर्च भएको केबलकारका अधिकारीहरूले बताएका छन् ।

READ MORE NEWS

सरकारले हटायो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’

नेपाल सरकार,मन्त्रिपरिषद्को गत असोज ११ गतेको निर्णयानुसार अब उप्रान्त मुलुकको औपचारिक नाम नेपालीमा ‘नेपाल’  र अंग्रेजीमा Nepal मात्र लेखिनेछ । यसअघि सरकारी लिखतमा नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिन्थ्यो । त्यसैगरी विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचारमा पनि ‘Federal Democratic Republic of Nepal’ लेखिन्थ्यो ।त्यसैगरी सोही दिनको क्याबिनेट बैठकले नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग गरिएका विभिन्न शब्दहरूको सट्टा नयाँ शब्द प्रयोग गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार अबदेखि Village Body को सट्टा Rural Municipality, Village Assembly लाई Rural Municipal Assembly, Village Executive को सट्टा Rural Municipal Executive, Sub-Municipal Corporation लाई Sub-Metropolitan City लेख्नुपर्नेछ ।त्यसैगरी,Municipal Corporation को सट्टा Metropolitan City, State लाई Province,State Law लाई Provincial Law, State Executive लाई Provincial Executive र State Council of Ministers लाई Provincial Council of Ministers,State Government लाई Provincial Government,Deputy State Speaker लाई Deputy Speaker of Province र State Speaker लाई Speaker of Province बनाइएको छ ।बैठकले State Assembly लाई Provincial Assembly, State Legislature लाई Provincial Legislature, Chief of State लाई Chief of Province, Commander-in-Chief लाई Chief of the Army Staff र Supreme Commander-in-Chief लाई Supreme Commander लेख्नुपर्ने बनाइएको छ ।

विप्लवका गतिविधि बढे

नेकपा विप्लव समूह रुकुम पश्चिमको जनवर्गीय संगठन अखिल क्रान्तिकारी र सहायक संगठन युवा संगठन नेपालले जिल्लामा विभेद र भ्रष्टाचारविरुद्ध एक महिने गाउँबस्ती जगाऊँ अभियान संचालन गरेको छ ।सबै प्रकारका विभेद, अन्याय, शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न जागरण ल्याउने र भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनता उतार्ने भन्दै उनीहरूले यो अभियान चलाएको बताएका छन् । कोरोना भाइरसको कारण अस्तव्यस्त रहेको पठन पाठन सुचारु गर्न सन्देश प्रवाह गर्ने, क्रान्तिको पक्षमा आम जनता, युवा, विद्यार्थी, शिक्षक, कर्मचारीलाई गोलबन्द गर्नेलगायतका उद्देश्य यस अभियानमा समेटेका छन् ।उनीहरूले २०७७ असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म गाउँगाउँमा पुगेर जनता जगाउने उद्देश्यले सुरु गरेको अभियानअन्तर्गत संगठन विस्तार गर्ने, समुदायस्तरमा शिक्षण सिकाई कार्यक्रम गर्ने, सहिद परिवार र घाइतेको सम्मान कार्यक्रम गर्ने तय गरेको विप्लवनिकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहराले बताए । यसका साथै उनीहरूले संगठन र पार्टिका पक्षमा र सरकारको विरुद्धमा नारा अंकित भित्तेलेखन कार्यलाईसमेत व्यापक बनाएका छन् ।

संगठन बिस्तार अभियान

संगठन विस्तार अभियानको पहिलो चरणमा उनीहरूले आठबिसकोट नगरपालिका वडा नम्बर ४ माथिल्लो आरुखोलामा टोल सभा राखेर २६ सदस्यीय युवा विद्यार्थी संगठन बनाएका छन् भने सोही वडाकै तल्लो आरुखोलामा १६ सदस्यीय महिला, दलित र युवा विद्यार्थीको सयुक्त संगठन निर्माण गरेका छन् । त्यसैगरी उनीहरूले आठबिसकोट नगरपालिका वडा नम्बर ५ मा २२ सदस्यीय युवा संगठन बनाएका छन् । उल्लेखित संगठन निर्माणको क्रममा उनीहरूले संसदीय व्यवस्थाको विरोध गर्ने, संगठन बलियो बनाउने, दलालहरूलाई गाउँबाट लखेट्ने, शैक्षिक क्षेत्रका विकृति हटाउनेलगायतका विषयमा प्रशिक्षण दिएका छन् । यसका साथै जिल्लाका सबै स्थान तहमा विद्यार्थीको एकाई कमिटि बिस्तार गरेर प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न गरेको जनाएका छन् ।

टोल टोलमा जनवादी शिक्षा दिँदै

नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जिल्लाको विभिन्न स्थानमा विद्यार्थी प्रशिक्षणको नाममा समुदायमा पुगेर विद्यार्थीलाई पढाउन थालेको छ । समुदायस्तरमा विद्यार्थीलाई प्रशिक्षित गराउने भन्दै संगठनले जिल्लाको आठबिसकोट नगरपालिका ३ स्यालाखदी र वडा नम्बर ४ गोतमकोटको समुदायस्तरमा विद्यार्थीहरू जम्मा गरेर पढाउन थालेको हो । विद्यार्थीलाई सिकाउने, विद्यार्थीबाट सिक्ने र विद्यार्थीको सेवा गर्ने भन्दै उनीहरूले पढाउन थालेका हुन् ।कोरोनाको कारणले विद्यालय नियमित हुन नसकेको र विद्यार्थीहरू विद्यालय जान नसकेको अवसरमा उनीहरू टोल टोलमै पुगेर विद्यार्थीहरू जम्मा गरेर पढाउन थालेका हुन् । उनीहरूले विद्यालय शिक्षाको बहानामा जनवादी शिक्षाको महत्व बारेसमेत पढाउने गरेको बुझिएको छ । साना विद्यार्थीहरूलाई अक्षर लेख्न सिकाउनेदेखि अभिभावकसमेत आकर्षित हुने गरेर वैज्ञानिक र व्यवहारिक शिक्षाको पक्षमा उनीहरूले जोड दिने गरेका छन् ।

भित्तेलेखन तिव्र

एक महिने गाउँ बस्ती जगाऊँ अभियान अन्तर्गत उनीहरूले जिल्लाका विभिन्न स्थानमा चर्को नाराहरू अंकित भित्ते लेखनलाई प्राथमिकता दिएका छन् । आठबिसकोट, चौरजहारी र त्रिवेणीमा यस अभियानलाई तिव्र पारिएको विद्यार्थी संगठनका अध्यक्ष प्रेम प्रशान्त बोहराले बताए ।

सहिद परिवार र घाइतेलाई सम्मान

जनयुद्ध सफल बिन्दुमा नपुग्दै प्रचण्डले जनतालाई धोका दिएर कुर्सि मोहमा फसेको भन्दै उनीहरूले जनयुद्धका सहिद परिवार र घाइतेहरूलाई भेटघाट तथा सम्मान अभियान संचालन गरेका छन् । सहिदका परिवार र घाइतेहरूलाई वर्तमान सरकारले वेवास्ता गरेपछि आफ्नो समूहमा आकर्षण गर्न उनीहरूले यस्तो अभियान चलाएको बुझिएको छ । जिल्लाको आठबिसकोट नगरपालिकामा सहिद परिवार र घाईते तथा अपाङ्गता भएकाहरूलाई सम्मान, त्रिवेणी गाउँपालिकामा सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
विप्लव समुहले गतिविधि बढाउन थालेपछि जिल्लाको सुरक्षा संयन्त्र उनीहरूका गतिविधि नियन्त्रण गर्ने तयारीमा लागेको छ ।


Your Views
Related News