नेपाली औषधि कम्पनीले कोरोना संक्रमितको उपचारका लागि मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायलको प्रक्रिया अगाडि बढेको छ। देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर-२००’ को ट्रायल हुन लागेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु गर्न प्रक्रिया अगाडि बढाएको हो। परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले केही प्राविधिक विषय टुङ्गिन बाँकी भएको र ती पूरा भएपछि एक/दुई दिनमा क्लिनिकल ट्रायल शुरु हुने बताएका छन्। ज्ञवालीका अनुसार, काठमाडौंका त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, ग्रान्डी अस्पताल र गंगालाल अस्पतालबाट करीब चार सयदेखि पाँच सय बिरामीमा क्लिनिकल ट्रायल गर्ने गरी औषधि पनि पठाइएको छ।ज्ञवालीले यी चार वटासहित देशभरका १० अस्पतालले फाभिरपिराभिरको क्लिनिकल ट्रायलका लागि रुचि देखाएको बताएका छन्। परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले फाभिरपिराभिरको तेस्रो चरणको अनुसन्धानका लागि प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। “ट्रायल शुरु गर्न हामी अन्तिम चरणमा छौं”, डा. धिमाल भन्छन्।डा. धिमाल ट्रायलमा सहभागी हुने व्यक्तिमा कुनै क्षति पुगेमा त्यस वापतको खर्च कसले व्यहोर्ने भन्नेबारेमा स्पष्ट पारिनुपर्ने र त्यसबारेको बीमाको कागजात बुझाउनुपर्ने तथा अन्य केही प्राविधिक विषय प्रष्ट भइसकेपछि ट्रायलको काम शुरु हुने बताउँछन्।कोरोना महामारीका बीच देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विदेशका विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महीना अघि नै उत्पादन गरिसकेको थियो। तर, सरकारी संयन्त्रको ढिलासुस्तीले उत्पादित औषधि कोरोना संक्रमित बिरामीलाई प्रयोग गर्न अनुमति दिइएको थिएन। अब यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका बिरामीलाई चिकित्सकको निगरानीमा तोकिएको मापदण्ड अनुसार बिरामीको अनुमति लिएर अनुसन्धान प्रयोजनका लागि प्रयोग गरिने भएको छ। देउराली जनता फर्मास्यूटीकल्सका सीईओ हरिभक्त शर्माले हिमालखबरसँग कुरा गर्दै सरकारी सहयोगबाट आफूहरुले महामारीका बेला नेपाली प्राविधिकले बनाएको औषधि नेपाली चिकित्सक मार्फत नेपाली बिरामीमा प्रयोग गर्न लागेको बताएका छन्।“पहिलो पटक क्लिनिकल ट्रायलका लागि चाहिने औषधि बनाउन पाएकोमा हामी खुसी छौं”, शर्माले भने, “यो चिकित्सा विज्ञानका हिसाबले निकै महत्वपूर्ण कुरा हो।”फाभिरपिराभिर कोरोना संक्रमितलाई दिइने एन्टीभाइरल औषधि हो। विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ। फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न शुरु भएको थियो।
READ MORE NEWS
कोरोना संक्रमितको मृत्युपछि घाटमा गर्नु पर्ने धार्मिक विधि अस्पतालमै
पोखरा : सुरुका दिनमा कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्त अस्पतालसम्म जान र अनुहार हेर्नसम्म पाउँदैन थिए वा डराउँदथे। कोरोना सक्रमितको मृत्यु समाजका लागि नै मृत्यु त्रास बन्थ्यो। यसैले मृतकका आफन्त अस्पतालसम्म पुगेर आफन्तको अनुहार हेर्न जान समेत सक्दैन थिए। पछिल्लो समयमा कोरोना संक्रमण दर र मृत्यु बढ्दै गयो। कोरोनासँग डराएर होइन जुधेर अघि बढ्नु पर्छ भन्ने मान्यता बढ्दै गयो। सुरुका दिनमा कोरोना संक्रमण भएको थाहा पाउँनासाथ घरमा एम्बुलेन्स आएर अस्पताल लग्ने गरिन्थ्यो। छरछिमेकले कोरोना संक्रमितको घर नजिक जान डराउने मात्र होइन घर पनि हेर्देन थिए। अहिले घरकै आइसोलेसनमा बस्दा पनि छरछिमेकी नडराउने मात्र होइन सहयोग गर्न थालेका छन्।पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार दुई जना कोरोना संक्रमितको शव व्यवस्थापन गरिदै थियो। एक जना म्याग्दीको धौवलागिरी गाउँपालिका ७ का ८५ वर्षे पुरुषको सोमबार राति ८ बजे तिर अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो। अर्को पोखरा १२ का ६७ वर्षे पुरुषको शवसंगै व्यवस्थापन गर्ने तयारी नेपाला आर्मीको शव व्यवस्थापन टोलीले गरिरहेको थियो। शव व्यवस्थापन गर्दै गर्दा वरपर मृतकका आफन्त बसेका थिए। म्याग्दीका मृतकका आफन्तले पुरोहित नै लिएर आएका थिए। नेपाल आर्मीका शव व्यवस्थापन टोलीले शव बाहिर ल्याएपछि अस्पताल परिसरमै मृतकका आफन्तलाई अनुहार हेर्न छोपीएका मुख खोली दिए। छोराछोरीहरुले बुवाको मुख हेर र विधिपूर्वक पुरोहितले भने अनुसार पूजा पाठ गरे। शव परिक्रमा गरे, धुप बाले, अबीर र फुल चढाए। टाढाबाटै शवलाई ढोगे।कोरोना सक्रमणबाट मृत्यु भएका पोखरा १२ का पुरुषका छोरा र आफन्त पनि अस्पताल पुगेका थिए। उसै गरी नेपाली सेनाको शव व्यवस्थापन टोलीले अस्पताल परिसरमा मृतकका आफन्तलाई अनुहार हेर्न छोपिएको अनुहार खोली दिए। छोराले बुवाको शव धुप लिएर परिक्रमा गरे, फुल, अबिर अर्पण गरे।हिन्दु धार्मिक विधि पूर्वक प्रक्रिया पुर्याएपछि शवलाई टाढाबाटै ढोगे। यसरी आफन्तले घाटमा गर्नु पर्ने धार्मिक विधि अस्पताल परिसरमै गरेपछि शवलाई व्यवस्थापन टोलीले गाडीमा राख्यो र सेती नदीको किनारमा लगेर व्यवस्थापन गर्यो।
मृतकका आफन्तले कोरोना कहरमा धार्मिक विधी अनुसार घाटमा सबै प्रक्रिया पुरा गर्न नपाए पनि अस्पताल परिसरमा भए पनि गरिएको बताए। पहिले पहिले यति गर्न पनि त्रास थियो। पछिल्लो समयमा सहज हुदै गएको अर्का आफन्तले सुनाए। मृतकका आफन्तले चाहेमा पहिलेदेखि नै मुख हेर्न नरोकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले बताए।कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पनि पहिलेदेखि नै मृतकका आफन्तले चाहेमा अनुहार हेर्न कहिल्यै नरोकेको र धार्मिक विधि अनुसार टाढाबाट सुरक्षित रुपमा दर्शन गर्दा पनि पहिल्यैबाट रोकाबट नभएको सुनाए। पछिल्लो संसोधनमा होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन आफन्तले नै गर्न सक्ने व्यवस्था रहेको तर कार्यान्वयनमा आइनसकेको पनि उनले बताए। यस विषय छलफलकै क्रममा रहेको पनि उनले जानकारी दिए। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। गण्डकीमा मंगलबारसम्म ६ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ३७ सय ७९ जना निको भएका छन्। कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गर्न लाँदै नेपाली सेनाको विषेष टोली।
उपचार खर्च दिन बिमा कम्पनीलाई निर्देशन
काठमाडौँ — कोरोना बिमा गरेका बिमितलाई उपचार खर्च प्रदान गर्न बिमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।

सरकारको आदेश कार्यान्वयनका लागि भन्दै समितिले बुधबार बिमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।सरकारले गत असोज १९ मा आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै लक्षण देखिए मात्र परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ ।ती नागरिकले पनि कोरोना बिमा गरेको भए उनीहरूको उपचार खर्च बिमा रकमबाट काटिने सरकारको निर्णय छ । तर बिमा कम्पनीबाट तत्काल भुक्तानी नपाइने भएपछि संक्रमितको उपचारमा कठिनाइ हुने जानकारहरू बताउँछन् । सोही व्यवस्था कार्यान्वयनका लागि समितिले कम्पनीलाई निर्देशन दिएको हो ।कोभिड–१९ का संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्ने र पछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिले यसअघि नै बताइसकेको छ ।निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्टका आधारमा कोरोना बिमाको दाबी भुक्तानी पाइने नीतिगत व्यवस्था भए पनि बिमितले अझै पाएका छैनन्।बिमा समितिले गत भदौ २८ मा ‘कोरोना बिमा मापदण्ड–२०७७’ संशोधन गरी उक्त व्यवस्था गरेको थियो । तर, मापदण्ड परिमार्जन भएको एक महिनाभन्दा बढी भइसक्दा पनि निजी प्रयोगशालामा परीक्षण गरेका कोरोना संक्रमित बिमितले दाबी भुक्तानी पाउन सकेका छैनन् ।कोरोना बिमा मापदण्ड–२०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ। तर, अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् ।