
काठमाडौं, ४ कात्तिक । नेपालकी सदावहार अभिनेत्री करिश्मा मानन्धर नेपाली चलचित्र जगतकी भेट्रान नायिका हुन् । उनी ९० दशकमा निर्विकल्प अभिनेत्री झै नेपाली चलचित्र उद्योगमा छाएकी थिइन् । उनकै नामले मात्र पनि एक समय फिल्म चल्ने ग¥थ्र्यो । सन्तान फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्मा सबै निर्माता, निर्देशक तथा दर्शकको मनमा बस्न सफल छिन् ।केही समयसम्म अमेरिका बसेर नेपाल फर्किएकी करिश्मा हाल भने अध्ययनमा लागेकी छिन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढाई छाडेकी उनले गएको वर्ष एसइई उत्तिर्ण गरेकी हुन् । हाल कक्षा १२ मा अध्ययन गर्दैछिन् । उनलाई फिल्म र विज्ञापनमा खेलाउन निर्देशक तथा निर्माताहरुले हानाथाप गर्न पनि पछि पर्दैनथे ।२०४२ सालतीर करिश्माकोे फोटो सुट भएको थियो । खाजा खाने समयमा निर्माण नियन्त्रक गेहेन्द्र धिमालले करिश्मालाई नेविको बिस्कुट दिएका थिए । उनले चियासँग बिस्कुट खाइरहेको समयमा फोटो ग्राफरले उनलाई पोज दिन लगाए । उनले पनि नेबिको बिस्कुटको साथमा मन्द मुस्कान दिदै पोज दिइन् । तर करिश्माले सम्झनाको लागि खिचेको सम्झेपनि उनको अनुमति बिना पत्रपत्रिकामा विज्ञापन आएको थियो ।फेसबुकमा निर्देशक सुव्रत आचार्यले नेविको बिस्कुट अहिले पनि पाइन्छ ? भनेर सोधेको एक प्रश्नमा करिश्माले यो बिस्कुटको विज्ञापनमा तस्वीर आउने कारण सामाजिक सञ्जालमार्फत नै खुलाएकी छिन् । विज्ञापन आएपछि मात्र दाईको घरमै गएर पारिश्रमिक माग गरेको बताएकी छिन् ।
भालुलाई खाना ख्वाउने महिलालाई कारवाही

न्युजर्सी,(एजेन्सी)
अमेरिकाको स्मोकी माउन्टेनमा भालुलाई आफ्नै हातले खाना ख्वाउँदै गरेको टिकटक भिडियो बनाएर सामाजिक संजालमा राख्ने एक जना आगन्तुकलाइृ कारवाही गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । टेन्नेस्से बन्यजन्तु आरक्षण निकाय (डब्ल्युभिएलटि) ले गत महिना गात्लिन्वर्गमा विदा मनाउने बm्रममा ति महिलाले कालो भालुलाई खाना ख्वाएको जनाएको छ ।यस टिकटकमा ति महिलालले भालुको मुखमा चकलेट र तरवुजा राखदै गरेको देखिन्छ । डब्लयु भिएलटिले यस भिडियो पोस्टको लिन्कमा ‘ यस कार्यको कारण गम्भीर चोटपटक लाग्न सक्ने ’ चेतावनी लेखेको छ ।फुटेजमा देखिएकी भर्जिनियाको ड्यानभिल्ले निवासी एकाइस वर्षिया क्रिस्टिन हेइलीलाई अवैध ढंगले भाुलुलाई खाना ख्वाएर अपराध गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ । नर्थ क्यारोलिनाको केन्टुकीसंग जोडिएको टेन्नेस्सेका जंगलमा ६ सय पाउन्ड वजन सम्मका काला भाुलुहरु पाइन्छन् ।