अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको जनाएको छ।

उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको छुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो।तर नाशाको उक्त मिशनले ओसाइरिस रेक्स यानले वास्तविक रूपमै नमूना सङ्कलन गरे-नगरेको थाहा पाउन थप विवरणहरूको प्रतिक्षा गर्नुपर्ने जनाइएको छ।

कस्तो मिशन?

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमूना लिएको छ।जुन २०२३ मा पृथ्वीमा आउनेछ।

बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।
बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।उक्त मिशनले कम्तिमा ६० ग्रामदेखि एक किलोजति नमूना लिने उद्देश्य राखेको थियो।अन्तरिक्षमा बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।नाशाका प्रशासक जीम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमूना ल्याइने बताए।

“यदि सबै सोचेजस्तो भइदिएमा उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।”

तुलना

नाशाका वैज्ञानिकहरूले यस मिशनलाई तीस करोड किलोमिटरभन्दा पर रहेको एउटा विशाल भवन आकारको छुद्रग्रहमा परैबाट नियन्त्रित रूपमा कार पार्क गर्ने प्रयाससँग तुलना गरेका छन्।ओसाइरिस रेक्स यानले बेनुको आठ मिटर फराकिलो निशानालाई साढे चार घण्टाजति समय लगाएर छोएको थियो।उसले नमूना सङ्कलन गर्ने प्रक्रियालाई वैज्ञानिकहरूले ‘भ्याकुम क्लिनर’को काम गर्ने तरिकासँग तुलना गरेका छन्।

"उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।"“उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।”

त्यससँग साढे चार अर्ब वर्ष अघि सूर्य र गृहहरू अस्तित्वमा आउनुपछाडिका तथ्यहरू हुन सक्ने ठानिएको छ।

यस मिशनका प्रमुख अनुसन्धानकर्ता युनिभर्सिटी अफ एरिजोनाका डान्ते लोरेट भन्छन्: “हाम्रो टोली खुलीले गदगद, निकै भावुक छ। सबैजना गौरवान्वित महसुस गरिरहेका छन्।”

नील आर्मस्ट्रङ कसरी चन्द्रमामा टेक्न छानिए

READ MORE NEWS

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले मलाई असल काम गर्न आग्रह गर्दै मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध हुने कुरा बताउनुभयो । त्यसपछि मेरा पाइला गृहसचिवको कार्यकक्षतर्फ मोडिए । सो बखत गृहसचिव भोजराज पोखरेल हुनुहुन्थ्यो । उहाँले मलाई प्रजिअ हुनुभएकोमा बधाई दिँदै सीडीओका केही सीमा छन् भनी बताउनुभयो । जिल्ला हाँक्दा आफंै रोलमोडेल हुनुपर्ने कुरा बताउनुभयो । सेना, प्रहरीलगायतको परिचालनमा गम्भीर हुन सल्लाह दिनुभयो । राजनीतिक दलसँग समदूरीमा बसेर काम गर्न अथ्र्याउनुभयो । विकासको काममा दिलचस्पी दिन र जनतामा छाप छोड्न क्रियाशील हुन करिब १५ मिनेटको अर्ती उपदेश, निर्देशन दिनुभयो । पछि मैले आफंैलाई फर्केर हेर्दा भोजराज पोखरेलका ती १५ मिनेटका प्रवचन नै मलाई अछामको सीडीओेमा सफल हुन पर्याप्त भएको महसुस गरेको छु ।अछामको साफेबगर विमानस्थलमा हवाई जहाज ओर्लियो । हवाई जहाज रोकिएपछि एयर होस्टेजले हवाई जहाजको ढोका खोलिन् । तब हवाई जहाजको ढोकैमा आएर एक प्रहरी चिच्याए । यहाँहरूमध्ये कृष्णहरि बास्कोटा को हुनुहुन्छ ? म झसंग भएँ । किन मलाई प्रहरीले खोजे ? कतै मलाई पक्राउ गर्न आएका त होइनन् ? यस्ता आवेगहरू मेरो मनमा मडारिए । तत्पश्चात् आफंैलाई सम्हालें । सम्झिए, म त प्रजिअ पो हँु त । तब मैले आफूलाई परिचित गराउँदै पालोअनुसार हवाई जहाजको ढोकाबाट अछामको पवित्र भूमिमा पहिलोपटक पाइला राखें । ती प्रहरीले खुट्टा बजारे, कराए, हात यसोउसो गरे । अगाडि जाऊँ हजुर भनेर एयरपोर्टको टावरतर्फ लगे । अहिले सम्झिदा उनले खुट्टाको ताल मिलाएर जय नेपाल भनी मलाई प्रहरीको अनुशासनअनुसार अभिवादन गरेका रहेछन् । उनी मेरो अंगरक्षकमा खटिएका हबल्दार साप रहेछन् ।हामी साफेबगर बजारमा पुग्यौं । एयरपोर्टको सुरक्षामा खटिएका प्रहरी पनि पछि लागे । सबै पसले ग्राहकको वास्ता नगरी नयाँ सीडीओलाई हेर्ने र नमस्कार गर्ने काममा सक्रिय भए । बजारभरि एकाएक सीडीओे जात्रा आरम्भ भयो । ५०÷६० जना केटाकेटी पनि पछि लागे । साफेबगर बजार अवाक भयो । सबैले सीडीओलाई हेर्ने, घेर्ने, छुने, नमस्कार गर्ने, हाँस्ने, टोलाउनेलगायतको निकै आत्मीय स्थिति तयार भयो । अछाम जिल्लाको पवित्र भूमिमा पाइला टेक्नेबित्तिकै आम नागरिकबाट अभिनन्दन पाएको महसुस गरें ।

हालका अछामी राजा सीडीओ नै हुन्, सोही कारणले दही खुवाउन आएको हुँ भनेपछि म लाजले रातोपिरो भएँ

अछामको मंगलसेन दरबारमा रहेको जिल्ला प्रशासन कार्यालयमा सीडीओे भएर गएपछि जानकारी पाएँ, मेरो सुरक्षामा एक जना हबलदारसहित थप चार प्रहरी खटिने रहेछन् । यिनलाई एक चार गार्ड भनिँदो रहेछ । यिनले प्रत्येक दिन सीडीओेलाई सलामी दिने रहेछन् । सधैं करिब साढे ६ बजे बिहान म दैनिक निवासरूपी कोठाबाट निस्कन थालें । यसबाट एकातिर मैले नियमित रूपमा व्यवस्थित ढंगले पाँचै जना प्रहरीको एकमुष्ठ सलामी खान थाले भने अर्कोतिर प्रहरीलाई पनि तयारी अवस्थामा बस्नुपर्ने र फुर्सद हुने समय यकिन हुन पुग्यो । यसबाट मेरो सुरक्षामा खटिएको प्रहरी म प्रजिअ हुन्जेल पुुरै समय सरुवा नभई बसेको याद गरेको छु । आखिर जागिर आपूmूले मात्रै खाने होइन, अरूको जागिर पनि सजिलो बनाइदिनुपर्छ ।एक दिन बिहान सीडीओे कार्यालयको फलैंचामा बसिरहेको थिए । एक जना अछामीले मूल गेटबाट चियाएर हेरें । मैले ए के हेरेको ? मात्र के भनेको थिएँ, ती बुर्कुसी मारेर भागे । मैले तत्कालै प्रहरीलाई पक्रन आदेश दिएँ । प्रहरी पछि अछामी अघि अघि दोडादौड मच्चियो । केही क्षणमै प्रहरीले प्रकाउ गरी ती अछामीलाई मेरो सामु प्रस्तुत गरे । मैले सोधें, अघि किन हेरेको ? उनले भने सीडीओे अफिस खुल्यो कि भनेर हेरेको । मैले सोधे, के काम छ ? यही सवाल जवाफमा यावत् कुरा जानकारी भयो । ती टाढाबाट नागरिकता लिन आएका अछामी रहेछन् । उनलाई पक्राउ गर्ने आदेश दिने म सीडीओे उनको कुरा सुनेर पानी पानी भएँ । चाँडै नागरिकता पाए, चाडै घर गएर एक गाँस टिपौंला, मंगलसेनको होटलमा पैसा भए पो खानु भन्ने भाव बुझेर म खत्रक्कै भए ।मंगलसेन दरबारकै दुईवटा कोठामा बस्ने जोशी भन्ने सुब्बा साहेब र एैरे भन्ने बहिदार साहेबलाई बोलाएँ । उनीहरूलाई यी अछामीको नागरिकता बनाइदिन भनें । तर, तिनले अहिले साढे सात मात्रै बजेको भन्दै १० बजेपछि बनाउन सकिने जवाफ दिए । लामो समयको गलफत्ती पछि आठ बजे ती अछामीको नागरिकता बन्यो । हातमा नागरिकता पाएपछि औधि खुसी भएका ती अछामीले पवित्र हृदयले मलाई आशीर्वाद दिएर घरतिर कुदे । तर, भित्रभित्रै सुने, सीडीओे सापको श्रीमती काठमाडौं जानु भएकाले सीडीओे साप केही सन्की हुनुभएको छ । आज, बिहान आठ बजे नागरिकता वितरण गर्न कर्मचारीलाई बाध्य गर्नुभयो । मैलै खासै वास्ता गरिनँ ।अछाममा म सीडीओे हँुदा मनमौजी ढंगले सुधारको काम हाँकें । एक साझ मेरो अगाडि एक जना ठिंग उभिएको देखें । सोधें, तपार्इं को हो ? उनले भने, म अछामी हुँ । नागरिकता बनाउन आएको । म रामारोशनबाट मंगलसेन आइपुग्दा साझ परेकाले कार्यालय बन्द भइसकेको थियो । तैपनि मन दह्रो गरेर हजुरसँग अहिले नागरिकता बनाइमाग्न पर्खिएको हुँ । मेरो भैंसी एकहाते छ । अहिले नागरिकता पाए भोलि बिहान भालेको डाँकसँगै घर फर्किन्थें र भैंसी दुहुन्थें । यी सबै कुराकानी पछि उनै जोशी सुब्बा साहेब र एैरे बहिदार साहेब डाकिए । ती बाध्य थिए । तिनले मेरो आदेशअनुसार नागरिकता बनाइदिए । ती अछामीले तिमी सीडीओेको चाँडै बढुवा होस् भनी आशीर्वाद दिए । हुन पनि म अछामबाट फर्किएको एक÷दुई वर्षमै सहसचिवमा बढुवा भएँ । तर, भोलिपल्ट फेरि कार्यालयमा कानेखुसी भएछ, अब त साच्चै सीडीओे साप बहुलाउनुभएछ । हिजो राति आठ बजे पनि नागरिकता जारी भयो । यस्तो कुरा गृह मन्त्रालयमा थाहा भयो भने उहाँ सीडीओेबाट हट्नुहुन्छ । यो कुरा पनि मिल्यो । म अछामबाट सात÷आठ महिनाको सीडीओेको अनुभवछि गृह मन्त्रालयको पुल दरबन्दीमा फ्याकिएँ ।एक दिन अछामको सीडीओेको मेचमा बसेर काम गरिरहेको थिएँ । एक ज्येष्ठ नागरिक आउनुभयो । उहाँले आफ्नो कोटको दुईतिरको खल्तीबाट एउटा एउटा अम्बा झिकेर सीडीओेको टेबुलमा राख्दै लौ सीडीओे अम्बा खाऊ भन्नुभयो । मैले स्वाद लिएर ती दुवै अम्बा खाएँ । त्यसपछि सोको कारण जान्न चाहें ।

उहाँ पुरानो मानिस, मंगलसेन दरबारका राजा सम्झेर घरको बारीमा फलेको अम्बा देउतालाई चढाउन ल्याउनुभएको रहेछ । अब सो अम्बाको बोटबाट अम्बा टिपेर खान केटाकेटीलाई खुला भएछ । यो कुरा सुनेर म आश्चर्यचकित भए । ती ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक केही खाजा खुवाएर बिदा गरें ।एक दिन अछामको सीडीओे कार्यालयको फलैंचामा बसिरहेको थिए । अर्का ज्येष्ठ नागरिकले एउटा लोटा लिएर आउनुभयो । मलाई अभिवादन गरेर लौ सीडीओे यो दही खाऊ भन्नुभयो । मैले कुनै कुरा नसोची सो दही पिएँ । त्यसपछि सोको कारण सोधें । फेरि जवाफ पाए, भैंसी ब्याएर चोख्खिएपछि मोही पार्न ठेकीमा हालेको दही पहिला राजालाई खुवाउनुपर्ने रहेछ । हालका अछामी राजा सीडीओे नै हुन्, सोही कारणले दही खुवाउन आएको हुँ भनेपछि म लाजले रातोपिरो भएँ । उहाँलाई पनि गच्छेअनुसारको भोजन गराएर बिदा भएँ ।२०५२ सालको दसंै मैले अछामको मंगलसेन दरबारमा मनाएँ । सरकारी दरबन्दीअनुसार आठ÷दश वटा खसीबोकाको बली चढाए जस्तो लाग्छ । यी सबै पूजा प्रजिअले गर्ने परम्परा भए पनि बेलाबखतमा तलमाथि परेको रहेछ । म दसंैमा ढुक्कसँग बसेपछि जनता खुसी भएको महसुस गरेको थिएँ । सरकारी दरबन्दीको बली सकिएपछि जनता जनार्दनको खसीबोकालाई पनि मैले पूजा गरिदिँदा जनता खुसी हुने रहेछन् । यो वर्ष दसंै साह्रै उत्साहपूर्ण भयो भन्ने जनताबाट सुन्दा म पनि दंग परें ।मेरा बा आमाले पनि आफ्नो सीडीओे छोरालाई टीका लगाउने इच्छा प्रकट गर्नुभएको थियो । ससुरालीले पनि सीडीओे ज्वाइँ आउनुहोला भनी बाटो हेर्नुभएको थियो रे । अन्य आफन्तले पनि आशा गर्ने नै भए । तर, मैले आमाबुबालगायत आफन्तलाई टेलिफोनबाट चित्त बुझाएर आपूmले जिल्लावासीको उत्साहमा कमी हुन दिन नहुने कुरा बताई सबैबाट सहयोग र समर्थन पाएको गर्वको अनुभूति गरेको छु ।पखाला लाग्ने रोगका बारेमा अछामका दुईवटा सम्झना छ । हरेक वर्ष अछाममा झाडा पखालाले महामारीको रूप लिने रहेछ । म प्रजिअ भएका बखत डा. श्रीकृष्ण गिरीलाई साथमा लिएर गाउँगाउँमा गएर उपचारको प्रबन्ध गरेँ । केन्द्रबाट औषधि पनि मगाएँ । यसरी जनतालाई संक्रमणबाट बचाउन सकेकोमा अहिले पनि सन्तोष लागेको छ ।अर्को घटना रोचक छ । भरतबहादुर स्वार, जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले हरेक कार्यक्रममा मलाई छुटाउनुहुँदैनथ्यो । एकपटक, जिल्ला विकास समितिमा परिषद्को बैठक हो कि के हो, बिर्सिएँ, लगातार र दिनभरि तीन÷चार दिन बैठक भयो । स्थानीय जनप्रतिनिधि अनेक विषयमा गर्मागर्मी छलफल गर्नुहुन्थ्यो । मेरो भूमिका ठूलो थिएन । सुनेर बस्थें ।एक÷दुई घण्टापछि मनमा चिन्ता लाग्थ्यो । नागरिकता लिनेहरू मलाई कुरेर बसेका होलान् ? तब, म सभापतिसँग शौचालय जाने अनुमति लिएर सभाहलबाट बाहिरिन्थें र जिल्ला प्रशासन कार्यालय पुग्थें । सीडीओेबिना रोकिएका सबै काम सकेर पुनः बैठकमा सहभागी हुन्थें । यसरी तीन-चार दिनको बैठकका प्रत्येक दिन दुई÷तीनपटक लामोलामो समय म बैठकबाट हराउँथें । यसबाट एक जना जनप्रतिनिधिले हल्ला चलाउनुभएछ, सीडीओे सापलाई पखाला चलेको छ । पछि सत्य कुरा सभापति भरतबहादुर स्वारले थाहा पाउनुभयो । उहाँ सधंै यस्ता असल सीडीओे, जो जनता कुरिरहेका छन् भनी पटकपटक बैठक छोडेर पनि काम गर्दछन् भनी मेरो प्रशांसा गर्नुहुन्थ्यो ।अछाममा म प्रजिअ हँुदा यो जिल्लालाई ड्राइ जिल्ला अर्थात् मदिरामुक्त जिल्ला घोषणा गरिएको थियो । मदिराका विषयमा म कठोर थिएँ । मदिरा सेवक, उत्पादक र बिक्रीकर्ताबाट जरिमानास्वरूप असुली भएको ५ लाख रुपैयाँ मंगलसेनको क्याम्पस सञ्चालनार्थ दिएको थिएँ । एकपटक नेपालगन्ज एयरपोर्टमा काठमाडौं जाने हवाई जहाज कुर्नुपर्दा भोक लाग्यो । एयरपोर्टको आसपासमा रहेकोको एउटा रेस्टुराँमा गएर चाउचाउ बनाइदिन अर्डर गरें । चाउचाउ पाक्दै थियो, सो रेस्टराँमा मदिरा बिक्रीका लागि सिसी राखे । त्यसपछि केही नबोली सो रेस्टुराँबाट जुरुक्क उठेर अर्को रेस्टुराँमा गएर चाउचाउको अर्डर गरेर खाएर हिँडें ।

चाँडै नागरिकता पाए घर गएर एक गास टिपौंला, मंगलसेनको होटलमा पैसा भए पो खानु भन्ने भाव बुझेर म खत्रक्कै भएँ

अछामको सीडीओबाट सरुवा भएर हिँडेको दशकौंंपछि जिल्ला विकास समिति अछामले खुला दिशामुक्त जिल्ला घोषणा गर्न भव्य कार्यक्रमको आयोजना ग-यो । कार्यक्रममा तत्कालीन उपराष्ट्रपति परमानन्द झा प्रमुख अथिति रहनुभयो । मलाई पनि आयोजकले अतिथिको रूपमा आमन्त्रण गर्नुभयो । सो समारोहमा मैले लौ तपाईंको सीडीओ जिल्ला फर्कियो भन्ने सन्देश उच्चारण गर्ने बित्तिकै ठूलो जनसमुदायबाट मेरो अभिवादन गरियो । मैले अछामका बारेमा जे बोल्दा पनि प्रत्येक वाक्यमा गडगडावट ताली पाउँथें । पछि उपराष्ट्रपति झाले नेपालगन्ज एयरपोर्टमा मलाई देखाउँदै उहाँ सचिवसँग हिँड्न नहुने रहेछ । उहाँका प्रत्येक भाषणका बुँदामा ताली बजाउने र हाम्रा भाषणमा हल्ला हुनेरहेछ भनी टिप्पणी गर्नुभयो ।यसैगरी, अछामको तुर्माखाँदस्थित बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति र बास नेपालगन्जले संयुक्त रूपमा तुर्माखाँदमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । असल शासन अभियानका अभियन्ता नमस्कार शाहले मलाई आमन्त्रण गर्नुभएको सो भव्य समारोहको मैले उद्घाटन गरें । नेपालगन्जबाट गएका करिब १ दर्जन चिकित्सक र स्वास्थ्यकर्मी रहेको टोलीले दुई दिनको शिविर सञ्चालन गरी हजारौं जनतालाई सेवा दिइएको थियो ।सोही भ्रमणको सन्दर्भमा हाम्रो टोली पहिला मंगलसेन पुगेको थियो । अर्कोदिन, त्यहाँ प्रजिअसहित कार्यालय प्रमुख र स्थानीय नेता, बुद्धिजीवी, व्यापारी, समाजसेवीलगायतलाई सुशासन, सूचनाको हकलगायतका विषयमा भव्य समारोहमा सम्बोधन गरेको सम्झनामा ताजै छ । फेरि नमस्कार शाहकै अगुवाइमा अर्कोपटक अछाम फर्किएँ । तुर्माखाद गाउँपालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूलाई पालिकको भूमिकाको विषयमा प्रशिक्षण दिए । सोही बखत तुर्माखादमा रहेको श्री कालिकेश्वरी माविका विद्यार्थी र शिक्षकका लागि विशेष प्रवचन दिएको थिएँ ।सो बखत वागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र विकास समितिको अध्यक्ष लोकेन्द्रबहादुर शाहले नागपर्वत, नाडामा रहेको वागेश्वरी मन्दिरको पुनर्निर्माण, व्यवण्स्थापन र समग्र विकासमा खेल्नुभएको भूमिकाबाट निकै प्रभावित भएँ । जसको कारण मैले पनि उक्त मन्दिरका निर्माता स्वर्गीय भगवती शाहीको स्तम्भ राख्न ५० हजार रुपैयाँको सहयोग गर्ने अवसर पाएँ । साथै, तुर्माखादकै भ्रमणको दौरान कमलबजार नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिने मौका पाएँ । यसरी जतिपटक अछाम पुगे पनि फेरि पनि त्यहाँ पुग्ने इच्छा भइरहन्छ । हामी प्रशासकले यसरी नै जनताको मन जितेर सेवा गर्नुपर्छ ।


Your Views
Related News