काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशको समस्या समाधानका सम्बन्धमा छलफल भएको र चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

सहमति अनुसार प्रमुख सचेतकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रुपमा सचेतकका कायम गर्ने, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तथा अन्य विषय सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाको प्रेस नोटमा उल्लेख छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने तथा प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पाटी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको जनाउनुभयो ।

संयोजक सापकोटाले थप भ्रममा नपर्न आग्रह गर्नुभएको छ । यसअघि कर्णाली प्रदेशमा देखिएको समस्याका बारेमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालले त्यहाँका नेताहरुसँग अलगअलग छलफल गर्नुभएको थियो ।

READ MORE NEWS

प्रचण्डका मन्त्री हटाएर नेपालकालाई ल्याउने ओलीको तयारीपछि नेकपामा हलचल !

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरी ठूलै भूचालो जान थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग झण्डै २ः३० घन्टा भेटवार्ता गरेका छन् ।

 

उनले अब अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किनारा नलगाए जनताका लागि पार्टी र सरकार अलोकप्रिय हुने देखिएकाले हामी मिलेर सरकार र पार्टीको शाख जोगाउँ भन्दै छलफल शुरु गरेको उच्च स्रोतले जनायो । उनले सिधै भने अब पूर्व माओवादी पक्षका सबै मन्त्री हटाउँ तपाई नाम दिनुहोस् हाम्रा मिलाएर सरकार चलाउँ कुनै पाटो चोइटीएर जान्छ भने जान्छ । यति सम्मको गफ उनीहरुबीच भएको खुल्न आएको छ ।

प्रचण्डलाई पार्टीको लेनमा ल्याउन मैले के मात्र गरिन । कतिपटक त सामान्य कुरामा नमिल्ने भए नमिल्ने हामी हाम्रो दिशातर्फ लाग्छौ भन्दै बच्चा जस्तो फन्किदै हिँड्छन् । एकताका काम देखि सरकारका काममा समेत उनको त्यही अडान छ । अब चै प्रचण्डसँग सकिन्न कमरेड भन्दै ओलीले नेपालसँग गफीरहँदा नेपाललेपनि प्रचण्डमापनि खोट रहेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएर पार्टीका विभिन्न गतिविधिमा छलफल गरेका बालुवाटार स्रोतले जानकारी दियो ।

भेटवार्ताका क्रममा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको निकटतामा असन्तुष्टि जनाएका थिए । उनले भेटवार्तामा भने, ‘आज भोलि त आउनै छाड्नु भयो। भेटवार्ता पनि हुन छाड्यो । यसरी भएन, अब मिलेर जाऔँ । तपाईँ अन्त जानुहुन्छ ।’

भेटवार्ताका क्रममा नेपालले भने, ‘मिल्ने कुरामा मेरो कुनै आपत्ति छैन, मिल्नुपर्छ । तर, कुन कुरामा मिल्ने ? विधि र प्रक्रियामा मिल्ने कुरा ठिक छ । व्यक्तिवादलाई मान्यहुनेगरी मिल्ने कुरा हुँदैन । पार्टीलाई विधि र प्रक्रिया अनुसार अगाडि बढाउने कुरामा मिल्न म तयार नै छु ।’

बालुवाटार स्रोतले नेपालसँगको भेटवार्ता सकरात्मक भएको जनाएको छ । तर, नेपाल निकट स्रोतले भने भेटवार्ताका क्रममा ओलीले प्रष्ट कुरा नगरेर खाली मिल्नेमात्रै कुरा गरेका थिए ।

कर्णालीमा देखिएको विवाददेखि पार्टीको महाधिवेशनमा नयाँ नेतृत्वसम्म छलफल भएपनि कुनै सहमति नभएको स्रोतको भनाइ छ । ओलीले नेता नेपाल सामु प्रचण्डका मन्त्री हटाएर नेपालकालाई ल्याउने प्रस्ताव समेत राखेपछि भने नेपाल अहिले नजिक हुन खोजेको स्रोतको दावी छ ।


Your Views
Related News