काठमाडौं । बजारमा धेरै थरीका तरकारीहरु पाइन्छ । तरकारी अनुसार मूल्यय पनि फरक फरक छ ।कुनै तरकारी महँगा छन् त कुनै सस्ता । सामान्य तरकारीको मूल्य महँगो भएमा बढीमा किलोको  १ सय देखी २ सय सम्ममा पाइन्छ ।

hop.jpg

तर यस्तो तरकारी पनि छ, जुन निकै महँगो गर्छ । यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै लाख रुपैयाँ बढी पर्दछ । हप शूट्स नामको यो तरकारी सोचेभन्दा धेरै नै महँगो छ । यसको बोटमा लाग्ने फूललाई ‘हप कोन्स भन्ने गरिन्छ । यस तरकारीमा औषधिय गुणहरु हुने हुनाले निकै महँगो पर्ने बताइएको छ । यो तरकारी जडीबुटीको रुपमा पनि प्रयोग गरिन्छ । यो तरकारी किन्दा १ लाख २८ हजार रुपैयाँ बढी पर्ने गर्छ । यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलिएको छ ।

READ MORE NEWS

यसरी त ध्वस्त भयो नेपाली!


Your Views
Related News