काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम जारी गरेको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम जारी गरेको हो । नेकपाद्धारा जारी कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाले सम्पुर्ण नागरिकको कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ ।

विज्ञप्तिमा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य सरकारको अत्यन्तै निकृष्ट र अमानवीय ब्यवहार भएको बताइएको छ । विप्लवले भनेका छन्, ‘सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ।

सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।’

राज्य सरकार र सम्बन्धितनिकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धनकुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको आरोप लगाइएको छ ।

read more news

राजधानी रिक्जाविक केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । आइसल्याण्डमा ५.६ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प गएको छ । आईसल्याण्डको दक्षिणपश्चिमी भागमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पले राजधानी रिक्जाविकको भवनहरू हल्लाएको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । जनधनको क्षतिबारे कुनै जानकारी आएको छैन ।

आइसल्याण्डको मौसम विभागले भन्यो कि भूकम्प अन्तर्राष्ट्रिय समयनुसार दिउँसो १ः४३ बजे आएको थियो । भूकम्पको केन्द्र राजधानी रिक्जाविकको दक्षिणमा रहेको थियो ।

प्रधानमन्त्री क्याट्रिन जेकब्सडोटर अमेरिकी अखबार ‘वाशिङटन पोस्ट’ ले आयोजना गरेको जूम बैठकमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै थिइन् तब उनले बीचमा अचानक रोकिनुपर्यो । उनले भनिन्, ‘हे भगवान, भूकम्प आयो ।’ मौसम विभागले पश्चिमी आइसल्याण्डमा बस्ने मानिसहरूलाई थप भूकम्पको चेतावनी दिएको छ । एपी

READ MORE NEWS

शा’रीरिक क’र्मपछि भिडियो बनाएर बारम्बार नदिए भाइरल बनाउछु भन्ने पुरुषलाई महिलाले बनाइन् लाश

काठमाडौं । विवाहपछि पनि एक पुरुषको व्यवहार सहन गर्न नसकेर एक महिलाले उठाएको कदमले सबैलाई हैरान बनाएको छ । भारत, मध्यप्रदेशको अशोकनगर जिल्लामा बारम्बार एक पु’रुषबाट शा’रीरिक क’र्म राख्नका लागि बारम्बार कुरा आउँन थालेपछि एउटी महिलाले ज्या’न लि’एकी हुन् ।

अशोकनगर जिल्लाको सेहराई चौकी क्षेत्र अचलगढ निवासी ३५ वर्षीय बृजभूषण शर्माको ज्या’न लि’इएको हो । यहाँको क्यान्ट क्षेत्रको माथिल्लो बजारको एउटै गाउँमा बस्ने एउटी महिलाले भुषणको ज्या’न लि’एकी हुन् । ति महिलाका अनुसार सन् २००५ मा जब उनी १६ वर्षकी थिइन तब बृज भूषणले उनलाई दुःख दिएका थिए ।

त्यसपछि, उसले बारम्बार उनलाई शा’रीरिक क’र्मका लागि प्रयोग गर्दै आएको थियो । यहाँसम्म कि ती महिलाको विवाह पछि पनि भुषणले छोडेनन् । त्यस महिलाले धेरैपटक आफ्नो परिवार रहेको कुरा बताईन् तर उनले विश्वास गरेनन् । बृज महिलाको ससुरालीमा पुग्थ्यो ।

सोमबार राती पनि महिलाका पति घरमा नभएको बेला बृजभूषणले घरमा आएर उनलाई चे’तावनी दिएर शा’रीरिक क’र्म पुरा बनाएको बताइएको छ । अस्वीकार गर्दा पनि नमानेर उनले सम्बन्ध राखेका हुन् । त्यसपछि ति महिलाले भान्छाबाट तरकारी टु’क्रा पार्न प्रयोग हुने सामान ल्याएर उनको ज्या’न लि’एकी हुन् । आमाले यो सब गर्दै गर्दा उनकी सानी छोरीले पनि थाहाँ पाएकी थिइन् तर डरले उनी सुतिन् ।

प्रहरी आइपुगेपछि उनकी छोरी पनि डराएर बसिरहेकी थिइन् । प्रहरीले घटनास्थलबाट र’गत दा’ग र दुई मोबाइल फेला पारेको छ । एउटा मोबाइल महिलाको हो भने अर्को मृतकको हो । नियन्त्रणमा लिइएको सामान १० इन्च लामो छ । महिलाले तरकारी आदि बनाउन यसको प्रयोग गर्दै आएकी थिइन् ।

मृतक पुरुषको शरीरमा कुनै पनि कपडा थिएन । यसै बीच, महिलाले भान्छाबाट सामान ल्याएर पूर्ण शक्तिले त्यसमा प्रयोग गरेकी थिइन् । जुन पछाडिबाट सीधै पे’ट’मा पु’ग्यो । जब उनले भाग्नको लागि लुगा लगाउने कोसिस गरे तब पनि उनले छोडिनन् ।

बृजभूषण शर्माको कम्मरमा २५ वटा निशान देखा परेको छ । महिलाको पति अशोकनगर जिल्लामा शिक्षक हुन् । घटनाको समयमा उनी अशोकनगरमा थिए । क्यान्ट प्रहरी इञ्चार्ज रामप्रकाश वर्माले यो घटना गत मंगलबार राती साढे १२ देखि साढे १ बजे आसपास भएको बताएका छन् । त्यस दिन राती २ बजे महिलाले १०० मा फोन गरेर घटना सम्बन्धमा सूचना दिइन् ।

सुचनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त घटनापछि ति महिलाले आफैंले प्रहरीमा फोन गरेर आफ्नो कु–र्कमबारे जानकारी गराएर आत्मसर्मपर्ण गर्न बाध्य भएकी थिइन् । आरोपितले ती महिलासँग शा’रीरिक क’र्म सम्पन्न गरेका भिडियोहरू पनि बनाएका थिए ।

आफुले भनेको अनुसार नगरे ति सबै भिडियो भाइरल बनाउने चेता’वनी दिएर त्यस्तो काम गर्दै आएका थिए । अन्त्यमा हैरान भएर महिलाले गलत बाटो चुन्न पुगेको बताएकी छिन् । श्रीमान बाहिर भएको समयमा उनी प्रायः जसो उनको घरमा आउँने गरेको उनले बयानमा बताएकी छिन् । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।


Your Views
Related News