काठमाडौ । हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। तर हाल देशका पहाडी भू–भागमा आंशिक वदली रहनेछ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली हुनेछ । लुम्विनी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७७-०७-०५ विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis): उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status): हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०५ गते (बुधबार): दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०६ गते (बिहिबार): दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ , वागमती र गण्डकी प्रदेशमा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०७ गते (शुक्रवार): दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती : प्रदेश न १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ मा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): छैन ।

READ MORE NEWS

काठमाडौंको एक बालगृहमा यस्तो अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताउनुभयो । जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताउनुभयो ।

हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।


Your Views
Related News