

कोरोनाभाइरस संक्रमणको महामारीका कारण हिडडुल नै कम भएको र जोखिम कम गर्न यात्रु पनि सचेत हुन थालेकाले यो वर्ष हवाइ उडानको टिकट सहजै उपलब्ध छ। यात्रुको चाप कम हुँदा वायुसेवा कम्पनीहरुले आधासम्म सस्तोमा उडान गरिरहेका छन्।कोरोना महामारीका कारण यात्रुको गतिविधि कम भएको र सिजनमा पनि पर्यटक अवागमन ठप्प हुँदा आन्तरिक वायुसेवाले यो वर्षको दशैंका लागि सस्तो र चाहेकै दिनको टिकट उपलब्ध गराइरहेका छन्। यो वर्ष हरेक उडानमा २० प्रतिशत सिट खालि नै उड्नुपरेको आन्तरिक वायुसेवा कम्पनीहरुले बताएका छन्।यात्रु नभएका कारण काठमाडौंबाट नियमित उडान हुने तुम्लिङटार बाहेक सबै गन्तव्यको टिकट सामान्य अवस्थाको तुलनामा आधा सस्तोमा पाइएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला दशैंलाइ पनि टिकट सहजै उपब्लध भइरहेको, यात्रुले चाहेकै दिन टिकट पाइने, अधिकतम भाडादरको तुलनामा आधा सस्तो भाडामा टिकट उपलब्ध भएको बताउँछन्।गत वर्ष यो समयमा अधिकतम भाडादर मात्रै लागू हुन्थ्यो भने टिकट पाउनै गाह्रो थियो। अहिले यात्रु नै कम भएका कारण वायुसेवा कम्पनीले नाफा भन्दा पनि सञ्चालन खर्च धान्ने गरी मात्रै उडान गरिरहेको बताएका छन्।अघिल्ला वर्षहरुमा ३५ देखि ४० वटासम्म हुने उडान अहिले दैनिक २० वटामा सिमित भएका छन्। दशैंलाई यात्रुको चाप भयो भने उडान थप गर्न चार वटा अतिरिक्त उडानको तालिका स्वीकृत गराएको भएपनि भएकै २० वटामा यात्रु पूर्ण नभएको यतीका प्रवक्ता बर्तौला बताउँछन्।यो समयमा अधिकतम भाडादर मात्रै लागू हुन्थ्यो भने टिकट पाउनै गाह्रो थियो। अहिले यात्रु नै कम भएका कारण वायुसेवा कम्पनीले नाफा भन्दा पनि सञ्चालन खर्च धान्ने गरी मात्रै उडान गरिरहेको बताएका छन्।
यात्रु पनि दैनिक २ हजार भन्दा बढी छैनन्। अन्य समयमा यतीले ४ हजार यात्रुलाई एकै दिन सेवा दिने गरेको थियो । हरेक उडानमा बढीमा ८० देखि ९० प्रतिशत मात्रै अकुपेन्सी हुने गरेकाले यात्रुले चाहेकै दिन सस्तो टिकटमै यात्रा गर्न पाइरहेको वायुसेवा कम्पनीहरुले जनाएका छन्। आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज भएको बुद्ध एअरले दैनिक ३५ वटा मात्रै उडान गरिरहेको छ। दशैंका बेला गत वर्ष यस्तो उडान दैनिक ५० देखि ६० वटा हुने गरेको बुद्ध एअरका बरिष्ठ बजार निर्देशक रुपेश जोशी बताउँछन्। जोशीका अनुुसार १३ वटा जहाज एउटाले चार देखि ५ वटा उडान गर्ने गरेकोमा अहिले सबै जहाज प्रयोगमा नै आएका छैनन्। दशैंको बेला पर्यटकीय सिजन हुने हुँदा अन्य समयको तुलनामा उडान बढी हुने गर्थ्यो। दशैंको बेला अन्य समयमा जस्तो सस्तो टिकट नपाइने, एक महीनादेखि नै टिकङ बुकिङ किने अवस्था थियो। यो वर्ष यात्रुले चाहेकै दिन टिकट, त्यो पनि सस्तो दरमै पाइरहेको जोशी बताउँछन्। बुद्ध एअरले पनि काठमाडौंबाट तुम्लिङटारको उडानका लागि मात्रै नर्मल भाडादर लिने गरेको छ भने अन्य सबै गन्तव्यमा आधासम्म कम गरेको छ।श्री एअरलाइन्ले पनि दैनिक ६ वटा उडान गरिरहेको छ। यो वायुसेवाले पनि सामान्य अवस्थामा १५ वटा उडान गर्ने भएपनि यो वर्ष माग नै कम भएकाले उडान तालिका थोरै नै स्वीकृत गराएको छ। थोरै उडान हुँदा यात्रु पाउन भने कठिन भइरहेको श्री एअरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर बताउँछन्।
READ MORE NEWS
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरिन् ।राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।उनले प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र मन्दिरले हाम्रा पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताइन्। उनले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिइन् ।“पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ”, राष्ट्रपतिले भनिन् । रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदै विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको र विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गरिन् । सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उनले व्यक्त गरिन् ।पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
Powered by " Naya Nepal Media Pvt. Ltd. "
Reg No : In Progress..
Director and editor
Aaditya Nepal : 9810040243
© 2020 Naya Nepal Media Pvt. Ltd. All Right Reserved
Site By : Subash Ghimire
Hosting By: Namaste Host