नेपाल–भारतको सीमा नाकामा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी जवान रामबहादुर साउँदको अन्त्येष्टि गरिएको छ । साउँदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले साउँदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिए ।गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै वेपत्ता भएका प्रहरी जवान साउँदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।प्रहरी सहायक निरीक्षक विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । विकको भने आइतबार बिहानै शव भेटिएको थियो । असई विकको अन्त्येष्टि मंगलबार उनकै गाउँ कञ्चनपुरको पुनर्वासमा गरिएको छ ।दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । जसमध्ये अपराध स्वीकार गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । अझै केही फरार रहेको र तिनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

READ MORE NEWS

दशैँभन्दा त तिहार नै रमाइलो

विश्न नै कोभिड-१९ को चपेटामा परेको छ। बितेका छ/सात महिना बन्द कोठाको कठघरमा जीवनलाई समर्पित गर्नुपर्ने बाध्यता छ। दिनानुदिन कोरोनाको सन्त्रास छ।यसै बीच शरदीय ऋतुको आगमन भएको छ। असारमा रोपिएका धान सुनौला बाला हालेर झुलेका छन्। कोदाका बालाहरू बारीमा हरियाली छर्दै लहलह झुलेका छन्। सुन्तलाबारी पहेलिने क्रममा छ। प्रकृतिमा आएको यो परिवर्तन, यसपालि स्मृति र अनुभव मात्रमा सीमित हुने लक्षण देखा पर्दैछ, कारण कोभिड-१९।दशैँ तिहारजस्ता चाडपर्व नजिकिने क्रममा नै छन्। खै यसपालि त घर पनि जाने कि नजाने अझै दोधार कै अवस्था छ। म भने बन्द कोठाभित्र बसेर मेरा बाल्यकालका ती चाडको स्मरण गरीरहेछु।खै, किन-किन मलाई सानैदेखि तिहार नै औधी मन पर्थ्यो र अहिले पनि मन पर्छ नै भनूँ। कुरा खानपानको पनि होइन, नाँचगान र देउसीभैलोको पनि होइन, पिङ खेल्ने रहरको पनि होइन। ‘जुवा’ अर्थात् पासा खेल्न पाइने कारणले म निकै नै उत्साहित हुन्थेँ। गाउँमा जुवा खेल्न उत्साहित हुनेको एउटा जमात नै हुन्थ्यो।अचम्मको कुरा के भने तास प्रायः बाह्रै महिना खेलिए पनि जुवा तिहारकै चार/पाँच दिन खेलिन्थ्यो। यही कारणले पनि होला, यसले महत्त्व पाएको। यदाकदा महाभारतमा देखाइने सिरियलमा शकुनिको हातमा मैले जहिल्यै पनि दुई वटा मात्र पासा देखेँ पनि हामी खेल्ने पासा तीन वटा हुन्थे।आयातकार रूपमा सजिएका एउटै लम्बाइ भएका ती पासा हाड वा प्लाष्टिकका पनि बन्ने कुरा मैले धेरैपछि थाहा पाएको हुँ। तिनमा चारपाटा हुन्थे/ हुन्छन्। एउटा पाटामा एउटा फूली, त्यसको ठिक विपरीत छ वटा फुली अनि अर्को पाटामा दुईवटा फुली, त्यसको ठिक विपरित पाँच वटा फुली हुन्थे। पासाको बनावट यसरी हुन्थ्यो।पासा खेल्दा तेह्र, पन्ध्र, सत्र र अठारका दाउले मार्ने हुन्थ्यो भने तीन, चार, छ र नौको दाउ पर्ने हुन्थ्यो/हुन्छ। बाँकी पाँच, दश, एघार, बाह्र, चौध, सोह्र दाउले धान्ने भन्ने हुन्थ्यो।त्यसताका गाउँमा बिजुली आइपुगेको अवस्था थिएन। राति आँगनमा तीन/चार वटा गुन्द्रीहरू जोडेर त्यसमाथि कम्बल वा दरी त्यस्तै ओछ्याएपछि पासा गुडाउने ठाउँ बन्थ्यो। त्यसलाई थर्की पनि भनिन्थ्यो। थर्कीको बीचमा औषधी खाएर सकिएको अलिक ठूलै बोतल वा त्यस्तै भाँडोमा मट्टितेल हाली बाती डुबाएर माथिपट्टि एक थाप्रो गोबर राखेपछि उज्यालो दिने बत्ती तयार हुन्थ्यो। थर्कीमा राम्रो उज्यालो हुन्थ्यो। त्यो थर्की र उज्यालो बनाउने काम गाउँकै तिनतले बाले गर्नुहुन्थ्यो।राम्रोसँग दाह्रीका रेखी पनि नबसेका हामी छतौरे केटाहरू त, केही पाका उमेरका अनि केही हाम्रा उमेरभन्दा ठूला दाइहरू थर्कीको चारैतिर खेल्नका लागि बसिन्थ्यो।अहिले सम्झदा अचम्म लाग्छ, थर्कीमा पासा खसेपछि कति अङ्क पर्‍यो, मार्‍यो कि पर्‍यो वा धान्यो, एक सकेन्ड पनि लाग्दैन्थ्यो भन्न, जसरी आजकलका बाबुनानीहरू रेस्लरका नामहरू फररर भन्ने गर्छन्। खैर, खप्पिस थियौँ हामी केही छतौरे केटाहरू। यी यादहरू लेख्न बस्दै गर्दा करिब दश वर्षपछि, दुई वर्ष अगाडि यहाँ (काठमाडौँ) तिहार मनाउने कार्यक्रममा त्यसरी नै पासा खेल्ने अवसर जुर्‍यो।ताजुब कुरा, मलाई ती अंक चिन्न अलिकता पनि समय लागेन।सोच्द्छु, रूचि, कार्यप्रतिको लगाव र निरन्तरको अभ्यास भएमा एकपटक सिकिएको कुरा कहिल्यै पनि बिर्सिने कुरा नहुने रहेछ, जसरी एकपटक मोटरसाइकल, साइकल वा पौडी सिकेको व्यक्तिले लामो समयपछि उल्लिखित कार्य गर्दा सहजै सिक्न सक्दछ।खेल्नका लागि पैसा त कहाँ हुनु र! त्यही पाँच/ दश रूपैयाँ त हो नि। त्यसैमा रमाइथ्यो भनौँ। एकपटक हजुरआमालाई दुई रूपैयाँको नोट भनेर भारू पचासको नोट निकालेको घटना मेरो मनमस्तिष्कमा ताजा छ। पछि त्यो विषयले घरमा खैलाबैला नै मच्चिएको सम्झन्छु।ती दिनमा पैसाको साच्चिकै मूल्य थियो। हुन त अभावले पनि हुन सक्छ।पासा खेल्दा, त्यहाँ प्रयोग हुने भाषा पनि अचम्मका हुन्थे। दुईवटा पासामा ६/६ अङ्क र एउटा पासामा १ अङ्क आएमा मारेको संकेत स्वरूप टिको लायो भनिन्थ्यो। त्यस्तै तीन वटै पासामा ६/६/६ अङ्क परेमा बुढो अठारले मार्‍यो भनिन्थ्यो।ठिक त्यसको विपरित २/२/२ परेमा हलैहल भनिन्थ्यो। त्यो भनेको हारेको हो, तिर्नुपर्ने हुन्थ्यो। त्सस्तै १५ को दाउले मारेमा थर्कीको पैसा दिनुपर्ने हुन्थ्यो। १/१/१ परेका पनि तिर्नुपर्ने हुन्थ्यो। त्यसलाई लौ गेडियो भनिन्थ्यो। भनेको तीन फुली अर्थात् तीन गेडा।हाम्रा बा पर्नेहरूमा भिरामुनि बा पासा पल्टाउनका निकै सिपालु मानिन्थे। त्यस्तै गहते तुले दाइ अनि अनिल भाइ मेरो दौतरी पनि। त्यस्तै सिमलचौर माजाघरे बा, स्वर्गीय सोताली जेठाबा पनि। थर्कीमा फालिएका पास एकआपसमा नबजीकन सररर गुडेमा पासा हनाइको कला झल्किन्थ्यो। हामी पनि त्यस्तै सिको गर्ने प्रयास गर्थ्यो।अचम्म लाग्छ, त्यो बेला न भोक लाग्थ्यो न जाडो नै हुन्थ्यो। अचम्मको लगाव हुन्थ्यो।खैर, पासा अर्थात् द्युत क्रिडा यसमा पनि केको कला र!महाभारतको प्रसङ्गमा, बुद्धिमत्ता युधिष्ठिरले धर्मपत्नी सहित सर्वस्व हारे। द्युतमा मान्छेको मति पनि भ्रष्ट हुन्छ। के गर्न हुने, के गर्न नहुने भन्ने कुराको सुझबुझ द्युतमा हारेको व्यक्तिले गुमाउँछ। त्यही कुरा महाभारतमा युधिष्ठिरका माध्यमबाट भन्न लगाइएको पनि देखियो। वास्तविकता नै हो जस्तो लाग्छ।जेहोस्, अनौठो नशा हुन्छ द्युत क्रिडा पनि।चाडपर्व विशेषमा एकपटक त पिङमा चढ्नै पर्छ भनेझैँ एकपटक पासा त छुनुपर्छ भन्ने मान्यता छ। तिहारको टिकाका दिन थर्कीमा आइमाई केटाकेटीको हुल नै हुने गर्थ्यो। खै, यसको सामाजिक, सांस्कृतिक महत्त्व के हो, यो विषयमा म जानकार छैन। तर जति नै कुरा गरे पनि जुवा तास समाजका लागि कहिल्यै पनि हितकर त हुनै सक्दैन।


Your Views
Related News