रुकुम सिस्ने गाउँपालिका–३ पोखराकी एक महिलाले एकैपटक तीन सन्तातको जन्मदिनुभएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मंगलबार दिउसो ३१ वर्षीया सुमिता बोहोराले तीन नवजात शिशु छोरा जन्माउनु भएको हो ।बोहरा ३१ हप्ता ३ दिनमा प्रसव वेथा लागि मंगलबार नेपालगंज अस्पताल भर्ना हुनुभएको थियो । उहाँले तत्कालै नर्मल डेलिभरिमै एक एक मिनेटको अन्तरमा तीन शिसुको जन्म दिनुभएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार पहिलो बच्चाको तौल १ केजी ४ सय २० ग्राम, दोस्रो १ किलो ४ सय ८५ ग्राम र तेस्रो १ किलो ३ सय ६५ ग्राम रहेको छ । आमा र सबै शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।झण्डै २ साता अघि काठमाडौको थापाथलीस्थित प्रसुतिगृहमा नुवाकोटकी एक आमाले शल्यक्रियाका माध्यमबाट ५ सन्तान जन्माउनुभएको थियो । एक सन्तान पेटभित्रै मृत्यु भैसकेको थियो भने ४ सन्तान सकुशल जन्माएको र केही दिनमा एक सन्तानको मृत्यु भएको थियो । उहाँलाई एकसाता अघि तीन नवजात शिशुहरुका साथ अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ ।
READ MORE NEWS