काठमाडौ । नेपाल टेलिकमले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ अब सबै ग्राहकका लागि उपलब्ध भएको छ । विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुने भएको हो ।

टेलिकमले ह्याप्पी लर्निङ प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था पनि हटाएको छ ।

प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ ।

यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यो प्याक ८१४४१३ डायल गरेर लिन सकिने छ ।

READ MORE NEWS

यसरी आफै जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड

काठमाडौ । कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भनेर सत्य नभनेको हुन सक्छ । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएता पनि पछि गएर सेवा प्रदायकले कम गरिदिएको हुन सक्दछ ।

यसलाई हामीले नै केही जाँच गरेर थाहापाउन सक्छौँ । तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको हुनु हुदैन् ।

त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । इन्टरनेट स्पीड थहापाउने केही तरिकाको बारेमा आज हामी तपाईलाई जानकारी दिदैं छौं ।

ओकला स्पीड टेस्ट

ओकला स्पीडटेस्टले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहापाउन मद्दत पुर्‍याउँछ ।

यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।

यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।

अन्य केही स्पीड टेष्ट गर्ने तरिका

फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।

यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।

यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्टको वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।

READ MORE NEWS

टेलिकमको अटम अफर, अहिले नै यसरी एक्टिभ गर्नुहोस् अनलिमिटेड प्याक

काठमाडौ । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा अनलिमिटेड युट्युव र अनलिमिटेड फेसबुक प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ ।

यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक समेत खरिद गर्न सकिनेछ ।

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ ।

यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ ।


Your Views
Related News