विराटनगर । मध्य दिउसो । असोज महिना भए पनि तालु तातिने तराईको प्रचण्ड गर्मी । रुखको छहारीमा आशाले भरिएका चाउरीएको अनुहार दिएर विश्राम गरिरहेका विराटनगर ८ का ५७ वर्षिय राम राझि ठेला चलाउँछन् ।राझिको ६ महिना अगाडी जसोतसो जीविकोपार्जन चलिरहेको थियो । जब विश्व कोरोना भाइरसले आक्रान्त भयो उनको दैनिकी असहज बन्दै गयो । लकडाउन अवधिभरी एक छाकले दिनरात कटाएको उनी सुनाउँछन् । केहि समय पछि लकडाउन, निषेधाज्ञा खुल्यो केहि सहज त भयो तर पहिलेको जस्तो कमाई हुन सकेको छैन ।अहिले उनी बिहान ८ बजेदेखि घरबाट ठेला लिएर हाटखोला चोकमा निस्कन्छन् । घरबाट निस्कने क्षणमा मनभरी आशा, परिवारको भोको पेट भर्ने सपना लिएर निस्कन्छन् । तर, आजभोली ति सपना, आशाहरुलाई हाटखोला चोकमा नै छोडेर रित्तो ठेलाको साथमा घर फर्कनुपर्ने बाध्यता उनीसँग छ ।उनी यो भन्दा अगाडी रिक्सा चालक थिए । जब बजारमा रिटिसफारी, टयाम्पो भित्रियो रिक्सा विस्थापित हुँदै गयो । रिक्सा विस्थापित भएसँगै उनको पनि पेसा परिवर्तन भएको हो । ‘जब बजारमा सिटिसफारी टयाम्पो आयो, त्यहाँ देखि मान्छेहरुले रिक्सा चढ्न छोडे । खान लाउनै नभएपछि रिक्सा छोडेर ठेला कुदाउन थालेको त्यो पनि कोरोनाले खोस्यो ।’ उनी सुनाउँछन् ।उनी थप्छन्,‘गरिबलाई केहि गर्दा पनि समयले साथ दिँदो रैनछ, भोकले पेटमा मुसा कुदिरहेको छ ।’लकडाउनभन्दा अगाडी ठेला चलाएर जसोतसो साँझ बिहानको छाक टार्न पुगेपनि अहिले २ किलो चामल किन्ने पैसा पनि उनीसँग हुँदैन । श्रीमती, छोराछोरी र उनीगरी ७ जनाको परिवार छ उनको ।उनलाई दुःखले कहिल्यै नछोड्दा कहिलेकाँही देशै छोडेर अर्काको देशमा पसिना बेच्ने ईच्छा नलागेको पनि होईन । ‘गरिबको त सपना देख्ने अधिकार पनि रहेनछ, विदेश जान पैसा नै चाहिनेरहेछ, आफुसँग सूको पैसा छैन ।’ उनले भने ।कमाई नभएको बेला वर्षदिनमा आउने चाडपर्व पनि खल्लो लाग्दो रहेछ । ‘हुँदा खाने नहुँदा १० रुपैंयाको भुजामा छाक टार्ने हामी गरिबको लागि के दसैं के तिहार ? अरुले चाडपर्व मनाएको हेर्ने चित्त बुझाउने’ उनी निराश सुनिन्छन् ।रामकै जस्तो ठेला चलाएर गुजारा गर्ने कटहरीका ३७ वर्षिय सञ्जय साहलाई पनि चाडवाड आउनु र नआउनुको रौनक छैन । ‘गरिबको घरमा पैसा हुँदा सँधै दसैं हुन्छ, एक छाक मिठो मसिनो खान पाए किन चाडपर्व कुर्नुपर्यो ? यो पालिको दसैंको मतलवै लागेको छैन ।’ उनी भन्छन् ।ठेलाको कमाईबाट नै उनले परिवारको जिम्मेवारी बहन गरिरहेका छन् । उनको ५ जनाको परिवार छ, ठेलाको कमाईमा नै सबै आश्रित छन् । सोचे जस्तो कमाई नहुँदा दैनिक ज्यालादारी र श्रमिकहरुको दैनिकी चलाउन सकस भएको छ । उनी भन्छन्,‘लकडाउन अगाडी त जसोतसो दिनको ४/५ सय कमाई हुन्थ्यो, अहिले त २ सय पनि गाह्रो छ । खै कसरी परिवार पाल्नु ? कसरी चाडपर्व मनाउनु ?’ यो वर्ष उनको चाडपर्व कमाई नभएकाले सँधैको वर्षभन्दा खल्लो हुन्छ ।अरुले लगाएको, खाएको देखेर आफ्ना छोराछोरीले नयाँ लुगा, मिठो खानेकुरा माग्दा कसरी टार्ने उनलाई चिन्ता छ । ‘पेट भर्न धौधौ भएको बेला उनीहरुलाई कसरी नयाँ लुगा किनिदिनु ?’ साह आफैंलाई प्रश्न गर्छन् ।उनलाई दुःखले कहिल्यै नछोड्दा कहिलेकाँही देशै छोडेर अर्काको देशमा पसिना बेच्ने ईच्छा नलागेको पनि होईन । ‘गरिबको त सपना देख्ने अधिकार पनि रहेनछ, विदेश जान पैसा नै चाहिनेरहेछ, आफुसँग सूको पैसा छैन ।’ उनले भने ।कोरोना भाइरसका कारण ६ महिना लामो लकडाउनले कतिपयको आयश्रोत नै डामाडोल भएकाले यो सालको चाडपर्वमा हर्ष उल्लास छैन ।दशकौंदेखि आफैं तरकारी खेती गर्दै तरकारी बिक्रि गरेर घरगृहस्त चलाउँदै आइरहेकी कटहरी ४ की नन्दनी सिंह (नाम परिवर्तन) यो सालको दसैं, तिहार सामान्य तरिकाले मनाउने योजनामा छिन् । उनी र श्रीमान दशकौंदेखि कृषि पेसामा छन् । ‘कोरोनाले गर्दा लगाएको तरकारी बालीमा धेरै घाटा बेहोर्नुपरेको छ, आर्थिक मन्दि छ पहिलेको जस्तो खासै रौकन छैन यो वर्षको चाँड पर्व सामान्य नै हुन्छ ।’गत वर्ष दसैं आउनु महिना दिन अगाडी नै गाँउघरमा चहलपहल बढ्थ्यो । यो वर्ष पहिलेको जस्तो माहोल नै छैन । सबैतिर कोरोना संक्रमणको त्रास छ । केटाकेटी बुढाबुढीहरु घरभित्र छन् । काम गर्नेपर्ने बाध्यता भएका श्रमिक, किसानहरुमात्र काममा बाहिर निस्कन्छन् ।कोरोना भाइरसका कारण ६ महिना लामो लकडाउनले कतिपयको आयश्रोत नै डामाडोल भएकाले यो सालको चाडपर्वमा हर्ष उल्लास छैन । सरकारले पनि यो वर्ष आफ्नो घरभित्रै चाडवाड मनाउन आग्रह गरेकाले आफन्त, छरछिमेकी भेला भएर चाडवाड मनाउने मनस्थितिमा कोही छैनन् ।

READ MORE NEWS

स्मार्टफोनका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । सामान्यताः स्मार्टफोनका धेरैजसो फिचर प्रयोगकर्तालाई थाहा भएकै हुन्छन् र आवश्यकता अनुसार प्रयोग गरिरहेका पनि हुन्छन् ।तर स्मार्टफोनमा केही यस्ता फिचर पनि हुन्छन्, जो उपयोगी भए पनि धेरैलाई थाहै हुँदैन । आज हामी तपाईंलाई स्मार्टफोनका त्यस्तै ५ वटा ट्रिक्स बताउँदै छौं ।
१. भिडियोसँगै फोटो खिच्ने

यदि तपाईं स्मार्टफोनबाट भिडियो बनाइरहनु भएको छ र त्यसै समय फोटो खिच्नु चाहनुहुन्छ भने भिडियो बन्द गर्न जरुरी हुँदैन ।फोनमा भिडियो रेकर्ड गरिरहँदा फोटोको आइकन देख्न सक्नुहुन्छ र त्यसमा ट्याप गरेर सहजै भिडियो रेकर्डिङकै समयमा फ्रेमभित्र रहेको दृश्यको स्थिर तस्वीर कैद गर्न सक्नुहुन्छ । यद्यपि याे फिचर सबै स्मार्टफाेनमा नहुन सक्छ ।

२. स्क्रिन जुम

यदि तपाईंको आँखा केही कमजोर छ र स्क्रिनको कुनै टेक्स्ट तथा अक्षरलाई ठूलो बनाएर हेर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंले स्मार्टफोनको स्क्रिन म्याग्निफिकेसन फिचर प्रयोग गर्न सक्नुहुन्छ ।यसबाट तपाईं फोनको स्क्रिनमा देखिने जुनसुकै भागलाई ठूलो बनाएर सहजै हेर्न सकिन्छ । फोनको सेटिङमा गएर एक्सेसिबिलिटीभित्र रहेको म्याग्निफिकेसन जेस्चरलाई अन गरेर तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहुन्छ।

३. रेजोलुसन बढाउने तरिका

पछिल्लो समय बजारमा आएका धेरैजसो स्मार्टफोनमा म्याक्रो लेन्स राखिएको हुन्छ । जसबाट तपाईं ससाना वस्तुको तस्वीर आकर्षक र प्रष्ट रुपमा खिच्न सक्नुहुन्छ ।म्याक्रो क्यामेराबाट तस्वीर खिच्दा तपाईं एउटा फरक ट्रिक्स अपनाउन सक्नुहुन्छ । त्यसका लागि आफ्नो फोनको पछाडि भागमा रहेको लेन्समा एक थोपा पानी लगाइ दिनुहोस् ।क्यामेराको जुम प्रयोग गर्दा फोटोको रेजोलुसन घटिरहेको हुन्छ । तर यो ट्रिक्स अपनाउनु भयो भने तपाईंको क्यामेरा स्वतः जुम हुनेछ । यसबाट तपाईं क्यामेराको जुम फिचर प्रयोग नगरेरै हाई रेजोलुसनको फोटो खिच्न सक्नुहुन्छ ।

रिमोट खराब छ कि सही, फोनबाटै जाँच्नुहोस

कतिपय समय हाम्रो टिभी, स्पिकर वा अन्य कुनै डिभाइसको रिमोट खराब भइदिन्छ । ब्याट्री फेर्दा समेत रिमोटले राम्रोसँग काम गर्दैन । यस्तोमा के साँच्चिकै रिमोट बिग्रिएकै हो त भन्ने दुविधा उत्पन्न हुन्छ ।तपाईंले स्मार्टफोनको प्रयोगबाट रिमोट बिग्रेको वा नबिग्रेको सहजै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले रिमोटको सेन्सरलाई फोनको क्यामेरा अघि ल्याएर हेर्न सक्नहुन्छ ।यदि रिमोटको कुनै बटन दबाउँदा क्यामेराबाट कुनै लाइट देखिरहेको छ भने तपाईंको रिमोट ठीक छ भन्ने बुझ्नुहोस् । अन्यथा रिमोट खराब भएको भनेर ठान्नुहोस् ।

५. हेडफोनबाटै खिच्न सकिन्छ फोटो

सामान्यताः धेरैजसो प्रयोगकर्ता म्युजिक सुन्नका लागि मात्र हेडफोनको प्रयोग गरिरहेका हुन्छन् । तर तपाईंले यसैबाट सहजै फोटो समेत खिच्न सक्नुहुन्छ ।यद्यपि यो फिचर सबै स्मार्टफोनको ईयरफोन तथा हेडफोनमा नहुन सक्छ । तर पनि तपाईं आफ्नो फोनको हेडफोनमा यो फिचर छ कि छैन भनेर सहजै जाँच गर्न सक्नुहुन्छ ।फोनमा प्ले तथा पज बटनको सहयोगमा फोटो खिच्न सकिन्छ र भोलुम बटनबाट जुम ईन तथा जुम आउट पनि गर्न सकिन्छ ।


Your Views
Related News