रावणलाई रामले वध गरेको त धेरैलाई थाहा छ । रावणको यस नियतिमा अनेकौं मानिसबाट प्राप्त श्राप पनि जिम्मेवार थियो भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहोला । रघुवंशमा अनरण्य नामक एक राजा थिए । रावणले विश्वविजय गर्ने क्रममा राजा अनरण्यसँग युद्ध गरेको थियो । युद्धमा अनरण्यको मृत्यु भयो तर मृत्युअघि उनले रावणलाई श्राप दिए । अनि एकपटक रावण भगवान् शिवलाई भेट्न कैलाश पर्वत पुगेको थियो । कैलाशमा रावणले शिवजीको वाहन नन्दीको मजाक उडायो । क्रोधित नन्दीले रावणलाई श्राप दिए । एकपटक रावण पुष्पक विमानमा यात्रा गरिरहेको बेलामा सुन्दर स्त्रीलाई देख्न पुग्यो । ती नारीले भगवान् विष्णुको पूजा गरिरहेकी थिइन् । रावणले महिलाको कपाल तानेर आफूसँग हिँड् भन्यो । स्त्रीले तत्कालै त्यहीँ प्राणत्याग गरिन् र मर्नुअघि रावणलाई श्राप दिइन् । संसार विजय गर्नका लागि रावण स्वर्ग समेत पुगेको थियो । त्यहाँ रम्भा अप्सराप्रति ऊ मोहित भयो । रम्भाले रावणका दाइ कुबेरको छोरा नलकुबेरसँग विवाह गर्न खोजेकी थिइन् । रम्भालाई उसले जबर्जस्ती करणी गर्‍यो । यो कुरा थाहा पाएका नलकुबेरले रावणलाई श्राप दिए । रावणले प्यारी बहिनी शूर्पणखाबाट पनि श्राप पाएको थियो । शूर्पणखाको पतिको नाम विद्युतजिह्वा थियो र उनी राजा कालकेयका सेनापति थिए । कालकेयसँग भएको युद्धमा रावणले विद्युतजिह्वालाई मारेको थियो । त्यसपछि रिसाएकी शूर्पणखाले रावणलाई श्राप दिइन् । रावणले आफ्नी पत्नी मन्दोदरीकी दिदी मायामाथि पनि कुदृष्टि राख्ने गरेका थिए । मायाका पति शम्भर वैजयन्तपुरका राजा थिए । एक दिन रावण शम्भरलाई भेट्न जाँदा मायालाई आफ्नो जालमा फसायो । शम्भरलाई यसको बारेमा जानकारी आएपछि रावणलाई कैद गर्‍यो । त्यतिखेरै राजा दशरथले रावणमाथि आक्रमण गरे । युद्धमा शम्भरको मृत्यु भयो । त्यसपछि मायाले आफैं प्राणत्याग गर्ने निर्णय लिइन् । रावणले मायालाई आफूसँग जान भन्यो । मायाले रावणलाई श्राप दिँदै तेरो वासनाका कारण मेरा पतिको मृत्यु भयो भनिन् ।

READ MORE NEWS

चीनप्रति विकसित देशहरूमा नकारात्मक धारणा

विकसित देशहरूमा विगत एक वर्षमा चीनप्रति नकारात्मक धारणा बढेको एक नयाँ सर्वेक्षणले देखाएको छ । पिउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा चीनले अमेरिकाको भन्दा राम्रोसँग कोभिड महामारी व्यवस्थापन गरेको पाइएको छ । सर्वेक्षण १४ वटा देशमा गरिएको हो । जुन १० देखि अगस्ट ३ सम्म गरिएको सर्वेक्षणमा सर्वेक्षण गरिएका सबै देशमा बहुसंख्यक जनताले चीनप्रति नकारात्मक धारणा राखेको पाइयो । कुल १४ हजार २७६ जना वयस्कलाई टेलिफोनबाट सर्वेक्षण गरिएको थियो ।कोभिड–१९ को पृष्ठभूमिमा सर्वेक्षणको यस्तो परिणाम आएको हो । महामारी बन्नुअघि यो रोग चीनमा पहिलोपटक देखिएको थियो । अनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नोेभेम्बर ३ मा हुने निर्वाचन पुनः जित्नका लागि चीनको कठोर आलोचना गरिरहेकाले पनि मानिसहरूको धारणालाई प्रभावित पारेको देखिन्छ ।पिउको प्रतिवेदनमा सर्वेक्षण गरिएका मुलुकहरूमा ६१ प्रतिशतले महामारी व्यवस्थापनमा चीनले राम्रो काम नगरेको बताए भने ३७ प्रतिशतले राम्रो काम गरेको धारणा राखे।अमेरिकाले गरेको कोरोना व्यवस्थापनको चीनको भन्दा बढी खराब रहेको सर्वेक्षणले देखाएको छ । ८४ प्रतिशत व्यक्तिले अमेरिकाको व्यवस्थापनप्रति नकारात्मक धारणा राखे । चीनका राष्ट्रपति सी चिनफिङमा मानिसको विश्वासका सम्बन्धमा पनि यही कुरा लागू भयो । १४ देशमा औसत ७८ प्रतिशत व्यक्तिहरूले विश्व मामिलामा सीले सही काम गर्नेछन् भन्नेमा खासै विश्वास नगरेको पाइयो । चीनले कोरोना व्यवस्थापन राम्रो गरेको भनी प्रतिक्रिया जनाउनेहरूमध्ये पनि १० मा चारले मात्र सीलाई विश्वास गर्ने बताए । तर सीको उदयका सम्बन्धमा चिन्ता व्यक्त भइरहेपनि सर्वेक्षणमा धेरै मानिसले ट्रम्पभन्दा सीमै विश्वास गरेको बताए । जर्मनीमा ७८ प्रतिशतले सीमा विश्वास नरहेको बताउँदा ८९ प्रतिशतले ट्रम्पमाथि विश्वास नगर्ने बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा  ढकालको उम्मेदवारी दर्ता


Your Views
Related News