काठमाडौ । कक्षा १२ को परीक्षा आगामी मङ्सिरको दोस्रो साताबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिँदै भने, “छठ लगत्तै परीक्षा सञ्चालन गरिनेछ ।”

परीक्षाका लागि विभिन्न तीन विधिलाई अपनाइने भएको छ । उनका अनुसार ४० प्रतिशतका लागि छोटो परीक्षा सञ्चालन गरिने, ४० प्रतिशत कक्षा ११ कै मूल्याङ्कनलाई गणना गरिने र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई समावेश गरिनेछ ।

विद्यार्थीको हाजिरी, विद्यालयले बेलाबखत लिएको आन्तरिक फरीक्षा, गृहकार्य, अतिरिक्त त्रियाकलाप आदिलाई आन्तरिक मूल्याङ्कनको आधार बनाइने छ र यसका लागि फाराम तयार गरी विद्यालयमा पठाइने भएको छ ।

बोर्डका अध्यक्ष डा. पौडेलले लिखित ४० प्रतिशतको प्रश्नपत्रको ढाँचालाई विगतकोभन्दा खुम्च्याइने बताए । “कार्यविधि तयार गर्दैछौँ” उनले थपे, “दसैँको विदा अगावै परीक्षा तालिका सार्वजनिक गर्नेछौँ ।”

उनले विद्यार्थीलाई तिहारपछि विद्यालयसम्म फिर्ता हुनका लागि समय दिने उद्देश्यले आगामी मङ्सिरमा परीक्षा सञ्चालन गर्न लागिएको बताए । उनले लिखित परीक्षा कक्षाकोठाभित्र सञ्चालन गरिने स्पष्ट गरे ।

“परीक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम गरिनेछ” बोर्डका अध्यक्ष डा. पौडेलले भने, “दुई मिटरको दूरीमा परीक्षार्थीलाई राखिनेछ । एउटा कोठामा बढीमा २० जना विद्यार्थी रहनसक्नेछन् ।”

विगतमा छापेका प्रश्नपत्र अब काम नलाग्ने भएकाले बोर्डले पुनः नयाँ प्रश्नपत्र तयार गर्नेछ । उनका अनुसार समयले भ्याएमा छापिएको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रसम्म पठाइनेछ र नभ्याइने अवस्था रहेमा प्रश्नपत्र पठाउन सूचना प्रविधि लगायतका उपाय अवलम्बन गरिनेछ ।बन्दाबन्दी अघि नै प्रयोगात्मक अङ्क विद्यालयले पठाइसकेकोले सोही अङ्कलाइ मान्यता दिइने भएको छ ।

READ MORE NEWS

आफ्नो स्कुले जीवन सम्झिनुहोस् : के ब्याकबेन्चर यहाँका लंगुर जस्तै हुन् ?

काठमाडौं । तपाईंले बाँदरको हातमा नरिवल सुन्नु भएको छ ? तर कोरोना कालको समयमा नरिवल नभएर बाँदरको नजरमा एक अनलाइन कक्षा आएको छ । कोरोना भाइरस (कोभिड–१९) सुरु भएसँगै अनलाइन कक्षाको प्रचलन धेरै नै बढेको छ ।

तर के तपाईंले कहिल्यै लंगुरहरूले पनि अनलाइन कक्षा लिएको देख्नु भएको छ ? सामाजिक सञ्जालमा भाइरल एक तस्विर हेरेर तपाईं हाँसो नियन्त्रण गर्न सक्नुहुन्न, जब तपाईं लंगुरहरूले पनि अनलाइन कक्षामा सहभागि भएको देख्नुहुन्छ ।

अहिले भाइरल बनेको यस तस्विरमा एक बालिका आराम संग बसेर अनलाइन कक्षा लिदैँछिन् । मोबाइलको अगाडि बसिरहेकी उनले आफ्नो विद्यालयको पोशाक मात्रै होईन्, आईडी कार्ड पनि लगाएकी छिन् ।

ति बालिकाको ठिक पछाडि केही लंगुरहरू पनि कक्षामा भाग लिइरहेको जस्तो देखिन्छ । उनीहरु मोबाइललाई चाखलाग्दो तरिकाले हेरिरहेका छन् । उक्त तस्विरमा बालिकाको ध्यान पूर्ण रूपमा उसको अध्ययनमा केन्द्रित छ । उही समयमा, पछाडि झ्यालमा बसेका लंगुरहरू अनलाइन कक्षाको बारेमा धेरै गम्भीर देखिएका छन् ।

 

बालिकासँगै सबैजना शिक्षकको लेक्चर सुन्न व्यस्त छन् । अब तपाईंलाई पनि थाहा छैन कि यी लंगुरहरूले यस अनलाइन कक्षाबाट के सिके होलान् । तर उनीहरुको यो हर्कले तपाँईको अनुहारमा मुस्कान पक्कै ल्याए भन्ने हामीलाई विश्वास लागेको छ । यो तस्वीर नीलेश ट्रावेदी पीडब्ल्यूले आफ्नो ट्विटर ह्यान्डलमा अक्टुबर १२ मा साझा गरेका हुन् ।

फोटोको साथ उनले क्याप्शनमा लेखे, ‘कस्तो महान तस्विर’ यो तस्विरलाई ट्वीटरमा व्यक्ति धेरै मन पराउँदैछन् । धेरै प्रयोगकर्ताहरू पछाडि बसेका लंगुरहरूको खिल्ली उडाउँदै रमाईलो टिप्पणीहरू गरिरहेका छन् ।

यो तस्विर हेरेर, केहि मानिसहरू लंगुरलाई ब्याकबेन्चरहरूसँग तुलना गरिरहेका छन् । ब्याकबेन्चर जो कक्षाको पछाडि बस्छन् । जानकारी अनुसार यो तस्विर बंगलादेशको भएको बताइएको छ ।


Your Views
Related News