काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका छोरीज्वाइँ बसेको होटलमा प्रहरीले छापा मारेको छ । पाकिस्तानको सिन्ध प्रहरीले दिएको जानकारी अनुसार सरिफका ज्वाइँलाई पक्राउ गरिएको हो ।

Maryam Nawaz with Muhammad Safdar Awan
Maryam Nawaz with Muhammad Safdar Awan

पाकिस्तान मुस्लिम लीग (नवाज) की नेतृ मरियम नवाजले उनको श्रीमान् पक्राउ परेको जानकारी दिएकी थिइन् ।

मरियमले स्थानीय प्रहरीले कराँचीमा उनी बसेको होटलको कोठामा सुतिरहेको समयमा घुसेर उनका श्रीमान् अवकाशप्राप्त क्याप्टेन मुहम्मद सफदर अवानलाई पक्राउ गरिएको जानकारी दिएकी थिइन् ।

एफआईआरमा पाकिस्तानका संस्थापक नेता मोहम्मद अलि जिन्नाको चिहानको अपमान गरेको आरोप लगाइएको छ । पक्राउ परेको केही समयपछि नै उनलाई प्रहरीले अदालतमा बुझाएको थियो ।

अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैंयाँ जमानतमा रिहा गरेको छ । उनी पक्राउ परेपछि पाकिस्तानमा तहल्का सुरु भएको छ । उनलाई पक्राउ कसले गरेको हो भन्ने विषयमा अहिले पनि बहस भइरहेको छ ।

सिन्ध प्रान्तमा सरकारको नेतृत्व गरिरहेको पाकिस्तान पिपुल्स पार्टी अहिले पाकिस्तान मुस्लिम लीग (नवाज)सँग मिलेर केन्द्रमा रहेको इमरान खान सरकार विरुद्ध खडा भएको छ ।

पाकिस्तानी सेनाले उनलाई पक्राउ गर्न को लागि सिन्ध प्रहरीलाई दबाब दिएको हुन सक्ने अनुमान पनि गरिएको छ । तर सिन्ध प्रहरीले यस विषयमा कुनै जानकारी दिएको छैन ।

सिन्ध प्रहरीले पक्राउका विषयमा एक ट्वीट गरेको छ । उक्त ट्वीटमा भनिएको छ, ‘क्याप्टेन (अवकाशप्राप्त) सफदरको पक्राउ कानून बमोजिम गरिएको थियो र अनुसन्धान निष्पक्ष हुनेछ । सबै प्रक्रियामा देय प्रक्रिया अनुसरण गरिनेछ ।’

यसअघि आइतबार सरकार विरोधी ११ पार्टीको गठबन्धन पाकिस्तान लोकतान्त्रिक आन्दोलनको एक सभा कराँचीको जिन्ना बाग रंगशालामा आयोजना गरिएको थियो । मरियम नवाज र क्याप्टेन सफदर यसै सभाका लागि कराँचीमा उपस्थित थिए ।

READ MORE NEWS

अमेरिकामा शक्तिशाली भूकम्पको धक्का : अति तिब्र सुनामीको चेतवानी

काठमाडौ । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अब सुनामीको खतरा पनि देखिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको होमरमा अलास्का नजिक ७.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको हो । अमेरिकाको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम रहेको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले बताएका छन् ।

READ MORE NEWS

पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनायो

काठमाडौ । कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ ।

“देशका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढीरहेको हामीले देखेका छौँ, यो अत्यन्त छिटो छिटो बृद्धि भइरहेको छ, ती सवैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागिएको हो,” प्रवक्ता मुलरले भन्नुभयो ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्ने बारेमा अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ ।

अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

गत बसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोनाभाइरसको महामारीको असर कम देखिएको थियो । तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पोल्याण्डमा पछिल्लो केहीदिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुनसक्ने बताइएको छ ।

पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ । कुल परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको पनि अधिकारीहरुले जनाएका छन् ।


Your Views
Related News