५ कात्तिक, काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन् ।सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।

स्कन्दमाताको पूजा विधि

सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ । त्यसपछि गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।

स्कन्दमाताको ध्यान मन्त्र

वन्दे वांछित कामार्थे चन्द्रार्धकृतशेखराम्।

सिंहरूढ़ा चतुर्भुजा स्कन्दमाता यशस्वनीम्।।

धवलवर्णा विशुध्द चक्रस्थितों पंचम दुर्गा त्रिनेत्रम्।

अभय पद्म युग्म करां दक्षिण उरू पुत्रधराम् भजेम्॥

पटाम्बर परिधानां मृदुहास्या नानांलकार भूषिताम्।

मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल धारिणीम्॥

प्रफुल्ल वंदना पल्ल्वांधरा कांत कपोला पीन पयोधराम्।

कमनीया लावण्या चारू त्रिवली नितम्बनीम्॥

स्कन्दमाताको स्तोत्र पाठ

नमामि स्कन्दमाता स्कन्दधारिणीम्।

समग्रतत्वसागररमपारपार गहराम्॥

शिवाप्रभा समुज्वलां स्फुच्छशागशेखराम्।

ललाटरत्नभास्करां जगत्प्रीन्तिभास्कराम्॥

महेन्द्रकश्यपार्चिता सनंतकुमाररसस्तुताम्।

सुरासुरेन्द्रवन्दिता यथार्थनिर्मलादभुताम्॥

अतर्क्यरोचिरूविजां विकार दोषवर्जिताम्।

मुमुक्षुभिर्विचिन्तता विशेषतत्वमुचिताम्॥

नानालंकार भूषितां मृगेन्द्रवाहनाग्रजाम्।

सुशुध्दतत्वतोषणां त्रिवेन्दमारभुषताम्॥

सुधार्मिकौपकारिणी सुरेन्द्रकौरिघातिनीम्।

शुभां पुष्पमालिनी सुकर्णकल्पशाखिनीम्॥

तमोन्धकारयामिनी शिवस्वभाव कामिनीम्।

सहस्त्र्सूर्यराजिका धनज्ज्योगकारिकाम्॥

सुशुध्द काल कन्दला सुभडवृन्दमजुल्लाम्।

प्रजायिनी प्रजावति नमामि मातरं सतीम्॥

स्वकर्मकारिणी गति हरिप्रयाच पार्वतीम्।

अनन्तशक्ति कान्तिदां यशोअर्थभुक्तिमुक्तिदाम्॥

पुनःपुनर्जगद्वितां नमाम्यहं सुरार्चिताम्।

जयेश्वरि त्रिलोचने प्रसीद देवीपाहिमाम्॥

READ MORE NEWS

ठूली दहमा बढ्दै पर्यटक

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–७ स्थित ठूली दहमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । जंगल सफारी र आसपासको क्षेत्रको दृश्यावलोकनका लागि ठूली दह आकर्षक गन्तव्य हो ।ठूली दह घुम्न आउनेको यकिन तथ्यांक नभए पनि लकडाउनका बेला करिब पाँच हजार जना आएको वडा सदस्य तोकबहादुर खत्रीले बताए । ‘दह र आसपासको क्षेत्र लकडाउनको समयमा घुम्ने, रमाउने र समय कटाउने ठाउँ बन्यो,’ उनले भने, ‘अहिले पनि दैनिक चार सय जनासम्म आन्तरिक पर्यटक आइरहेका छन् ।’ ठूली दह आसपास रिन दह, बैरी दह र साँख दह पनि छन् । उनका अनुसार सदरमुकाम खलंगादेखि १५ किलोमिटरको दूरीमा ठूली दह छ ।लकडाउनको अवधिमा ठूली दहमा वनभोज, संस्थाका बैठक, संस्थागत भ्रमणलगायत गतिविधि दैनिकजसो भएको स्थानीय अगुवा लालबहादुर महतले जानकारी दिए । ‘अन्यत्रजस्तो यहाँ लकडाउन कहिल्यै भएन,’ उनले भने, ‘लकडाउन त आन्तरिक पर्यटकका लागि ठूली दह घुम्ने मेलो बन्यो ।’ उनका अनुसार चारैतिर जंगलले घेरिएको ठूली दहमा वर्षायामको पानी जम्मा हुन्छ । पर्यटक बढ्दै गएपछि दह क्षेत्रमा वनभोजका लागि निश्चित क्षेत्र तोकिएको महतले बताए ।पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत असारमा ठूली दह नजिकै एउटा भवन र शौचालय निर्माण गरेको छ । मध्यपहाडी लोकमार्गको सडकबाट एक घण्टा जंगलको बाटो हिँडेपछि ठूली दह पुग्न सकिन्छ । दह क्षेत्रमा बास बस्ने व्यवस्था नहुँदा त्यहाँ पुग्ने आन्तरिक पर्यटक बिहान गएर बेलुका फर्कन्छन् । यहाँको विकासका लागि डीपीआर निर्माण गर्न थालिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले जानकारी दिए । दह क्षेत्रमा सिँढी निर्माण गर्न यस वर्ष नगरपालिकाले बजेट विनियोजन गरेको छ । ‘ठूली दह र त्यस आसपासको समग्र विकासका लागि प्याकेजमै संरचनाको काम गर्न खोजिएको हो,’ उनले भने, ‘डीपीआर निर्माणपछि प्रदेश र संघीय सरकारसँग पनि सहयोग माग्नेछौं ।’

बेलायतमा एक दिनमा जुनपछिकै धेरैको मृत्यु

लन्डन । बेलायतमा कोरोनाको संक्रमण र मृतक संख्या पछिल्लो समयमा निरन्तर बढ्दै गैरहेको छ । मंगलबार सार्वजनिक कोरोना संक्रमित मृतकको संख्या गत जुन पछिकै सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ का अनुसार मंगलबार सार्वजनिक २४ घन्टाको मृतक संख्या २ सय ४१ जना रहेको छ गत हप्ता मंगलबारको तुलनामा मृतक संख्या पाँच गुणा बढी हो भने यो संख्या जुनपछिको सबैभन्दा बढी हो । योसंगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६७ पुगेको छ । यद्धपि कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने  मृतक संख्या ५८ हजार भन्दा बढी छ ।यसैगरी  मंगलबार साँझ सार्वजनिक पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि २१ हजार ३ सय ३१ रहेको छ । लगभग २ लाख ६० हजार परीक्षण गर्दा २१ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।हालसम्म बेलायतमा संक्रमितको संख्या ७ लाख ६२ हजार ५ सय ४२ पुगेको छ ।हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३१ रहेको छ भने ६ सय २९ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा ८ सय ६० जना अस्पताल भर्ना भएका थिए ।

वाइडबडी खरिद प्रकरणः अनुुसन्धान रिपोर्ट लेखा समितिमा

काठमाडौं, कात्तिक ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ ।आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे बिक्रेता कम्पनीले जवाफ नदिएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ ।बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने जवाफ अख्तियारलाई दिएको छ । अख्तियारले पठाएको पत्रमा कूटनीतिक पहल जारी रहेको उल्लेख छ ।समितिले असोज ८ गते वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिनको प्रगति विवरण माग गरेको थियो । समितिको माग अनुसार अख्तियारले वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसबारेको छानबिन प्रगति विवरण समितिलाई पठाएको समिति सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।एयर बससँग वाइडबडी खरिदमा अनियमितता भएको भन्दै समितिले समेत छानबिन गरेको थियो । समितिले छानबिनको प्रारम्भिक जानकारीसहित विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो ।समितिलाई प्राप्त पत्राचार अनुसार अख्तियारले अहिले विमान खरिदको मूल्य प्राप्त गर्न कूटनीतिक पहल जारी राखेको  छ ।


Your Views
Related News