क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिंगमार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् ।सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले भने, ‘२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानी को जिवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । गत वर्ष क्यान्सर पिडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौ। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडि बढेर काम गर्नेछौं।’क्लासिक टेकले यति सहयोग बाहेक आधिकारीक सोशल मिडिया मार्फत सहयोगको अपिल समेत गरेको छ । नेपालको अग्रणी र ठूलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनीले देशभर आफ्नो इन्टरनेट सेवालाई तिब्रगतिमा बिस्तार गर्दै आएको छ । कम्पनी आफ्नो क्षेत्रमा अग्रणी कम्पनीको रुपमा चिनिन्छ।तपाईँ पनि सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनुहुन्छ भने बिस्तृत जानकारी निम्न रहेको छ ।

A/C Name: Siyona Shrestha
A/C No: 206500000031524
Bank of Kathmandu LTD. Parasi Branch
Swift Code: BOKLNPKA
Or
Esewa Id: 9847206466 9816457809

READ MORE NEWS

गैरकानुनी व्यापार गर्नेमा फलफूल र तरकारी पसल अगाडि

४, असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले गरेको बजार अनुगमनमा गैरकानुनी व्यापार गर्नेमा तरकारी र फलफूल पसल धेरै रहेको पाइएको छ ।यस्तै पानी उद्योगमा पनि समस्या पाइएको विभागले जनाएको छ । कारबाहीम्ाा परेका व्यापारिक र्फमहरुले उपभोक्तालाई ठग्ने, खरिद बिक्री बिल बिजक जारी नगर्ने तथा मूल्य सूची नराखी व्यवसाय सञ्चालने गरेको पाइएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।असोज एकदेखि ३० गतेसम्म चाडपर्वलक्षित बजार अनुगमनका क्रममा १३७ पसललाई कारबाही गरिएको आचार्यले बताए ।उनकाअनुसार समूहगतरुपमा ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ वटा पसल कारबाहीमा परेका छन् ।यस्तै ४५ वटा पानी उद्योग अनुगमन गर्दा १४ वटा कारबाहीमा परेका छन् । एक महिनामा ८०१ र्फमको अनुगमन गर्दा १३७ र्फमलाई जरिवाना गरिएको थियो । जरीवानाबाट ७८ लाख ५७ हजार राजश्व संकलन भएको पनि विभागले जनाएको छ ।अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तुको नष्ट गरिएको थियो ।शंकास्पद व्यापारिक कार्य गर्ने १०४ फार्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न विभाग बोलाइएको छ भने २२ र्फमको कारोबार रोक्का तथा सिलबन्दी गरिएको छ ।यस्तै ६ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको विभागले जनाएको छ । अनुगमनका क्रममा चार सय ८४ र्फमलाई सामान्य कैफियत तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।विभागले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फाराम तथा उद्योगको अनुगमन गरेको थियो ।

ओमान-नेपालबीच सरकारी राहदानी बहाकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता

काठमाडौं । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ ।ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइ प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।यो सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण बताइएको छ ।कार्यक्रमपश्चात हस्ताक्षरकर्ता दुवैजनाले दुई देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशील र सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

Your Views
Related News