पोखरा । अहिले प्याराग्लाइडिङमा निकै भिड छ । पोखरामा प्याराग्लाइडिङमा आबद्ध व्यवसायीले ५० प्रतिशतसम्म छुट दिएका छन् । पोखरा र आसपासका आन्तरिक पर्यटकले सराङकोट दिनभर व्यस्त हुन्छ । दिनमा औषत दुई देखि तीनसय जनाले प्याराग्लाइडिङ गर्ने गरेको तथ्यांक हवाई खेलकूद संस्थाको छ ।तर, यसपटक आकाशबाट पोखरा हेर्दा व्यस्त होइन, सुनसान पोखरा देखिन्छ । विशेषतः पर्यटकीय क्षेत्र लेकसाइड । कोरोनाले थलिएपछि पर्यटनमा सबैभन्दा बढि असर पुग्यो । पोखरा पर्यटकीय क्षेत्र । त्यसमाथि ६ महिने लकडाउनले यहाँको पर्यटन क्षेत्रलाई शून्यमा पुर्‍याएको छ । संक्रमणको दर भने अझै बढ्दो छ । विदेशी पर्यटकको नामोनिसान छैन । लेकसाइडका क्षेत्रका रेष्टुरेण्ट खुलेता पनि संक्रमणको मनोवैज्ञानिक त्रासका कारण ग्राहकको संख्या उल्लेख्य छैन । लकडाउनको सुरुदेखि नै ताला लागेका लेकसाइडका कतिपय होटेलहरु कहिले खुल्छन्, थाहा छैन । यहाँको पाँचतारे होटल पोखरा ग्राण्डले अक्टोबर १५ देखि सेवा सञ्चालन गरेको छ । तर, यसपटक विदेशी पर्यटक टार्गेटमा छैनन् । आन्तरिक पर्यटक र इभेन्टको आशामा होटेलले सेवा सुचारु गरेको जिएम रोशन खवास बताउँछन ।पोखरा र आसपासका पर्यटकीय क्षेत्र, ट्रेकिङ क्षेत्र, होमस्टेहरु अझै खुलिसकेका छैनन् । स्थानीय प्रशासनको निर्णयले गर्दा पोखराको घान्दु्रकदेखि, मर्दी, अन्नपूर्ण ट्रेकिङ रुटहरु सुनसान छन्र । नेपाल सरकारले ट्रेकिङहरु खुलाएतापनि स्थानीय सरकारले बाहिरबाट आउनेलाई रोक लगाउँदा विदेशीले रुचाउने पर्यटनका क्षेत्रहरु खुलेका छैनन ।पर्यटनका क्षेत्र नै बन्द भएपछि होटेलमा बस्नको लागि मात्रै कोही पर्यटक नआउने पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । यद्यपी होटेलहरुले पनि सस्तो प्याकेज भने नल्याएका होइनन । “केही मुभ त छ, तर पर्यटनका सबै क्षेत्रखुला नहुँदा आशातीत पर्यटकहरु आउँदैनन्,” उनले भने ।होटेलको कुरा छाडौँ । पछिल्ला हप्तामा पोखराका आकाशमा प्याराग्लाइडिङ भने निकै देखिएका छन् । २५ सय रुपैयाँसम्ममा प्याराग्लाइडिङ गर्न पाइन्छ । व्यवसायीले भारी छुट दिएपछि बागलुङ, पर्वतदेखि, चितवन, काठमाडौंदेखि मान्छेहरु पोखरामा आइरहेका छन् ।हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीकाअनुसार शुल्क सस्तो गर्नुमा व्यवसायीका पनि आफ्नै बाध्यता छन् । “पोखरामा पर्यटकीय मुभमेन्ट बढाउने भन्ने पनि भयो । अनि लामो समयपछि सुरु गरेका छौं । सर्भिस ओरिन्टेड छ । व्यवसाय भन्दा पनि । घाटा नै खाएर व्यवसाय सञ्चालन गरिएको छ,” उनले भने, “दसैं तिहारको समय पनि छ । धेरै क्षेत्रमा आबद्ध साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि चाडवाड मनाउनुहुन्छ । तर अहिलेको उडान संख्या गतसाल भन्दा कम नै हो । आर्थिक हिसाबले र संख्याको हिसाबले ।”उनी भन्छन, “गत साल यो सिजनमा दैनिक पाँच सय उडान हुन्थ्यो । स्टान्डर्ड रेट हुन्थ्यो । अहिले प्रमोसनल मात्र छ । विदेशी छैनन् । दसैं तिहारसम्ममा व्यावसायिक नाफा नहेरी गरौँ भन्ने छ । एकदमै घाटामा चलाइएको छ । कोरोनाले यत्रो क्षति पुर्‍याएको छ । लामो समयसम्म बन्दाबन्दीमा बस्दा मोनोटोनस पनि हुन्छ । उहाँहरुलाई पनि रिफ्रेस होस भनेर हो ।”अर्कातर्फ ग्लाइडर, अन्य उपकरण पनि अपग्रेड गर्नकै लागि भए पनि प्याराग्लाइडिङ खोल्नुको विकल्प छैन । तर, संक्रमण भने टरिसकेको छैन । पछिल्लो साता पोखरामा मात्रै दैनिक सयौंको संख्यामा संक्रमितहरु बढिसकेका छन । काठमाण्डौमा संक्रमणको दर बढ्नासाथ त्यहाँका आन्तरिक पर्यटकहरु पोखरामा आउन छाडेका छन् ।प्याराग्लाइडिङमा सामाजिक दूरी कायम गर्न सकिँदैन । एउटै पाइलटले पनि दिनमा कैयौँ पटक कैयौँ मानिसहरुलाई सराङकोटदेखि फेवातालसम्म प्याराग्लाइडिङमा सयर गराइरहेका हुन्छन् । जोखिमपूर्ण स्थितीमा यो कसरी सम्भव छ ? हेल्थ प्रोटोकल पालना भएको छ कि छैन त ? भण्डारी भन्छन, “हेल्थ प्रोटोकलमा टेम्प्रेचर, मास्क, सेनिटाइजर छ । सामाजिक दूरी कायम त गर्न मिलेन यसमा । पाइलटहरुको हकमा पनि सचेतनाको स्तरमा नै छौँ । यो क्षेत्रमा आबद्ध भएकाहरुमा यस्तो लक्षण चाहिँ देखिएको छैन । सामान्य लक्षण देखिए पनि पीसीआरतर्फ हामी जान्छौँ ।”उनका अनुसार व्यक्तिगत सरसफाइमा नै फोकस गरेर यो व्यवसाय चलिरहेको छ । संक्रमणको दर अझै बढेमा कडाई गरिने उनले बताए । पोखरामा प्याराग्लाइडिङमा आबद्ध कम्पनीहरुले गत असोज १५ देखि व्यावसायिक उडान शुरु गरेका थिए ।  पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०-१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करीब रु एक अर्बको लगानी छ ।

READ MORE NEWS

आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्चीमा

बिहीबारदेखि नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।  बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना सार्वजनिक गर्दै नयाँ नोट आजदेखि बजारमा सार्वजनिक हुने जानकारी दिएको हो । २० रुपैयाँको नयाँ नोट साबिककै आकार, रंगको हुनेछ । बार्हसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ  बिहीबारबाट चलनचल्तीमा आउन लागेको हो । राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर डाक्टर चिरन्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ । त्यसैगरी पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको हुनेछ भने मध्य भागमा बार्हसिङ्गे​को चित्र हुन्छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको छ । राष्ट्र बैंकका अनुसार यो नयाँ नोटमा  सिरिज नम्बर अंग्रेजीमा 2020 A.D. समेत लेखिएको छ । यसअघि पहिलेका नोटमा सिरिज नम्बर भए पनि साल समेटिएको थिएन ।

जैविक सामग्रीको मात्र प्रयोग गरी ताप्लेजुङमा बन्दैछ रेडपाण्डा अनुसन्धान भवन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा बन्दै गरेको रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन वातावरणमैत्री हुने भएकाले जैविक सामग्री मात्र प्रयोग गरिएको छ।काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको भवनमा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री राखिएको साइट सुभरभाइजर अमृत भट्टराईले जानकारी दिए। उनका अनुसार त्यहाँ गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर भवन बनाइँदैछ।उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उनले बताए। उनी भन्छन्, “नेपालमा यस्ता कमै संरचना छन्। त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकोमा यो पूर्वी नेपालकै लागि गौरवको विषय हो।”गएको मङ्सिरदेखि भवनको निर्माण शुरु भएको हो। गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको बन्दाबन्दीका कारण तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले बताए। भवन निर्माणको ६५ प्रतिशत सम्पन्न भएको र आगामी १८ माघसम्ममा निमार्ण सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उनको भनाइ छ ।हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु.१ करोड ५७ लाख छ।

 


Your Views
Related News