कोरोना भाइरसविरुद्ध चीनमा बनेका चार खोप तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेका छन्।हालसम्म चीनमा बनेका कोरोनाको खोप तेस्रो चरणको परीक्षण अन्तर्गत ६० हजार व्यक्तिहरुमा प्रयोग भइसकेको चीनले मंगलबार जानकारी दिएको छ।चिनियाँ विदेशमन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार अन्तिम चरणको परीक्षणको सुरुवाती परिणामलाई हेर्दा चीनका खोपहरुले काम गरेको देखिएको छ।चिनियाँ खोप सुरक्षित पाइएको छ। साथै यी खोपहरुको नकारात्मक असर नभएको पनि बताइएको सिन्ह्वाले जनाएको छ।

ब्राजिलको अध्ययन भन्छः ९ हजारमा प्रयोग गरिएको चिनियाँ खोप सुरक्षित देखियो

चीनको सिनोभ्याक बायोटक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप सुरक्षित रहेको ब्राजिलको अध्ययनले देखाएको छ।सोमबार ब्राजिलको बुतन्तन इन्स्टिट्युटले आफूले गरेको परीक्षणमा सिनोभ्याकको खोप सुरक्षित देखिएको बताएको हो।अन्तिम चरणको परीक्षणको सुरुवाती परीक्षणहरुमा यस खोपले सकारात्मक परिणाम दिएको बुतन्तन इन्स्टिट्युटको भनाइ छ।अन्तिम चरणको परीक्षणको सुरुवाती परिणाम सार्वजनिक गर्ने सिनोभ्याक विश्वकै पहिलो औषधि निर्माता कम्पनी हो।

Turkey begins Phase III trials of Chinese COVID-19 vaccine – minister - CGTNसाओ पाउलोस्थित बुतन्तन इन्स्टिट्युट ब्राजिलकै मुख्य चिकित्सा अनुसन्धान केन्द्र हो। हाल यस केन्द्रले सिनोभ्याकले निर्माण गरेको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ।९ हजारमा यस खोप प्रयोग भएपछि बुतन्तनले सिनोभ्याकको खोप सुरक्षित रहेको बताएको हो। यद्यपी १५ हजारमा यस खोप परीक्षण गरिएपछि मात्र पुरा अनुसन्धान सार्वजनिक गरिने बताइएको छ।

READ MORE NEWS

आज उल्का वर्षा हुने
हेलिको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलिको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ ।मंगलबारको उल्का वर्षाको स्रोत मृगशिरा  तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्का वर्षा नोभेम्बर ७ सम्म सक्रिय रहने बताइएको छ ।उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार राति १०ः४५ देखि शुरु भई बिहान ५ः४५ बजेसम्म देख्न सकिने बताइएको छ । उल्का वर्षा हेर्नका लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमिसम्म हुने भएकाले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उनले बताए ।

के हो उल्का वर्षा

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् ।यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

जीवनोपयोगी शिक्षा, आजको आवश्यकता

कुनै पनि सिद्धान्त वाद वा विज्ञानले आफैँ सामाज परिवर्तन गर्दैन। सिद्धान्तलाई व्यवहारमा, वादहरूलाई राजनीतिमा र विज्ञानलाई प्रविधिमा रूपान्तरण गर्न सकिएन भने यी सबै महत्वपूर्ण कुराहरू अर्थहीन र मस्तिष्क मन्थनका कोर्समात्र बन्छन्। हरेक महान् कामहरू आफैँमा नयाँ र मौलिक हुन्छन् तर त्यसमा कतै न कतै विगतको छाप हुन्छ र त्यो  छाप शिक्षा, अध्ययन अनुसन्धानको माध्यमबाट पुस्तान्तरण हुँदै आउँछ। यसको अर्थ घटनाहरू नयाँ तरिकाले जन्मिए पनि शिक्षाले मानिसमा केही बन्ने आधार सिर्जना गर्छ।

गान्धीवाद आफैमा नभूतो सम्भवतः नभविष्यती एक मौलिकवाद थियो। मण्डेलाको २७ बर्षे जेल जीवन कुनै पूर्ववादहरूको अन्धानुकरण थिएन आफैमा मौलिक थियो। चीनमा भएको विकास अन्यत्रको उदाहरणको अनुकरण थिएन बुद्धको बुद्धत्व र पृथ्वीनरायण शाहको हासिक दुरदृष्टी कसैको पुर्वकर्म अध्ययनबाट सिर्जिएको बाइप्रोडक्ट थिएन।

गान्धीको अहिंसामा अंग्रेजका आधुनिक हतियारसँग लड्न सकिँदैन भन्ने कुराले अहिंसा दिमागीय रणनीतिको रुपमा आएको हुनसक्छ। पृथ्वीनारायण शाहलाई एकीकरणको जोश युद्ध रणनीति र शक्ति पनि महाभारत तथा रामायणको कथाबाट सिर्जना भएको हुन सक्छ।विद्युत्, टेलिफोन, त्यसपछि फ्याक्स, त्यसपछि इन्टरनेट सबै अलग हुन् तर एक आपसमा अन्तर सम्बन्धित छन्। विद्युत्, टेलफोन र चुम्बकको संयोजन वर्षौं अगाडि नभएको भए कम्प्युटरको सोच आउने थिएन, कम्प्युटर नभएको भए इन्टरनेट बन्ने थिएन। न्युटनका सबै नियम गुरुत्वाकर्षणलाई छोडेर अरू कुनै न रूपमा पहिला प्रचलनमा आएका थिए। ती कहाँ थिए कसरी थिए भन्ने न्युटनको दिमागले मात्र पक्रिन सक्यो अन्य कसैले सकेन । त्यसैगरी, सामाजिक शिक्षा तथा अध्ययनले  एउटा विचारात्मक रुपमा समग्र मानव दिमागको क्षितिज विस्तार गर्नुको साथै  अर्को गुरुयोजनाका रुपमा काम गर्न गराउन सहयोग गर्छ । हाल कक्षा ११ र १२ मा समावेश गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले पनि विद्यार्थीलाई बहुआयामिक बनाउने प्रयास गरेको पाइन्छ। यसले सिधा बोयर बाख्रा पाल्न नसिकाउला तर त्यसका लागि  आवश्यक पर्ने दिमागीय आधार तयार पार्छ।यो विषयमा समाजका मुख्य अंगहरू जस्तै भूगोल, इतिहास, संस्कृति, मानवशास्त्र, अर्थशास्त्र, कला मानव अंग र मनोविज्ञान आदिको बारेमा सिकाउने प्रयत्न्न गरेको छ भने जीवनोपयोगी खण्डमा हरेक काम गर्दा मानिसले आधारभूतमा जान्ने पर्ने सामान्य भन्दा सामान्य कुराहरू सिकाउने प्रयास गरिएको छ। खेती, पशुपालन वर्कसप, सञ्चार प्रविधिसम्बन्धी काम पेसा व्यवशाय, रोजगारी गर्दा जताततै आवश्यक पर्ने विषयका बारेमा सिकाउने प्रयास गरिएको छ।जीवनोपयोगी शिक्षा भनेर कम्युटर रेडियो बनाउन, मोटर मर्मत गर्न सिकाएको छैन तर ह्वाइट हाउसमा काम  गर्नेदेखि सामान्य ज्याला मजदुरी गर्नेलाई पनि आवश्यक कुराहरू सिकाउने प्रयास गरिएको छ। जीवनका सामान्य आवश्यकताहरू विद्यार्थीलाई सिकाउने प्रयास गरिएको छ।

डिजिटल साक्षरता आजको अति आवश्यक शिक्षा हो। ग्याजेट्सहरूको सामान्य प्रयोगकुनै चिज बनाउनेलेख्‍ने र त्यसलाई इडिट गर्ने ज्ञानमोबाइल वा अन्य सञ्चारका साधन प्रयोग गर्ने ज्ञानको बारेमा सिकाउने प्रयास गरिको छ। अहिले कोरानाले गर्दा जसरी श्राद्ध पनि अनलाइनबाट गर्ने बहस उठ्यो जीवनोपयोगी शिक्षाले मोबाइलबाट नै पण्डितलाई मोबाइलमार्फत दक्षिणा पठाउने तरिका सिकाएको छ।

ब्राउजरहरूमा कसरी आवश्यक चिज  खोज्ने, युआरएल के हो  लिंक प्लग इनले कसरी काम गर्छ भन्ने कुरा जीवनोपयोगी शिक्षामा देखाउन प्रयास गरिएको छ।   अर्कोतिर हरेक पाइलामा आवश्यक पर्ने निर्णय क्षमता, निर्णय प्रकृया, तनाव व्यवस्थापन, संकट व्यवस्थापनको ज्ञान दिने प्रयास गरिएको छ। मानिसहरूमा  कसरी संवेगात्मक स्थिरता कायम गर्ने भन्नेबारे सिकाइएको छ।यो विषय विषय केन्द्रित नभएर धेरै विषयको सामान्य ज्ञान हो यसको शुरुवात सन् १६५० तिर आएको सामाजिक विज्ञानको सोच, दुर्खिम, अगस्ते काम्ते, म्याब्स बेवर कार्लमार्क्स जस्ता मानिसले परिकल्पना गरेको विशिष्ट सामाजिक तथा वर्गीय अवधारणाको आधारमा  आएको छ।यसैगरी,  दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले रंगभेद समाप्त भएपछि लागू गरेको जीवनोपयोगी सीप शैली नामक नयाँ पाठ्यक्रमलाई समेत आधार मानेर बनाइएको जस्तो पनि प्रतीत हुन्छ।जीवनमा व्यावसायिक शिक्षा, बजारशास्त्र, उद्यमशिलता, विकास, भौतिक विज्ञान, रसायनशास्त्र, तर्कका लागि गणित, दुर्लभ साधनको छनोटका लागि अर्थशास्त्र, बौद्धिक मनोवादकका लागि दर्शनशास्त्र, कृषि विज्ञान, जस्ता विषयहरू छँदाछँदै अहिले आएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको आवश्यकता किन पर्‍यो भन्ने प्रश्न उठ्न सक्छ। तर,  यसले सबै विषयलाई चाहिने  आधारभूत कुराहरू सिकाउने प्रयास गरेको छ।हाम्रो इतिहास के हो भन्नेदेखि लिएर आगामी दिनमा हामीले गर्नु पर्ने के हो भन्ने सम्मका कुरा यसमा समेटिएका छन्। यो विषयले सबै धर्म वर्ण लिंग, जाति जनजाति, भौगोलिक क्षेत्रलाई नेपालव्यापी रूपमा एक आपसमा जोड्ने प्रयास गरेको छ। यो विषयको राम्रो अध्ययनबाट अब पूर्वमा बस्ने मानिसले पश्चिममा बस्ने मानिसको आर्थिक सामजिक अवस्था बुझ्न पाउनेछ भने, तराईको तेलीले हिमाली शेर्पाको जीवन पद्धति र आर्थिक गतिविधिको बारेमा अध्ययन गर्न पाउनुको साथै भोलिका दिन आजको विद्यार्थी भोलि देशको नीति निर्माण गर्ने ठाउँमा पुगेमा हरेक क्षेत्रका समस्या र सम्‍भावनालाई अगाडि राखेर कार्य सम्पादन गर्न सक्नेछ। जीवनोपयोगी शिक्षाले कृषि, स्वास्थ्य, पलंविंग, सप्टवेयर निर्माण जस्ता कुराहरू माथि सिधा प्राविधिकत्व सिकाएको छैन। तर, हरेक कार्य सफलताका आधरभूत जगहरू विनिर्माण गर्ने प्रयास गरेको छ। पाठ्यक्रमले सिर्जनात्मक सोच र सोचलाई कार्यमा रुपान्तरण गर्ने तरिकाहरू सिकाउने प्रयास गरेको छ।यसले एउटा मन्दिर चर्च वा मस्जिदमा कुन धर्मावलम्बी आउँदछन् भन्ने सिकाउँछ। उनीहरूको आर्थिक अवस्थाको बारेमा पनि जानकारी दिन्छ। उनीहरूले चढाउने प्रसादले कति जनाको आर्थिक भविष्य थामिएको छ भन्ने पनि सिकाउँछ।  त्यसैगरी, त्यो मन्दिर कुन काठबाट, गजुर कुन धातुबाट कहिले कसले बनाएको हो भन्ने सिकाउनुको साथै समग्र मन्दिरको ऐतिहासिक महत्व र यो महत्वको भौगोलिक फैलावटसम्म देखाउने प्रयास गरेको छ। त्यो मन्दिरलाई देशको रुपमा परिकल्पना गर्ने हो भने यसका इँटा घण्ट बुर्जाहरूको संरक्षणमा लागेको जनशक्ति, कलाकारिता,  विशिष्ठता र त्यसको गरिमाको अद्योपान्त सिकाउनका लागि यो पाठ्यक्रम तयार पारिएको छ।

कुनै विद्यार्थी जीवनको कुनै मोडमा ग्रिनविच पुगेमा यो ठाउँ देशान्तररुपि काल्पनिक रेखा कोरिएको ठाउँ हो भन्ने कुरा कुनै टुरिष्ट गाइडबाट सुन्न नपरोस र कोही भूमध्य रेखामा पुगेमा यहाँ कंगो नदिले भूमध्य रेखालाई २ पटक क्रस गरेको छ भन्ने सिकाउनका लागि पनि यो पाठ्यक्रम उपयोगी हुनेछ।

यसमा दर्शन समतामूलक विश्व दृष्टिकोण आत्मबोधका कुराहरू सबै समेटिएको छ  साथै शिक्षालाई रोजगारसँग र रोजगारलाई शिक्षासँग जोड्ने प्रयास गरिएको छ।नेपाल ४ वर्ण ३६ जातको फूलबारी हो भन्ने बुझाउन जाति, जनजाति उपाजात आदि कुराहरूलाई समेटिएको छ भने। नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि छुटाइएको छैन।  यसरी नेपाली नागरिकलाई नेपालको इतिहास भूगोल, अर्थतन्त्र, हाम्रो आर्थिक बनावट देखाउन र बुझाउन बनाइएको पाठ्यक्रम आम विद्यार्थिका लागि उपयोगी देखिएको  छ। यसबाट नयाँपुस्ता किताबका कुरा मात्र होइन जीवन र जगतका कुरा गर्न सक्ने हुन्छ भन्ने विश्वास गर्न सकिन्छ।


Your Views
Related News